काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन

नवलपरासी,७ माघ
उमेदवार माथिको दाबी विरोधको निर्धारित समय भित्र नवलपरासी क्षेत्र नं.२ मा कुनै पनि उमेदवार माथि दाबी विरोध नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको भए पनि समय सिमा भित्र जिल्लामा कुनै पनि उम्मेदवारविरूद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत डाक्टर राजेन्द्रप्रसाद आचार्यले जानकारी गराएका हुन् ।
तर नेपाली काँग्रेसबाट दुई जनाले दर्ता गराएको उमेदवारीको टुगोँ नलाग्दा हालसम्म ति दुई जनाको उमेदवारी विवाद कायम नै रहेको छ । दुबैले अ आफ्नो पक्षमा निर्वाचन आयोग र पार्टी केन्द्रिय कार्यालयबाट नै निर्णय हुने आशमा भए पनि दुबै पक्षमा त्रास भने कायम नै रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दुई उम्मेदवारको विषयमा विहिवार मात्र टुङ्गो लाग्ने मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी गराएका थिए । कांग्रेसबाट भीमबहादुर थापा(भरत) र देबेन्द्रराज कँडेल(मुन्नाबाबु) ले उम्मेदवारी दिएका थिए । पहिलो मनोनयन पत्र लिएर आएका थापाको उम्मेदवारी दर्ता भएको छ । कँडेलको उम्मेदवारी भने निर्वाचन अधिकृतको कार्यालयले क्रम संख्या मात्र उल्लेख गरेर राखेको छ । एउटै पार्टीबाट २ जनाको कम्प्युटरले इन्ट्रि नलिने भएकाले पहिलोमा आउने थापाको मनोनयन दर्ता भएको हो ।
कार्यतालिका अनुसार भोलिसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गरिने छ । एउटै पार्टीबाट आधिकारिक दुई वटा टिकट ल्याए पछि अन्यौल उत्पन्न भएको छ । विगतमा पनि नेपाली काँग्रेसमा सहमति विपरित लुम्बिनी प्रदेश सभा सदस्यमा काँग्रेसका उमेदवार खडा गरेको थियो । तत्कालिन नेकपा माओवादीसँग तालमेल भए अनुरुप निर्वाचन क्षेत्र नं.१(ख)मा देवकरण कलवारलाई सहमति विपरित पार्टीका केन्द्रिय नेताले छुटट्ै मनोनयपत्र लिएर आएका थिए । माओवादीको उमेदवारी परे पनि काँग्रेसले पनि उमेदवारी दर्ता गर्दा विवाद भए पनि त्यो बेला फरक फरक दल भएको हुदा पार्टी चुनाव चिन्ह कायम गर्न सहज थियो ।
तर त्यही पुनरावृति अहिले पनि दुई वटा टिकट पार्टीले पठाए पछि एउटै पार्टी र एउटै चुनाव चिन्ह दुई जनालाई उपलब्ध गराने कार्यले समस्या देखिदा एक जनाको उमेदवारी रद्द नै हुने निश्चित प्राय छ । काँग्रेस भित्र २०७९ को चुनावमा मात्र नभई २०७४ सालमा पनि लुम्बिनी प्रदेश सभा सदस्य(क्षेत्र नं.२(ख) मा पहिला विक्रम यादव लाई टिकट दिएर पठाएको थियो । तर विचमै उनको टिकट हुदा हुदै लुम्बिनी प्रदेशसभा सदस्यमा बैजनाथ कलवारलाई टिकट प्रदान गरिएको थियो । दुबै पटक दोहरो टिकट बनाउने खेलमा लागेका तत्कालिन केन्द्रिय सदस्य कण्डेल नै लागेको आरोप पार्टी कार्यकर्ता वृृतमा चर्चा रहेको छ । अहिले कण्डेल केन्द्रिय सदस्य पनि छैनन् । उनको स्थानमा केन्द्रिय सदस्य राधेश्याम पाठक केन्द्रिय सदस्य निर्वाचित भएका छन् । कण्डेलको उमेदवारी दर्ता हुनु पुर्व नै पार्टीका केन्द्रिय सदस्य पाठक नै आर्का उमेदवार थापाको प्रस्तावक भई उमेदवारी दर्ता गराएको हुदा थापाकै पक्षमा केन्द्रिय समिति र निर्वाचन आयोगले निर्णय लिइनेमा थापा पक्षधर आशाबादी छन् । कण्डेल पुरानो राजनीतिक खेलाडी भएकोले कुनै पनि हालतमा आफ्नै पक्षमा निर्णय गराउन सक्ने आशमा कण्डेल पक्षधर रहेका छन् ।
