Tag: Sukhadi Chaudhary

सरावल स्वास्थ्य चौकी छिट्टै आफ्नो भवनमा सञ्चालन हुने
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावल स्वास्थ्य चौकी छिट्टै आफ्नो भवनमा सञ्चालन हुने

नवलपरासी,२२ फागुनजिल्लाको सरावल गाउपालिका वार्ड नं.३ को स्वास्थ्य चौकी भवन निर्माणकार्य सम्पन्न भए पछि स्वास्थ्य शाखामा खुम्चिएको स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन हुने भएको छ । स्वाास्थ्य चौकीका लागि आफ्नै भवन निर्माण भए पछि स्वतन्त्र रुपमा स्वास्थ्यचौकी सञ्चालन हुने गाउपालिकाले जनाएको हो ।तत्कालिन सरावल गाविस हुदा गाविस भवनमा रहेको स्वास्थ्य चौकी पछि सो गाविस भवनमा गाउपालिका कार्यालय तथा स्वास्थ्य शाखा सञ्चालनमा आए देखी दुई वटा साना कोठामा सञ्चालन हुदै आएको थियो । दुई बर्ष पहिला स्वास्थ्य चौकी भवनका लागि गाउपालिकाले बजेट विनियोजन गरि छुट्टै भवन निर्माणका लागि ठेक्का भएको थियो,अहिले भवनको काम सम्पन्न भई सकेको छ । केही दिनमा सो स्वास्थ्य चौकी सञ्चालनमा आउने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । अहिले सो वार्डको स्वास्थ्य चौकीमा प्याथोलोजी(ल्याब) सेवा समेत सञ्चालन हुदै आएको छ,उनल...
मधेश सांस्कृतिक पार्कको काम पनि छिट्टै हुनेः सरावल गाउपालिका अध्यक्ष चौधरी
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मधेश सांस्कृतिक पार्कको काम पनि छिट्टै हुनेः सरावल गाउपालिका अध्यक्ष चौधरी

नवलपरासी,१० माघजिल्लाको सरावल गाउपालिकाले वार्ड नं.२ मनरी स्थित वृक्षारोपण क्षेत्रमा थारु साँस्कृतिक पार्कको निर्माण कार्यसँगै यसै बर्ष वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको निर्माण कार्यको शुभारम्भ गर्ने जनाएको छ । केही महिना पहिला सम्भाब्यता अध्ययन गरेको उतm स्थानमा छिट्टै पार्क निर्माण शुरु हुने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताएका हुन् ।गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने योजना बनाई बजेट समेत विनियोजन गरेर सञ्चालनमा ल्याई सकियो, उनले भने,अगामी शिवरात्री वा फागुपुर्णिमालाई लक्षित गरि मधेश साँस्कृतिक पार्कमा पनि काम गर्ने योजना सुनाए । थारु मधेशी बाहुल्य यो गाउपािलकामा सबैलाई समेटेर पार्कको निर्माण गर्ने,संस्कार संस्कृति बचाउने गाउपालिकाको प्राथकितामा पनि छ । लक्ष्य अनुसार थारु साँस्कृतिक पार्कमा खिचडी महोत्स(माघी मेला) सँगै पार्कक...
सरावल सरकारले बनाउदैछ,कुलो पुर्नउत्थान कार्यक्रम
कृषि, समाचार, सरावल गाउँपालिका

सरावल सरकारले बनाउदैछ,कुलो पुर्नउत्थान कार्यक्रम

नवलपरासी,२३ साउनजिल्लाको सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम बनाउने योजना अगाडी सारेको छ । कतिपय पालिकामा कुलो पुर्दै सडक पुर्वाधार बनाउदै गरेको भए पनि सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको हो ।पुर्खाले कुलो मार्फत सिचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउदै गएको कुलो सिचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराए । कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने,कुलो बाढीको बेला जलनिकासको साधन पनि हो । कुलो सिचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो,घोलहरु हुदै छाडन्,सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर...
सरावल गाउपालिकामा थारु तथा मधेशी साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

