Health Advertisement

किसानलाई आलुमै सम्भावना खोज्न प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र

नवलपरासी,
‘तालुमा आलु फल्नु’ नेपाली उख्खान नेपाली युवा किसानलाई अहिले पनि उत्तिकै महत्व भएको एक कार्यक्रममा बताइएको छ । विगतमा उख्खानको रुपमा रहेको यो वाक्य अहिले पनि चरितार्थ हुन सक्ने बेरोजगार युवा तथा किसानलाई आलुमै सम्भावना खोज्ने अवस्था आएको कृषि ज्ञान केन्द्र नवलपरासीमा आयोजना गरिएको एक कार्यक्रममा बताइएको हो ।
नेपालमा आलु खेतीमा अवसर खोज्ने हो भने अहिले नेपालमा आलुको बजार ठूलो सम्भावना रहेको आलु विज्ञको रुपमा चिनिदै आएका श्याम प्रसाद ढकालले बताए । कृषि ज्ञान केन्द्रले जिल्लामा आलु खेती प्रवद्र्धन कार्यक्रममा प्रस्ताव पेश गरेका आलु किसानलाई अभिमुखीकरण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सो कुरा उनले बताएका हुन् । नेपालमा आलु खेती र आलु खेतीमा लाग्ने किसानलाई अवसर उत्तिकं रहेको छ, ढकालले भने, किसानले अवसर चिन्न सक्नु पर्छ । तालुमा आलु फल्नु अर्थात किसानको भाग्य सप्रिने नेपालमा ठूलो सम्भावना रहेको छ । हिमाल,पहाड र तराई मधेश जस्ता भुमि जुन मुलुकमा छ,जहाँ बाह्ै महिना आलुको खेती गर्न सकिन्छ । उत्पादित आलु र आलुबाट बन्ने परिकार विदेशमा निर्यात गर्न सकिन्छ । त्यही देशमा अर्बाैको आलु आयात हुने गरेको छ । आलु पनि खाद्यको ठूलो स्रोत हो,तर आलुलाई खाद्यको रुपमा अहिले पनि हाम्रो समाजमा मान्यता पाएको छैन् ।
यसको दोषी नेपाली किसान मात्रै नभई नीति निर्माता देखी सरकार स्वम् दोषी देखिन्छ । उपभोतmाको उपभोग प्रवृतिमा पनि सुधार ल्याउन सके धान गहुँ भन्दा आलु पनि एक खाद्य स्रोतको रुपमा उपयोग गर्न सकिने उत्पादन हो । नेपालमा खायन आलु मात्रै बार्षिक १० अर्बको आयात हुने गरेको छ । औद्योगिक प्रयोजनका लागि पनि ६ अर्बको आलु भित्रिने गरेको तथ्याँक छ । आलु रोप्ने तराईमा मात्रै असोज देखी ंमंसिरसम्म रोप्न सकिन्छ । ७ दर्जन आलुको परिकार बनाउन सकिन्छ । तर आलुलाई अहिले पनि नेपालमा ब्यवसायिक खेती बनाउन सकिएको छैन् । आम उपभोतmालाई पनि विदेशकै आलु उद्योगलाई पनि विदेशकै आलुमा निर्भर हुन परेको अवस्था छ । नेपाली किसानले बजार पाईएको छैन भनेर एउटा गुनासो गर्ने उपभोतmा र उद्योगले आलु विदेशबाटै मगाउनु पर्ने कस्तो विडम्बना रहेको उनले बताए ।
नेपालकै पर्सा जिल्लामा एक आलु प्रसोधन प्लान्टले बार्षिक ८ हजार मे.ट.आलुको फ्रेन्च फ्राई बनाएर विदेश निर्यात गर्ने गरेको छ । तर त्यसलाई पनि विदेशबाट नै आलु मगाउन परेको छ । उद्योगलाई आवश्यक पर्ने आलु उत्पादन गर्न सके ति आलु नेपालकै किन्न सक्ने अवस्था पनि छ । आम उपभोतmाले पनि नेपाली आलुकै प्रयोग गर्न सक्ने अवस्था अहिले पनि छ । तर यसको प्रमुख कारण किसान ब्यवसायिक बन्न नसक्नु र सरकारले किसानलाई ब्यवसायिक बनाउन नसक्नु नै हो । औद्योगिक प्रयोजनका लागि पनि नेपाली प्रजातीको खुमल उज्जवल,खुमल विकास लगायतका तिन प्रकारका आलु उपयुतm छ । विदेशबाट पनि औद्योगिक प्रयोजनको आलु झिकाउन सकिन्छ । तर किसान त्यसका लागि तयार हुन पर्यो,उनले भने, यदि किसानले उत्पादन गरेको आलु उद्योगसँग भएको सहमति अनुसार आपुर्ति गर्न सक्ने हो र उद्योगले पनि किसानको लागत भन्दा नाफा थपेर लिने ग्यारेन्टि गर्न सक्ने हो भने आलुमा भविष्य खोज्न सकिन्छ । भुगोलले पनि आलुको लागि नेपालीलाई बरदान नै दिएको छ । तर त्यसलाई पहिचान गर्न नसकिदा नेपाली उपभोतmा र उद्योलाई आलुको लागि विदेशको भर पर्न परेको छ ।
जिल्लामा आलु खेती प्रवद्र्धनकै लागि ज्ञान केन्द्रले किसानलाई ब्यवसायिक आलु खेतीका लागि चालु आर्थिक बर्ष २०७९÷०८० मा ५० लाख अनुदान दिने भएको ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराए । यन्त्र उपकरण खरिदमा ५० प्रतिसत,बीउ बिजनमा ७५ प्रतिसत अनुदान उपलब्ध गराउने छ । यसका लागि निजी फर्म,समुह,सहरकाीले प्रस्ताव पेश गरेको उनले बताए । ब्यवसायिक आलु खेतीका लागि कुनै एउटा समुह,फर्म वा सहकारीले कम्तीमा पनि ३ हेक्टर जग्गा एकै स्थानमा छनौट गरि आलु खेती गर्नु पर्नेछ । आलु खेतीका लागि प्रस्ताव पेश गरेका किसानलाई आलु प्रति उत्साही बनाउनका लागि आलु विशेषज्ञलाई बोलाएर आलु खेतीबारे अभिमुखीकरण गराइएको निमित प्रमुख चौधरीले जनाए ।

2 Comments

  • You actually make it appear so easy along with your presentation but I find this topic to be actually one thing that I believe I might never
    understand. It seems too complicated and very broad for me.
    I’m looking ahead for your subsequent put up, I will try to get
    the hang of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *