रामग्राम नगरपालिकाले नागरिकलाई दिदैछ करदाता शिक्षा
नवलपरासी,२६ असोज,जिल्लाको रामग्राम नगरपालिकाले नगरका करदाता ब्यवसायि र नागरिकलाई करदाता शिक्षा कार्यक्रमको आयोजना गरि सचेतना कार्य थालेको छ । करदातालाई करबारे आवश्यक जानकारी गराउने उदेश्यले करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।प्रत्येक वार्डबाट ६ जनाका दरले उद्यमी ब्यवसायि,किसान र संघसस्थाका प्रतिनिधि गरि सहभागि गराई कर शिक्षा कार्यक्रम गरिएको नगरपालिकाको राजश्व शाखाकी प्रमुख निर्मला प्रजापतिले बताईन् । कर शिक्षा कार्यक्रम गर्ने गरि नगरसभाले नै कार्यक्रम राखेको हुदा कर शिक्षा कार्यक्रम शुरु गरिएको उनले बताईन् । संविधान र कानुन प्रदत्त अधिकारको प्रयोग गरि नगरपालिकाले नगरक्षेत्रमा कर उठाउने गरेको र उठेको कर कसरी जनताका लागि विकास निर्माण,सेवा प्रवाह र दैनिक प्रशासनमा खर्च हुने गरेको बारे जानकारी गराइएको थियो । करदाता शिक्षाका स्रोत ब्यतिm लेखा शाखाका लेखापाल सञ्जय शर्माले संघ,प्रदेश र ...