उता नेकपा एमालेले पहिला टिकट पाएका उमेदवार जिल्ला समन्वय समिति(जिसस)का प्रमुख समेत रहेका भगौती प्रसाद यादवको बाबु विरामी भएर उपचारका लागि भारत गएकोले पार्टीले उनको स्थानमा पार्टी जिल्ला सचिवालय सदस्य लेखनाथ खरेललाई उमेदवार बनाई मनोनयनपत्र दर्ता गराएको भए पनि यादवको स्थानमा खरेल भन्दा सिफारिस भएकै उमेदवार मध्ये छनौट गर्नु पर्ने बताउदै एमाले कार्यकर्तामा पनि असन्तुष्टि देखिएको छ । एमालेका तर्फबाट क्षेत्र नं.२ बाट यादव सहित,पुर्वमन्त्री बैजनाथ चौधरी,श्याम कुमार बस्याल र सरिता पौडेललाई उमेदवार छनौट गरि क्षेत्रिय कमिटिले पठाएको थियो । तिनैबाट उमेदवार मध्ये विकल्प खोज्नु पर्ने भए पनि पार्टीको क्षेत्रिय कमिटीको निर्णय लत्याउदै एमाले नेतृत्वले बाहिरबाट उमेदवार बनाए पछि उमेदवार विवास्पद देखिन थालेका छन् । काँग्रेस र एमाले विच देखिएको अन्तरद्धन्द्धको फाईदा रास्वपाले उठाउने भन्ने कुरा आम रुपमा आकलन गर्न थालिएको छ ।
रास्वपामा नेपाली काँग्रेस परित्याग गरि प्रवेश गरेका रामग्राम नगरपालिकाका पुर्व मेयर नरेन्द्र कुमार गुप्ताले गराएका छन् । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट देवेन्द्र शर्माले उमेदवारी दिईका छन् । जबकी विगतमा रुपन्देही जिल्लाबाट नवलरासीमा उमेदवारी दिईने तत्कालिन माओवादी नेता घनश्याम यादवलाई अतिथि उमेदवार भनेर विपक्षीले आरोप लगाउदै आएका थिए । अहिले शर्मा प्रति पनि पुनःअथिती उमेदवार नै आएको भनि आलोचना भई रहेका छन् ।
राप्रपाका पुर्व मन्त्री तथा सोही क्षेत्रका निवर्तमान साँसद धु्रव बहादुर प्रधानले उमेदवारी दिइएका छन् । मंगोल नेसनल अर्गनाईजेसको तर्फबाट इन्द्र बहादुर गुरुगँ,राष्ट्रिय मुतिm पार्टी नेपालका गोविन्द बहादुर चौधरी,प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चन्द्रभुषण पाठक,जनता समाजवादी पार्टी(जसपा) नेपालबाट देवेन्द्र यादव,आम जनता पार्टीबाट ध्रुव बहादुर कहार,राष्ट्रिय जनमोर्चाबाट पार्वती पौडेल,नेकपा माओवादीबाट प्रेस प्रसाद ढकाल,राष्ट्रिय जनमुतिm पार्टीबाट यु बहादुर राना,नेपाल मजदुर किसान पार्टीबाट रन्जना सुवाल,संयुतm नागरिक बार्टीबाट संजय कुमार हरिजन र बहुजन शतिm पार्टीबाट सञ्जय हरिजनको उमेदवारी मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्र कुमार अचार्यद्धारा हस्ताक्षरित मनोनयनपत्र दर्ता भएका उमेदवारको नामावली पत्रमा उल्लेख गरिएको छ ।
जिल्लाबाट कुल ५७ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमध्ये २३ स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर १ बाट १६ दल र ११ स्वतन्त्र गरी कुल २७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नम्बर २ बाट १८ दल र १२ स्वतन्त्र गरी कुल ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *