Health Advertisement

कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) नै भएको भुभौतिक सर्वेले पुष्टयाई गर्दै

नवलपरासी,१५ मंसिर
प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम नगरपालिका वार्ड नं.१८ पण्डितपुर नै भएको पुष्टि अहिलेको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे) ले गर्ने भएको छ । विगत बर्षमा पुरातत्व विभागले अनुमानको आधारमा उत्खनन गरि बैज्ञानिक आधार र पुष्टिको पर्खाइमा अहिलेसम्म प्रतिवेदन समेत सार्वजनिक गर्न नसकिरहेको अवस्थामा हालै गरिएको भुभौतिक सर्वे गर्दा पुष्ट्याईको आधारहरु फेला परेको हो ।

पुरातत्व विभागको लगानीमा बेलायत दुराम विश्वविद्यालयको प्राविधिक टोलीले ६ दिनमा गरेको भुभौतिक सर्वेक्षणमा धेरै स्थानमा पुरातात्विक बस्तु रहेको देखिन थाले छ । विहिवार विश्व विद्यालयका प्रोफेसर डा.मार्कले आफै भुभौतिक सर्वेमा सहभागि थिए । धेरै राम्रो उपलब्धी भएको छ,उनले उत्साही हुदै पुरातात्विक क्षेत्र तर्फ सँकेत गरेका थिए । यो क्षेत्र सँसारका लागि महत्व पुर्ण बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । छिटै सर्वेको रिपोर्ट पुरातत्व विभागलाई उपलब्ध गराईने उनले बताएका थिए । भुमौतिक सर्वे प्रतिवेदन बैज्ञानिक आधार हुनेछ ।
अहिले बैज्ञानिक आधार तयार भएको पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी गराए । पुरातत्व विभागको पहलमा अहिले पण्डितपुरमा पुनःसर्वेक्षण गरिएको छ,उनले भने, धेरै स्थानमा मोटा पर्खालहरु भएको जुन प्राचिन राजधानीको कम्पाउण्डवाल हुन सक्ने अनुमान गर्न सकिन्छ । पुरातत्व विभागले उत्खननका लागि पनि बजेट विनियोजन गरेको छ,उनले थपे,सकेसम्म छिट्टै ति पर्खाल भएका स्थानमा उत्खनन गरिन्छ,त्यो प्रमाण पनि समावेश गरेर पण्डितपुरको पुर्ण प्रतिवेदन पुरातत्व विभागले प्रकाशन गर्दै आएको ‘प्राचिन नेपाल’ नामक पुूस्तकमा सार्वजनिक हुन्छ ।

त्यो प्रकाशन नेपाल सरकार र विश्व सम्पदा सुचिकृत गर्ने संयुतm राष्ट्र संघिय सस्था शैक्षिक,बैज्ञानिक तथा साँस्कृतिक संगठनलाई पनि उपलब्ध गराईन्छ । प्राचिन कोलिय गणराज्यको राजधानी प्रमाणित गर्न ८० प्रतिसत काम सकिएको छ । बाकी काम पनि छिटै गरेर यो पण्डितपुरलाई विश्व सम्पदामा लैजानका लागि सहज बनाउने उनले बताएका थिए । पुरातत्व विद डा.तारानन्द मिश्रको नेतृत्वमा वि.सं.२०७० साल देखी तिन बर्ष लगातार पुरात्व अधिकृत ज्ञवाली सहितको टोलीले उत्खनन गरेको थियो । तर त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन् ।
त्यो भन्दा पहिला पनि २०५९ सालमा तत्कालिन पुरातत्व विद शुक्रसागर श्रेष्ठले स्थानिय नारद यादवको सहयोगमा उत्खनन गरि पण्डितपुर नै देवदह हो,यो नै प्राचिन कोलिय गणराज्यको राजधानी भएको आधार पेश गरेका थिए । उनले स्थानिय इतिहासकार तथा बुद्ध क्षेत्रका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवको सहयोग समेत रहेको आफ्नो प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेका थिए । तत्पश्चात रुपन्देहीको भवानीपुरलाई स्थानियले देवदह दाबी गर्दै विवाद समेत गरेका थिए । तर पछिल्लो समयमा देवदहमा उत्खनन गर्दा तेह््रौ शताब्दी भन्दा पहिलाका कुनै प्रमाण आधार नपाइएको हुदा सो स्थान राजधानी हुन नसक्ने पुरातत्व अधिकृतहरुले बताएका थिए । पछिल्लो समय कोलिय गणराज्यको राजधानी पण्डितपुरमा पटक पटक उत्खनन गर्दा कपिलबस्तुका तिलौराकोटको समकालिन पुरातात्विक बस्तुहरु फेला पर्न थाले पछि कोलिय गणराज्यको राजधानी पण्डितपुर नै भएको पुरातत्व विदहरुले बताउदै आएका थिए ।
तत्कालिन बेला बनाईने माटोको पर्खालका पोष्टहोल,इनार,इट,खैरो भाडा(गे्रवर) सिक्का आदीको आधारहरुले तिलौराकोटमा जे जस्तो समाग्रि फेल पर्ने गरेको छ,त्यही खालको यो पण्डितपुरमा पनि पाउन थालेको छ । शाक्य राज्यको राजधानी कपिलबस्तु र कोलिय गणराज्यको राजधानी पण्डितपुरको स्वरुप एउटै खालको भेटिदा प्राचिन इतिहास अनुसार कोलिय राजा र शाक्य राजासँगको सम्बन्धलाई स्थापित गर्छ । शाक्य राजकुमार शुद्धोधन र कोलिय राजकुमारी मायादेवीको विवाह भएको र उनको सन्तानको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।
तिनै सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरि शाक्यमुनि बुद्ध भए र संसार शान्तिको सन्देश प्रवाह गरे । जुन दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ र निवारणका विधि विपश्यना ध्यान अभ्यासले प्राप्त हुन्छ । त्यही आधारलाई अहिले सँसार भर भगवान बुद्धको मार्गको रुपमा बौद्धमार्गीले अनाउदै आएका छन् । बुद्धत्व प्राप्त गरि सँसारलाई दुःख विमुतिmको बाटो देखाउने सिद्धार्थ गौतमको जन्म दिने आमाको जन्म स्थल अहिले फेला पर्दा स्थानिय उत्साही भएको स्थानियबासी नारद यादवले बताए ।
पण्डितपुर सँसार भरि चिनिने अवस्थामा पुगेको छ,उनले भने, भगवान बुद्धलाई जन्म दिने आमाको जन्म स्थलमा सँसारका मानिस आउने छन् । यस क्षेत्रमा पर्यटन विकास हुनेछ । अहिले प्राचिन कोलिय गणराज्यको राजधानी र कोलिय राजाद्धारा बनाइएको भगवान गौतम बुद्धको अस्ति राखिएको स्तुप एउटै नगरपालिका र एउटै जिल्ला हुदै नेपाल भित्रै पर्ने भएकोले पनि यो नेपालको अति महत्वपुण सम्पदा हुनेछ । जुन कपिलबस्तुको स्तुप भारतको बनरसिया पर्ने गरेको दाबी हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *