Health Advertisement

कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट) र रामग्राम स्तुप परिसरमा ‘हजार बत्ति’ बालियो

नवलपरासी, २२ कातिक,
जिल्लाको प्रमुख दुई बौद्ध तिर्थ स्थलमा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा यो बर्ष देखी यि प्रमुख दुई बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो ।

पिस क्लब इन्टरनेसनलको आयोजनामा स्तुपा परिसरमा हजार बत्ति बालिएको थियो,भने अनोमाघाटमा सुस्ता गाउपालिकाकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको थियो । भगवान गौतम बुद्धको अस्तुधातुमा धातु प्रार्थना गरि हजार बत्ति बालिएको क्लबका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । अगामी बर्षमा मेलाको समेत आयोजना गरिने छ । त्यसै गरि सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । परापुर्वकाल देखी कातिक पुर्णिमामा मेला लाग्दै गएको तर पछिल्लो समय बौद्ध तिर्थ स्थलको रुपमा अनोमाघाट त्यही भएको घोषणा पश्चात बौद्ध मान्यता अनुसारका कार्यक्रम थपिने क्रममा यो बर्ष देखी पुर्णिमाको साझ हजार बत्ति बाल्ने कार्यक्रम राखिएको गाउपालिकाले जनाएको हो ।

नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । अहिलेको कातिक पुर्णिमा बौद्ध मान्यता अनुसार धेरै महत्वपुर्ण दिन रहेकोले त्यसलाई ब्यापकता दिनका लागि हजार बत्ति बाल्ने कार्यक्रम आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । गाउपालिकाबासीलाई सो घाटमा पुगेर बत्ति बाल्ने कार्यक्रममा सहभागि हुनका लागि आह्वान गरिएको थियो, प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, यो पवित्र कार्यमा पालिकाबासी उत्साही भएर सहभागिता जनाएका थिए । हजार बत्तिको अर्थ भगवान बुद्धको संघमा एक हजार जना साधु दिक्षा लिएर भिच्छु बनेको दिन हो । ति हजार जना भिच्छु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अरहन्त(मुतm) भएको बौद्ध इतिहासमा उल्लेख छ ।

सारनाथमा पाँच बर्गिय भिच्छुलाई धम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालिन सम्राट बिम्बिसारलाई बुद्धत्व(ज्ञान) प्राप्ती पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कातिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालिन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप,उर्वेला कस्यप र गया कश्यप तिन जना जटिल ऋषि सहित उनका शिस्यलाई समेत सो ज्ञान बाटोमा दिदै भिच्छु संघ बनाए । ति ऋषिका क्रमशः५ सय, ३ सय २ सय शिष्य थिए । ति सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको संख्यामा साँधुहरु भिच्छु भएको दिन कातिक पुर्णिमाको दिन थियो । तिनै एक हजार भिच्छुलाई लिएर भगवान बुद्ध सम्राट बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए । भोजदान गरेका थिए । सोही दिन सम्राट विम्बिसारले भोजनदान पछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिच्छुहरुको बासका लागि बेलुबन विहार बनेको थियो । भारत,श्रीलंका,म्यानमार,थाईलैण्ड लगायतका विभिन्न देशमा कातिक पुर्णिमालाई विभिन्न कार्यक्रम गरि बौद्ध विहारहरुमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरि विश्व शान्तिको स्रोतको रुपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा यो बर्ष देखी कातिक पुर्णिमाको दिन ति एक हजार भिच्छुहरु बुद्धको ज्ञान पाएर जरामरणबाट मुतm भएको दिन सम्झदै हजार बत्ति बाल्ने कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

गत असार पुर्णिमामा पनि सिद्धार्थ गौतम गृहत्याग गरि यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरि राजसी पोशाक त्याग गरि सन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झदै स्थानिय र श्रद्धालुहरुले कपाल मुण्डन गरि असार पुर्णिमा मनाएका थिए । अहिले कातिक पुर्णियमा हजार बत्ति बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाईमा पुर्याएको उनले विश्वास ब्यतm गरेका थिए । अनोमाघाटमा कम्तीमा पनि असार पुर्णिमा र कातिक पुर्णिमालाई भब्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरुको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढीघाटको रुपमा चिनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *