नागरिकताका लागि सर्जमिन नपठाईने ः प्रजिअ नेपाल
-

नागरिकताका लागि सर्जमिन नपठाईने ः प्रजिअ नेपाल

नवलपरासी,२६ पुसजिल्लामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले प्रशासनबाट सेवाग्राहीलाई हुने ढिलासुस्ता कार्यलाई सहज बनाउनमा लागि परेको बताएका छन् । सेवाग्राहीको काम जति सक्दो सहज र सजिलो गरी काम तत्काल र तुरन्तै गरेर पठाउन आफुले मातहतका फाटवाला कर्मचारीलाई निर्देशन गरि सकेको जानकारी उनले पत्रकार नागरिक समाजसँगको भेटघाटमा जानकारी गराएका हुन् ।वार्ड वार्डबाट सिफारिस भई नागरिकता प्रमाणपत्रका लागि अब देखी सर्जमिन बुझ्नु पर्ने झन्झट हटाइएको समेत उनले दाबी गरेका थिए । चिने जानेरै वार्डका जनप्रतिनिधिहरुले सिफारिस गरेर पठाएका हुन्छन,उनले भने,त्यसमा पनि प्रशासनबाट प्रहरी सर्जंजमिन गर्न पठाउने हुदा सेवाग्राहीलाई थप समस्या भएको छ । यस्को लागि कुनै पनि बहानामा सर्वमिन पठाउन नहुने उनको भनाई थियो । कागजप्रमाण पुर्याएर नै वार्ड कार्यालयले पठाएको हुन्छ,उनले भने,यदि झुठो,गलत विवरण परेम...
संरक्षण गर्न नसक्दा प्राचीन पोखरीहरु जलकुम्भिले भरिदै
-

संरक्षण गर्न नसक्दा प्राचीन पोखरीहरु जलकुम्भिले भरिदै

नवलपरासी,प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ह्ी माझखण्डका प्राचीन पोखरी अहिले जलकुम्भिले भरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उतm पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिदा उतm पोखरी जलकुम्भिले भरिएको हो ।करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उतm पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोतmा समिति गठन पनि गर्न सकेन । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उतm रकम फ्रिज भएर गएको सोही वार्डका वार्डअध्यक्ष रविन्द्र कुमार सहानीले बताए । पटक पटक योजना शाखालाई पोखरीका लागि विनियोजित रकम खर्चका लागि डिपिआर बनाउन र ठेक्का लगाउन आग्रह गरेको तर योजनाशाखाले काम नगर्दा ९० लाख बजेट फ्रिज भएको वार्ड अध्यक्ष सहानीले समेत स्वीकार गरे । कार्यपालिका...
मधेशका केन्द्रिय नेता त्रिपाठीद्धारा‘मधेशको मानवशास्त्र’ नामक पुस्तक विमोचन
-

मधेशका केन्द्रिय नेता त्रिपाठीद्धारा‘मधेशको मानवशास्त्र’ नामक पुस्तक विमोचन

नवलपरासी ४ पुसजिल्ला सदरमुकाम परासीमा जनता प्रगतिशिल पार्टीका केन्द्रिय तथा तथा पुर्वमन्त्री ह्ृदेशह त्रिपाठीले एक कार्यक्रमका विच ‘मधेशको मानवशास्त्र’ पुस्तकको विमोचन गरेका छन् । पुर्वमन्त्री त्रिपाठीले शुक्रवार परासी क्याम्पसको हलमा रुपन्देही तिलोत्तमा नगरपालिका ६ आदर्शनगरका भोला बानियाद्धारा लिखित उतm पुस्तकको बिमोचन गरेका हुन् ।त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा एमफिल(मास्टर अफ फिलोस्फी) गरेका बानियाले लेखेको उतm पुस्तक मधेश मधेशी मात्रै नभई मधेशकै जगमा रहेको नेपाल र नेपालीका लागि पनि उत्तिकै सान्दर्भिक रहेको पुर्वमन्त्री त्रिपाठीले बताएका थिए । पुस्तकमा उल्लेखित विषय बस्तु आजका नागरिक अगुवा,समाजशास्त्री तथा राजनीतिकर्मीका लागि पनि पठनिय रहेको उनले औल्याएका थिए । मधेशको गौरवपुर्ण मानव सभ्यताको विकास,मानव इतिहास देखी राज्य बन्ने प्रकृयासम्मका कुरा सो पुस्तकमा संक्षित रुपमा उल्लेख गर...
रामग्राम स्तुप र कोलिय गणराज्यको राजधानी पण्डितपुर क्षेत्रमा अध्ययेताहरु
-

रामग्राम स्तुप र कोलिय गणराज्यको राजधानी पण्डितपुर क्षेत्रमा अध्ययेताहरु

नवलपरासी,४ पुसजिल्लाका विभिन्न बँौद्धकालिन स्थानको अध्ययन अवलोकन र अनुंधानमा विद्यार्थीहरुको चाँसो बढदै गएको छ । भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपमा तथा प्राचीन कोलिय गणराज्यको राजधानी(पण्डितपुर) तथा राज्य भित्रका विभिन्न बौद्धकालिन नगरहरुको अध्ययन अनुसंधान विकासमा चाँसो बढन थालेको हो ।जस्मा केही विदेशका विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय र बौद्ध विश्वविद्यालयका विद्यार्थीहरुको समेत चाँसो बढन थालेको देखिएको स्थानियले बताएका छन् । यो क्षेत्रमा बेलायत दुराम विश्वविद्यालयले तँ बर्षाै देखी अध्ययन अनुसंधान गर्दै आएको भए पनि गत मंसिरमा पुरातत्व विभागले कोलिय राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रमा उत्खनन भई राख्दा त्यसमा ३५ जना त्रिभुवन विश्वविद्यालय र ५ जना बौद्धविश्वविद्यालयका विद्यार्थीहरु उत्खननको प्रयोगात्मक तालिम र अनुसंधान कार्यमा लागेका थिए । एक महिने अनुसंधान सकाई उनीह...
जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो
-, नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो

नवलपरासी,५ भदौजिल्ला सदरमुकाम परासी स्थित पाल्ह्ी बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आर्षण बढदै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढन थाले पछि केही स्वार्थ समुहले क्याम्पसबारे गलत टिकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै विहिवार क्याम्पसले पत्रकार सम्मेलन गरि क्याम्पसको अवस्था जानकारी गराएको हो ।देशभरिका विभिन्न सामुदायिक क्याम्पसमा विद्यार्थी सँख्या घटदै गए पनि पाल्ही क्याम्पसमा विद्यार्थीको आर्षण बढेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् । उनले विद्यार्थीको अवस्था,भौतिक पुर्वाधार,विद्यार्थीले उत्र्तिण गर्ने अवस्थाबारे समेत उनले तथ्याँक प्रस्तुत गरेका थिए । विगत ३ बर्षको तथ्याँक प्रस्तुत गर्दै उनले बर्षेनी विद्यार्थी संँख्या बढदै गएको जानकारी गराएका थिए । तथ्याँक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा छात्र ९...
सुनवल नगरपालिकाले चोरी तस्करीका खोलाजन्य समाग्रि जपत गरि बेचेर मात्रै डेढ करोड उठायो राजस्व
-

सुनवल नगरपालिकाले चोरी तस्करीका खोलाजन्य समाग्रि जपत गरि बेचेर मात्रै डेढ करोड उठायो राजस्व

नवलपरासी,१ भदौजिल्लाको सुनवल स्थित खोलामा आयोजनाको आडमा खोलाजन्य पदार्थको चोरी तस्करी नियन्त्रण गर्दै वेवारिसे भण्डारण जपत गरेर सुनवल नगरपालिकाले डेढ करोड भन्दा बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षको शुरु देखी नै नगरप्रमुख विमला अर्यालले पालिका भित्रको चोरी तस्करी नियन्त्रण गर्दै खोलाजन्य समाग्रिमा हुने गरेको बेथिती सुधार्न जपत अभियान नै चलाएर ति समाग्रि विक्रि वितरण गरेर सो राजस्व संक्लन भएको उनको सचिवालयले जनाएको हो ।अवैध भण्डार जपत गर्ने अभियान चलाउदा आन्तरिक र बाह्य दुबै तर्फबाट नगरप्रमुख अर्याललाई दवाव (थे्रटं) थियो,तर पनि उनी निडर भएर नै अभियानलाई निरन्तरता दिइनुको प्रतिफल डेढ करोड राजस्व संकलन भएको छ । बेथिती सुध्रिएको छ,नगरप्रमुख अर्यालले नगरपालिकामा रहेको पुराना बेथिती सुधार्दै नयाँ नयाँ कार्यक्रम समेत आरम्भ गरे पछि सुनवलकै केही इमानदार नगरबासी त्यसमा पनि अधिकाँस महिला अभियन्...
नवलपरासीका डिएफओलाई कारवाहीको माग गर्दै जिल्लाका सातवटै पालिकाका निर्णय अनुसार पत्राचार
-

नवलपरासीका डिएफओलाई कारवाहीको माग गर्दै जिल्लाका सातवटै पालिकाका निर्णय अनुसार पत्राचार

नवलपरासी,१४ बैशाखजिल्ला स्थित बन डिभिजन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत(डिएफओ)लाई आवश्यक कारवाहीका लागि जिल्लाका सातवटै पालिकाले माग गरेका छन् । नदीजन्य तथा खानजिन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकमा नआउने आउदा पनि हस्ताक्षर नगरि भाग्ने गर्दा त्यस्ता डिएफओ जिवन पंगेनीलाई आवश्यक कारवाहीका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयसँग माग गरेको हुन् ।जिल्लामा गठित ढुगाँ,गिट्,िबालुवा,उत्खनन,विक्रि वितरण तथा ब्यवस्थापन समितिले निर्णय गरेर राष्टपति चुरे संरक्षण कार्यालयमा पठाउने र पछि सो कार्यालयले अनुगमन गरे पश्चात मात्र जिल्लाका खोलानाला नदीबाट निकासी गर्न पाउने प्रवाधान छ । सो समितिको सदस्यमा डिभिजन बन कार्यालय पनि सदस्य रहेको छ । बन कार्यालयका प्रतिनिधिले सहमति र हस्ताक्षर नगर्दा विभिन्न खोलाबाट निकासी गर्न चुरेले सहमति दिन मानेको छैन् । चुरेल...