नवलपरासी,१५ मंसिर
जिल्ला समन्वय समिति(जिसस) नवलपरासीले जिल्लामा नव निर्वाचित संघिय साँसद र प्रदेश साँसद जनप्रतिनिधिलाई बधाई तथा सुभकामना दिने कार्यक्रम गरेको छ । कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरि बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।
कार्यक्रममा जिल्लाको चौतर्फि विकासमा अब सबै जनप्रतिनिधि जिल्ला केन्द्रित भएर लाग्न आग्रह समेत गरिएको छ । विगत देखी नै यो जिल्लाबाट शतिm पहुँचमा भए पनि जनप्रतिनिधिको काम भन्दा अ आफ्ना दलिय कार्यलाई प्राथमिकता दिने गर्दा जिल्लाको विकास ओझेलमा परेको तर अब देखी यस्तो उपेक्षा नहोस भनि चाहना समेत ब्यतm गरिएको थियो । जिल्लाको क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य(संघिय साँसद)मा निर्वाचित धु्रव बहादुर प्रधान विगतमा प्रहरी सेवाको उच्च ओहदा (आईजिपि) मा पुगेर सेवा निवृत भए पछि राजनीतिमा लाग्नु भएको थियो । विगत विगतमा पटक पटक पराजय भोग्दै आएका प्रधान अहिले पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेललाई हराउदै निर्वाचित भएका छन् । जनताले धेरै आपेक्षा राखेका छन् । ति आपेक्षा क्रमशः गर्दै लैजाने उनले आश्वस्त पारेका थिए । जिल्ला धेरै सम्भावना बोकेको जिल्ला हो,उनले भने, अब जनप्रतिनिधिहरु विकासका लागि मिलेर जानु पर्ने बताएका थिए । जनताको घरदैलोमा पुग्दा धेरै प्रश्न गरेका थिए,उनले भने,आउदो दिनमा जनताका प्रश्न काम कुराले होईन कामले देखाउनु पर्ने जनप्रतिनिधिको जिम्मेवारी आएको छ । त्यो हरसम्भव पुरा गर्नमा आफु लाग्ने बताए । नवलपरासी नमुना जिल्ला बनाउनमा आफ्नो प्रयास निरन्तर रहने छ ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं.२(क)का प्रदेश साँसद बैजनाथ जैसवालले पनि जिल्लाको समग्र विकासमा स्थानिय तह बाहेक लुम्बिनी प्रदेश सरकार र संघिय सरकारले धेरै काम गर्नु पर्ने आवश्यकता औल्याएका थिए । जनप्रतिनिधि जनताको भावना अनुसार उनीहरुको चाहना पुरा गराउनमा निरन्तर लाग्ने र आफु त्यसबाट पछि नहट्ने प्रतिवद्धता जनाएका थिए । जिसस प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय अधिकारी मान बहादुर खड्काले गरेका थिए । कार्यक्रममा निर्वाचन क्षेत्र नं.२ (क)का प्रदेश साँसद खड्क बस्नेत र निर्वाचन क्षेत्र नं.१(क)का प्रदेश साँसद विश्वप्रेम पाठकको सहभागिता रहेको थियो । कार्यक्रममा निर्वाचन क्षेत्र नं.१(ख)बाट निर्वाचित प्रदेश साँसद देवकरण जैसवाल र प्रतिनिधिसभा सदस्य(संघिय साँसद) विनोद चौधरी भने उपस्थित हुन सकेका थिएनन् ।