कामको ‘गेयर’ बदल्नुस्ः प्रमुख प्रशासकिय अधिकृत
नवलपरासी,१६ भदौजिल्लाको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीले नगरपालिकाका कर्मचारीलाई कामको गेयर बदल्न(काम गतिशिल बनाउन) निर्देशन दिएक छन् । हालै सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत मरासनीले काम गति अति नै कम भएको जनाउदै नगरपालिकाका कर्मचारीलाई कामको गति बढाउने गेयर बदल्ने निर्देशन गरेका हुन् ।विहिवार उनले लेखा शाखाका कर्मचारीलाई लक्षित गरि के कस्तो काम भएको छ ? के कारणले कतिशिलता बढिरहेको छैन ? भन्ने चाँसो ब्यतm गर्दै कामको गेयर बदल्नु पर्ने बताएका थिए । कार्यकक्षमा उपस्थित लेखा सहायक भए पनि उनको भाव लेखा शाखा हुद्रै नगरपालिकाका सबै कर्मचारी माथि नै लक्षित थियो । यस्तो कामले देवता र पितृले समेत राम्रो मान्दैनन्,उनले भने,बसेर मात्रै खानु हुदैन् । लेखाका खाताहरु सञ्चालनमा आएका कि आएन भनेर उनी सोधका थिए । कामको प्रगति नै लेखाले मापन हुने हुदा लेखाबाट उनले खाताका कुरा...