रामग्राम नगरपालिका

परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई
रामग्राम नगरपालिका, समाचार

परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई

नवलपरासी,१० पुसमहिलाले लगाउने गर्भ निरोधक सुई डिप्रो प्रोभेरा(डिपो) को सट्टा सायना प्रेस(डिएमपिइ—एससी) नामक सुईको परिक्षण हुने भएको छ । नेपाल परिवार नियोजन संघ नवलपरासीले आयोजना गरेको सायना प्रेस नामक सईबारे पत्रकारंसंग अभिमुखीकरण कार्यक्रममा जानकारी गराएको हो ।डिपो सुई भन्दा सायना प्रेस प्रभावकारी हुने भएको हुदा यहिँ जनवरी महिना देखी सो गर्भ निरोधक सुईको रुपमा महिलालाई लगाईने संघकी नर्स अंजली श्रेष्ठले जानकारी गराईन् । नेपाल सरकारले नै सो सुई परिवार नियोजन संघ मार्फत लगाउने जानकारी गराएको उनको भनाई थियो । बजारमा तिन महिना अगाडी प्रयोगमा आएको बताउदै बेल्जियम र चिन लगायतका देशमा यसको परिक्षण भई सकेको छ,उनले भनिन्,नेपालमा पनि यसको प्रारम्भिक परिक्षण भई सकेको छ । लुम्बिनी प्रदेशमा अहिले नवलपरासी र रोल्पा जिल्लाबाट यो सुई लगाउने कार्य जनवरी देखी शुरु हुन्छ । डिपोको तुलनामा सायना प्रेस सुई बढि ...
यी वार्ड अध्यक्ष जस्ले वार्डका ५ सय जनालाई तिर्थयात्रा र ५० जोडीलाई श्रीमदभागवात सुनाए ………..
रामग्राम नगरपालिका, समाचार

यी वार्ड अध्यक्ष जस्ले वार्डका ५ सय जनालाई तिर्थयात्रा र ५० जोडीलाई श्रीमदभागवात सुनाए ………..

नवलपरासी,७ पुुसजिल्लाको रामग्राम नगरपालिकाका एक यस्ता वार्ड अध्यक्ष जस्ले आफ्नो मासिक सुबिधालाई वार्डबासीको तिर्थयात्रा गराउदै धार्मिक काममा लगाउदै आएका छन् । विभिन्न वार्डका वार्ड अध्यक्षहरु अ आफ्नो पदको दुरुपयोग गर्ने,अत्याधिक सेवासुविधानको दौडमा लाग्ने गरे पनि रामग्राम नगरपालिका वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुर विगत ६ बर्ष देखी निरन्तर मासिक पाउने सुविधालाई धार्मिक कार्यमा उपयोग गर्दै आएका हुन् ।उनी पहिलो कार्यकालको पाँच बर्षको र अहिले दोश्रो कार्यकालको पहिलो बर्षको पनि सुविधान यस्तै कार्यमा खर्चने गरेको सुनाए । नगरपालिकाबाट आउने वार्ड अध्यक्षको सबै सुविधाको रकम उनी वार्डका जेष्ठनागरिक तथा महिला विपन्नलाई तिर्थ यात्रा गराउने,श्रीमदभागवन कथा सुनाउनेमा खर्च गर्दै आएका छन् । कुनै कुनै गरिब विपन्न परिवारका छोरी चेलीको विवाहमा समेच सहयोग त्यसै रकमबाट गर्ने गरेको उनले बताए । हालसम्म...
खोरेत रोग उन्मुलनका लागि अभियान सञ्चालन गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय
रामग्राम नगरपालिका, समाचार

खोरेत रोग उन्मुलनका लागि अभियान सञ्चालन गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय

नवलपरासी,५पुसराष्ट्रिय रुपमा पशुमा लाग्ने ‘खोरेत रोग उन्मुलन कार्यक्रम’लाई निरन्तरता दिदै जिल्ला भित्रका गाईभैसीमा खोरेत भ्याक्सिन लगाउने अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले सो अभियान सञ्चालन गर्न तयारीमा जुटेको हो ।खुल्ला सिमानाका कारण यो जिल्ला खोरेत रोगबाट प्रभावित हुने जिल्ला भएको हुदा कार्यालयले नेपाली किसानका गाईभैसी सबैलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाईने छ । भ्याक्सिन बाहेक किसानमा जनचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ कार्यालयका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जिल्ला भित्रका सबै किसानको घरमा भएका गाईभैसी र बाच्छाबाच्छी पाडापाडीलाई भ्याक्सिन लगाउने उनको भनाई छ । सिमावती जिल्ला भएको कारण भारतबाट पनि अनियन्त्रित रुपमा पशुहरु भित्रिने गरेका छन्,प्रमुख चौधरीले भने,त्यसका लागि सिमावर्ति किसानलाई जनचेतना पनि जगाउन आवश्यक छ ...
स्व.टंकप्रसाद अचार्य जन्मेको घरको जिर्णोद्धारका लागि पुनःबजेट बिनियोजन
रामग्राम नगरपालिका, समाचार

