एक बर्षमा झण्डै सय सर्पको उद्धार गरे शसस्त्र बन रक्षक चौधरी
नवलपरासी,३ भदौएक बर्षमा यहाँका एक बन रक्षकले करिब एक सय सर्पको उद्धार गरेका छन् । डिभिजन बन कार्यालयमा कार्यरत शसस्त्र बनरक्षक पूर्ण बहादुर चौधरीले अजिगँर सहित विभिन्न प्रजातीका सर्प र अन्यबन्य जन्तुको उद्धार गरेका हुन् ।उनका अनुसार उद्धार गरिएका सबै भन्दा बढि अजिगँर सर्प रहेका छन् । ५८ वटा अजिगँर सर्प,३९ वटा गोमन र एउटा दुईमुखे सर्प रहेका छन् । सरदर दिनको एउटा सर्प निस्केको खबर गाँउबाट आएकै हुन्छ, उनले भने, खबर आए पछि सर्प समाउन पुगिहाल्छु । पहिला सर्प सुन्दा नै डर लाग्ने तर अहिले सर्प पनि एउटा प्राणी जस्तै हो,भन्ने माया लाग्ने गर्छ । सुचना पाउने वित्तिकै सर्प समाउन दुगुर्ने गरेको उनले बताए । सर्प देखियो र बेलामा गइएन भने स्थानियले मारि नै हाल्छन कि जस्तो लाग्छ,उनले थपे,त्यो भएर अतिकति पनि ढिलाई नगरि सर्प समाउन पुग्छु । शुरु शुरुमा सर्प समाउदा भय लाग्थ्यो,उनले भने, एक पटक अजिगँरले पुरै जि...