सरावल गाउपालिकामा थारु तथा मधेशी साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन

नवलपरासी,२० साउनजिल्लाको सरावल गाउपालिकाले वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको सम्भाब्यता शुरु गरेको छ । गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने योजना अगाडी सार्दा गाउपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृया आउन थाले पछि मधेश साँस्कृतिक पार्कको पनि योजना अगाडी सारेको हो ।थारु मधेशी बाहुल्य रहेको उतm गाउपालिकामा दुबै प्रकारको साँस्कृति पार्क एक पटक शुर गरिने गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । पहिला थारु साँस्कृतिक पार्कको योजना बनाउन अध्ययन शुर गरे पश्चात मधेशी समुदायको समेत गाउपालिका सबैको भनेर प्रतिकृया आयो,उनले भने,अहिले मधेशका सबै संस्कृतिकलाई प्रतिनिधित्व हुने गरी मधेश साँस्कृतिक पार्कको लागि पनि सम्भाब्यता अध्ययन गरिएको हो । त्यसको लागि वार्ड नं.४ का वार्ड अध्यक्ष सुरेश यादवले चाँसो देखाएका छन् । उनले हुलासी घो...
सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नवलपरासी, ३ साउनजिल्लाको सरावल गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा एसईई २०७९ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ । बुधवार एक समारोह विच उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका विद्यार्थीलाई सम्मान गरेको छ ।पालिका भित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गरिएको गाउपालिकाले जनाएको छ । जिल्लामा उत्कृष्ट ४ जिपिए ल्याउने छात्रा प्रतापपुरको लिटिल बुद्ध स्कुल फाउन्डेसनकी कृष्णा कुमारी गौड, सरावल गाउँपालिकामा उत्कृष्ट ३.७६ जिपिए ल्याउने आर्दश माध्यमिक विद्यालय सरावल २ खोखरपुराका छात्रा निलमकुमारी गुप्ता तथा एसइइ उत्कृष्ट भएका पालिका भित्रका ४२ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले विद्यार्थिहरुलाइ शिक्ष...
सरावल सरकारले बनायो धनेवाखोला करिडोरको डिपिआर
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सरावल सरकारले बनायो धनेवाखोला करिडोरको डिपिआर

नवलपरासी,२३ असारजिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोला ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको छ । झण्डै पचास करोड लागत पर्ने उतm करिडोरको डिपिआर बनाई क्रमशः पालिका गौरवको आयोजनामा समावेश गरि काम गर्ने गरि डिपिआर तयार भएको हो ।विगत तिन दशक देखी धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानियले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको थिएन्,गाउपालिका अध्यक्ष सुखाडी चौधरीले भने,आफु निर्वाचित भएर आए पछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाएको हो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पुर्याउने छ । डिपिआ...
सरावलमा किसोरीलाई गुडिया तथा कुसन बनाउने तालिम
समाचार, समाज, सरावल गाउँपालिका

सरावलमा किसोरीलाई गुडिया तथा कुसन बनाउने तालिम

जिल्लाको सरावल गाउपालिकाले किसोरीलाई लक्षित गरि कुसन तथा गुडिया बनाउने तालिम सञ्चालन गरेको छ । किसोरी अवस्था देखी नै सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने उदेश्यले सो तालिम सञ्चालन गरेको हो ।सरावल ४ गोबरहियामा सञ्चालिन पाँच दिने तालिमको समापन गर्दै गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीलेले किसोरीहरुलाई शिक्षा,ज्ञानसँगै शिपमुलक र आयमुलक तालिमको आवश्यकता महशुस गरेर योजना बनाई तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागि किसोरीहरुले तालिम तालिमका लागि मात्रै नभई तालिम प्राप्ती पछि सो कार्यलाई निरन्तर अभ्यास गरि राख्न पनि आग्रह गरेका थिए । कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष बासमति हरिजनले किसोरीको आवश्यकता पहिचान गरि यस्तो तालिम राखिएको बताईन् । तालिममा सिकेका कुरा निरन्तर ब्यवहारिक जिवनमा प्रयोगमा ल्याउनु पर्छ,उनले भनिन,फेरी पनि एडवान्स तालिम पनि सञ्चालन गर्न सकिन्छ । अन्य महिला किसोरीलाई...
लागु पदार्थ दुब्यसनीबारे सिमाक्षेत्रका गाँउमा अन्तरक्रिया
समाचार, समाज, सरावल गाउँपालिका

