हिन्दु र बौद्ध संस्कृतिको साझा स्थल शिलवटियामा कार्तिक पुर्णिमाको भब्य मेला
बेचु गौडनवलपरासी ८ मंसिररुपन्देही जिल्लाको ओमसतिया गाउपालिका स्थित सिलवटिया हिन्दु र बुद्धको साझा संस्कृति सांस्कृतिक इतिहास बोकेको प्राचिन गाँउमा कार्तिक पुर्णिमा लक्षित भब्य मेलाको तयारी भई रहेको छ । बर्षाै देखी कार्तिक पुर्णिमामा मेला लाग्ने गरेको र यस बर्ष सो मेलालाई भब्य बनाउनमा गाउपालिकाले पनि तयारी गर्न थालेका हो ।मेला क्षेत्रमा विहिवार राती देखी नै रामलिला शुरु भएको र मेलाकै दिन सो रामलिलाको तयारी भई रहेको मेला गाउपालिकाले जानकारी गराएको थियो । विहिवार नै आयोजकसँग गाउपालिका अध्यक्ष मन्जित कुमार यादव,उपाध्यक्ष सुनिता चौधरी र प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्र सहितको टोलीले संयुतm बैठक समेत बसेर मेला तयारीबारे छलफल गरेको थियो । रोहिणी नदि किनारमा रहेको ओमसतिया माई मन्दिर,रामजानकी मन्दिर लगायत विभिन्न हिन्दु देवी देवताको प्राचिन मन्दिर अवस्थित छ । झोलुगेँपुल मात्रै सो स्थानमा भएको...