स्व.टंकप्रसाद अचार्य जन्मेको घरको जिर्णोद्धारका लागि पुनःबजेट बिनियोजन

नवलपरासी,६ पुसजिल्लाको रामग्राम नगरपालिका ३ मा स्थित टंक प्रसाद अचार्य जन्मेको जिर्ण भवनलाई संरक्षण तथा जिर्णोद्धारका लागि पुनः लुम्बिनी प्रदेश सरकारले पचास लाख रकम विनियोजन गरेको छ । । सय बर्ष पुरानो उतm भवनको जिर्णोद्धार गर्नका लागि रकम विनियोजन भएर आएको नगरपालिकाले जनाएको हो ।लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ चौधरीको पहलमा पुनः बजेट बिनियोजन भएको चौधरीले बताए । विगत बर्षमा जिर्णोद्धारका लागि बजेट आएको तर काम हुन सकेको थिएन् । घर अहिले जिर्ण अवस्थामा भए पनि सरोकारवालाबाट सो भवन जिर्णोद्धार हुन नसकेको स्थानियले आरोप समेत लगाउदै आएका थिए । प्राचिन स्मारकको जिर्णोद्धार गर्नका लागि लुम्बिनी प्रदेश सरकारले बजेट पठाउदा पनि काम नभएको प्रति लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश साँसद तथा अर्थ तथा योजना मन्त्रालयका पुर्व मन्त्रि समेत रहेका बैजनाथ चौधरीले नगरपालिकाको कार्...
जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितका लागि जेमोड फाउण्डेसन गठन
रामग्राम नगरपालिका, समाचार

जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितका लागि जेमोड फाउण्डेसन गठन

नवलपरासी,२ पुसजिल्ला स्थित जनजाती,मुस्लिम,पिछडावर्गको हक हितका लागि (जेमोड) फाउण्डेसन नामक सस्थाको गठन गरिएको छ । शनिवार परासीमा दलित समुदायका बुद्धिजिवि,समाजसेवी र राजनीतिककर्मीहरुको एक भेलाले जनजाती,मुस्लिम,पिछडाबर्ग र दलित समुदायलाई राज्यको निकायमा समावेशी गराउने र शसतिmकरण गर्ने उदेश्यले काम गर्नका लागि संगठनको आवश्यकता महशुस गर्दै सो जेमोड फाउण्डेसन गठन गरिएको हो ।संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनको संयोजकत्वमा भएको उतm कार्यक्रमले अगामी पुस १६ गते विस्तारित भेला गरि जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितमा काम गर्ने गरि फाउण्डेसनले कार्यपत्रको प्रस्तुती गराउने कार्यक्रम समेत तोकेको संयोजक पुर्व साँसद हरिजनले जानकारी गराए । संविधान कार्यान्वयन र समावेशीकरणका लागि आयोजना गरिएको अन्तरसंवाद कार्यक्रम पश्चात संगठन बनाउन आवश्यकता महशुस गरियो, पुर्वसाँसद हरिजनले भने, यसला...
सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का
रामग्राम नगरपालिका, समाचार

सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजना खोलामा सिल्ट जम्मा भएर प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम हुदा आयोजना प्रभावित बनेको स्थानियले बताएका हुन् ।सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोजन...
प्रहरीद्धारा आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम
रामग्राम नगरपालिका, समाचार

प्रहरीद्धारा आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम

नवलपरासी,२० मंसिरजिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम २ स्थित पवन माविका बालबालिकालाई आत्महत्याबारे सचेतना दिइएको छ । आत्महत्या न्युनिकरण गर्ने उदेश्यले प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सो सचेतना कार्य गरेको हो ।उबासंघको सभाहलमा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ५ सय ५० जना बालबालिकालाई सहभागि गराई सचेतना गराइएको कार्यालयका प्रहरी नायब उपरिक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी गराएका थिए । आत्महत्या कसरी न्युनिकरण गर्न सकिन्छ,आत्महत्या रोक्न घरपरिवारको भुमिकाबारे जानकारी गराइएको डिएसपी पाण्डेलले बताए । यो सचेतना अभ्यासले बढदो आत्महत्या रोक्नमा मद्दत पुर्याउने उनको भनाई थियो ।...
स्थानियबासीको गुनासो ‘म्याद सकियो, पुल बनेन’
रामग्राम नगरपालिका, समाचार

