पर्यटन प्रवद्र्धनका लागि देवदहले गर्दैछ, १३ वटा पार्क ब्यवस्थापन र १३ वटा पर्यटन विकास समिति गठन
नवलपरासी,१० मंसिररुपन्देहीको देवदह नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न १३ वटा पर्यटन विकास समितिलाई दर्ता गर्नुका लागि १३ वटा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजीमा लागेको छ । धामिक,सांस्कृतिक तथा पर्यापर्यटनको सम्भावना बोकेको देवदह नगरपालिकाले योजनाबद्ध तरिकाले विकासका लागि पर्यटन विकास समिति दर्ता तथा पार्क ब्यवस्थापनको निर्णय गरि योजना अगाडी सारेको हो ।नगरसभाको निर्णय नं.१६ र १७ मा उतm प्रस्तावहरुबारे निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । देवदह नगरपालिका देशी विदेशी पर्यटकका लागि आकर्षण गर्ने थुप्रै पुर्वाधारहरु भएकोले ति पुर्वाधारको ब्यवस्थानका लागि स्थानिय समिति गठन दर्ता तथा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजी गरि काम गरिने उनले बताए । नगरसभाले दिइएको म्याण्डेट अनुसार जनप्रतिनिधि र कर्मचारी तथा स्थानिय संघसस्थाहरु पनि ...