स्थानियबासीको गुनासो ‘म्याद सकियो, पुल बनेन’
नवलपरासी, १९ मंसिर,जिल्लाको हुलाकी सडक पुल म्याद सकिए पनि पुल नबन्दा स्थानियले दुखेसो पोखेका छन् । प्राविधिक र सम्बन्धित ठेकेदारले पुल निर्माणको कार्य बेलामै नगरिदिदा समस्या भएको भन्दै स्थानियबासीले दुखेसो पोखेका हुन् ।पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिडेको भन्दै अब पुल बनाउने जिम्मेवारी कस्को ? भनि जिज्ञासा राख्ने गरेका छन् । पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ । पुल नबन्दा धेरै समस्या भएको छ, रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले भने,खोलामा पुल नहुदा यस क्षेत्रको कुईया,बडगो,घिनहा,पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई समस्या भएको छ । विरामी,गर्भवती महिलालाई उपचारका लागि परासी लैजान पनि कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्ने कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ ।...