स्थानियबासीको गुनासो ‘म्याद सकियो, पुल बनेन’

नवलपरासी, १९ मंसिर,जिल्लाको हुलाकी सडक पुल म्याद सकिए पनि पुल नबन्दा स्थानियले दुखेसो पोखेका छन् । प्राविधिक र सम्बन्धित ठेकेदारले पुल निर्माणको कार्य बेलामै नगरिदिदा समस्या भएको भन्दै स्थानियबासीले दुखेसो पोखेका हुन् ।पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिडेको भन्दै अब पुल बनाउने जिम्मेवारी कस्को ? भनि जिज्ञासा राख्ने गरेका छन् । पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ । पुल नबन्दा धेरै समस्या भएको छ, रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले भने,खोलामा पुल नहुदा यस क्षेत्रको कुईया,बडगो,घिनहा,पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई समस्या भएको छ । विरामी,गर्भवती महिलालाई उपचारका लागि परासी लैजान पनि कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्ने कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ ।...
सरोकारवालाको वेवास्ताले पुरातात्विक क्षेत्र पण्डितपुरमा धमाधम पक्कि घर बन्दै
रामग्राम नगरपालिका, समाचार

सरोकारवालाको वेवास्ताले पुरातात्विक क्षेत्र पण्डितपुरमा धमाधम पक्कि घर बन्दै

नवलपरासी,१७ मंसिरसरोकारवाला निकायको वेवास्ताले प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको पुरातात्विक रामग्राम (पण्डितपुर)मा अहिले धमाधम पक्कि संरचना निर्माण भईरहेका छन् । पुरातत्व विभागले नजिकै राखेको पुरातात्विक स्थलको सम्बन्धि बोर्डको उपेक्षा गर्दै स्थानियले धमाधम पक्कि निर्माण गर्दै गरेको भए पनि सरोकारवाला निकायले संरक्षण प्रति गैर जिम्मेवारी देखाउदै आएका हुन् ।विगत बर्ष देखी नै प्राचिन कोलिय गणराज्यको राजधानी भनेर पुरातत्व विदहरुले बताउदै ति स्थानको संरक्षण गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरेका थिए । सो स्थानमा नेपाल सरकार पुरातत्व विभागले सुचना समेतको होर्डिगँबोर्ड राखेको छ, एक स्थानियले भने,तर होर्डिगँबोर्ड नाम मात्रको छ । पुरातात्विक क्षेत्रमा धमाधम पक्कि घर बन्दै छन्,तर कसैले त्यस प्रति चाँसो देखाएका छैनन् । पुरातात्विक क्षेत्र प्राचिन कोलिय गणराज्यको राजधानी स...
नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना
रामग्राम नगरपालिका, समाचार

नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना

नवलपरासी,१५ मंसिरजिल्ला समन्वय समिति(जिसस) नवलपरासीले जिल्लामा नव निर्वाचित संघिय साँसद र प्रदेश साँसद जनप्रतिनिधिलाई बधाई तथा सुभकामना दिने कार्यक्रम गरेको छ । कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरि बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।कार्यक्रममा जिल्लाको चौतर्फि विकासमा अब सबै जनप्रतिनिधि जिल्ला केन्द्रित भएर लाग्न आग्रह समेत गरिएको छ । विगत देखी नै यो जिल्लाबाट शतिm पहुँचमा भए पनि जनप्रतिनिधिको काम भन्दा अ आफ्ना दलिय कार्यलाई प्राथमिकता दिने गर्दा जिल्लाको विकास ओझेलमा परेको तर अब देखी यस्तो उपेक्षा नहोस भनि चाहना समेत ब्यतm गरिएको थियो । जिल्लाको क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य(संघिय साँसद)मा निर्वाचित धु्रव बहादुर प्रधान विगतमा प्रहरी सेवाको उच्च ओहदा (आईजिपि) मा पुगेर सेवा निवृत भए पछि राजनीतिमा लाग्नु भएको थियो । विगत विगतमा पटक पटक पराजय भोग्दै आएका प्रधान अहिल...