लागु पदार्थ दुब्यसनीबारे सिमाक्षेत्रका गाँउमा अन्तरक्रिया

नवलपरासी, १ जेठजिल्लाको सरावल गाउपालिकाले सिमावर्ति क्षेत्रका विद्यार्थी र स्थानियबासीलाई लागु पदार्थ दुब्र्यसन विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउपालिका भारतिय सिमासँग जोडिएको सिमा नाका भुजहवामा सो अन्तरक्रिया गरेको हो ।गाउपालिकाका लेखापाल नरेश कोहारको प्रमुख आथित्यतामा भएको उतm अन्तरक्रिया कार्यक्रममा लागु औषधको सेवनकर्ता तथा ओसार पसार कर्ता पनि एक विषैला सर्प जस्तै भएको हुदा उनीहरुसँग जोगिन र नियन्त्रण गर्न तर्फ सबै सरोकारवाला लाग्नु पर्ने कुरा औल्याइएको थियो । जसरी एक विषैला सर्पले बढिमा एकदुई जनालाई मात्र टोक्न सक्छ,उनीहरको मृत्यु हुन सक्छ,त्यसै गरि लागुऔषधको कारोबार गर्ने ब्यतिm पनि समाजका लागि विषालु सर्प झै धेरै युवाहरुलाई डस्ने कार्य गरिरहेका छन्,समाजलाई नै विकृत बनाई रहेका छन् । उनीहरुको नियन्त्रणमा सरकारले मात्र प्रयास गरेर पुग्दैन,सबै समाज लागेर नै यस्ता कार्य गर्न...
सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम
शिक्षा, समाज

सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम

नवलपरासी,२७ बैशाख,जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउपालिकाले सो अभियान सञ्चालन गरेको हो । विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् । आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभ...
धनेवा नदीको किनारमा सडक करिडोर बनाउन डिपिआर बनाउदै सरावल गाउपालिका
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

धनेवा नदीको किनारमा सडक करिडोर बनाउन डिपिआर बनाउदै सरावल गाउपालिका

नवलपरासी,८ बैशाखबर्षेनी डुबानको समस्या खेप्दै आएको सरावल गाउपालिकाका चार वटा वार्डको बाढी नियन्त्रणका लागि संघिय सरकार र लुम्बिनी प्रदेश सरकारको भर नपर्ने सरावल गाउपालिकाले जनाएको छ । डुबानको समस्या विगत चार दशक देखी रहदै आए पनि तत्कालिन केन्द्रिय सरकार र हालका संघ र प्रदेश सरकारले डुबान समस्या हल गर्लान भन्ने आशा नलागेर सरावल गाउपालिकाले धनेवा झरही नदी ब्यवस्थापनका लागि आफै कस्सिएको हो ।धनेवामा लगाईएको बाँध अग्लो नहुनु,विगत तिन दर्शक देखी भत्किएको चार वटा साईफन अहिलेसम्म मर्मत सम्भार हुन नसक्नु,कुलो सफाई तथा धनेवा र झरही खोलाको सिल्ट सफाई गरि नदि गहिरो नबाउदा डुबान समस्या जस्ताको तस्तै छ । तिनै कारणले गाउपालिकाका चार वार्डका नागरिकले बर्षेनी डुबानको समस्या झेल्दै आएको निष्कर्ष निकाल्दै गाउपालिकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गराउन लागेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरील...