समाज

वार्ड कार्यालयद्धारा १२ कक्षा पास गरेर विहा गर्ने युवतीलाई ११ हजार
समाचार, समाज, सरावल गाउँपालिका

वार्ड कार्यालयद्धारा १२ कक्षा पास गरेर विहा गर्ने युवतीलाई ११ हजार

नवलपरासी,१ पुसजिल्लाको सरावल गाउपालिका वार्ड नं.७ का वार्डअध्यक्ष हेयात खाँ धुनियाले वार्डभित्रका कक्षा १२ पास गरि विहा गर्ने युवतीलाई रु.११ हजार विहा खर्च उपलब्ध गराउने बताएका छन् । गरिब विपन्न लक्षित बर्गका युवतीहरुलाई शिक्षामा प्रोत्साहित गर्न र विहाको बेला केही राहत पुग्ने उदेश्यले यस्तो कार्यक्रम बनाएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन् ।यो कार्यक्रम प्रभावकारी बन्दै गएको दाबी समेत गरेका थिए । यो नौलो रचनात्मक कार्य हो,उनले भने, यसले शिक्षा प्रति प्रोत्साहन र लक्षित बर्गलाई राहत दुबै कार्य गर्ने गरेको छ । गाउपालिकामा दोश्रो पटक पनि जितेर वार्ड अध्यक्ष भएका धुनिया विगत बर्षमा पनि विभिन्न रचनात्मक कार्य गर्दै जनहितका कार्य गरेको बताएका थिए । वार्डमा नियमित हुने विकास निर्माणका कार्यहरु गराउदै समाजिक क्षेत्रमा पनि विभिन्न रचनात्मक कार्य गर्दै आएको सुनाएका थिए । आफ्नै कार्यका...
चिनिया सँस्कृति प्रदशर्नी सहित रामग्राम स्तुपमा दिप प्रज्वलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार, समाज

चिनिया सँस्कृति प्रदशर्नी सहित रामग्राम स्तुपमा दिप प्रज्वलन

नवलपरासी,२७ मंसिरभगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपमा ‘विश्व शान्ति कार्यक्रम’ अन्तरगत विविध कार्यक्रम गरि चिन लगायतका विभिन्न देशका पर्यटकले विश्व शान्तिको कामना गरेका छन् । चिनिया कला,गित र संगित प्रस्तुत गर्दै विभिन्न देशबाट आएका बुद्धिस्ट र अतिथिहरुको सहभागितामा शुक्रवार साझ स्तुप परिसरमा दीप प्रज्वलन गरिएको हो ।उनीहरुले लुम्बिनीमा तीन दिनसम्म गरेको कार्यक्रममा अन्तरगत नै रामग्राममा शुक्रवार साझ विश्वशान्तिका लागि दिप प्रज्वलन,साँस्कृतिक कार्यक्रम गरेका थिए । सो कार्यक्रममा स्थानियबासी समेतको सहभागिता गराइएको थियो । शान्ति र समृद्धि, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा चार्चा समेत गरिएको थियो । रामग्राम लगायत लुम्बिनी क्षेत्रमा बौद्ध संस्कृतिको विकास, संस्थान र विश्व विद्यालयहरूको आरोह–अवरोह, कार्बन उत्सर्जनका चुनौती र न्यूनीकरण र अध्यात...
लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

नवलपरासी, २३ मंसिरजिल्लामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा विभिन्न स्थानमा विभिन्न कार्यक्रम मनाईने गरिएको छ । अभियान अन्तरगत नै मंगलवार पाल्हीनन्दन गाउपालिकामा लैगिँकतामा आधारित हिँसाले महिला र बालबालिकाको पोषण अवस्थामा पार्ने प्रभावहरु सम्बन्धि अन्तरक्रिया गरिएको हो ।उतm अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले समाजमा अहिले पनि लैगिँक विभेदका कारण बालबालिकामा खानपानमा गरिने भेदभावले पोषणमा प्रभाव पार्ने हुदा त्यसलाई जसैबाट हटाउन आग्रह गरेकी थिईन् । हेर्दा समान्य देखिने तथा परम्परागत रुपमा जडसुत्रको रुपमा रहेको छोरी मान्छेलाई जस्तो सुकै खानपान दिए पुग्ने तर छोरा मान्छेलाई विशिष्ट प्रकारको भोजन दिईने चलनले त्यसको असर पोषण क्षेत्रमा पार्ने गरेको सुनाएकी थिईन् । आफु उपाध्यक्षमा निर्वाचित भए देखी नै जातिय रुपमा लैगिँकताको सिकारमा परेका अ...
परासीमा डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइयो
नवलपरासी (ब.सु.प.), समाचार, समाज

परासीमा डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइयो

नवलपरासी,२० मंसिरजिल्लाको सदरमुकाम परासीमा भारतका सविधान निर्माता तथा बोधिसत्वको रुपमा उपमा पाउदै आएका डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइएको छ । समाजिक जागरण अभियान मञ्च लुम्बिनी प्रदेश नेपालको आयोजना तथा बहुजन समाज नवलपरासीको सहआयोजनामा उतm दिवस मनाइएको हो । भारतको संविधान निर्माण गरि पहिलो कानुन मन्त्री हुदै पछि मन्त्री पद परित्याग गरि एक लाख अनुयायी सहित बौद्ध भिच्छु बनेका डा.अम्बेडकर बुद्ध धर्मको प्रसार तथा प्रवद्र्धनमा लागेको थिए । डा.अम्बेडकर दिएका सन्देश तथा मागदर्शन अहिले पनि बहुजन समाज,पिछडिएको बर्गका लागि उत्प्रेररक रहेको संविधान सभा सदस्य चिनक कुर्मीले बताएका थिए । प्रमुख अथितीको मन्तब्य राख्दै उनले भारतको संविधान पश्चात सँसारका धेरै जसो मुलुकले संविधान निर्माण गर्दा डा.अम्बेडकरको शिक्षाले प्रेरित भएर सविधान बनाउदै आएका छन्,उनले भने,नेपालको संविधान बनाउदा पनि धेरै ...
करदाता सेवा कार्यालय खारेजी प्रति सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), समाचार, समाज

करदाता सेवा कार्यालय खारेजी प्रति सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र

नवलपरासी,२८ कातिकजिल्ला स्थित राजस्व सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय परे पछि नागरिक समाज नवलपरासी सहित विभिन्न सरोकारवाला संघसस्थाले प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् । समाजको अगुवाईमा संघस्थाका प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र कर सेवा कार्यालयमा छुट्टा छुट्टै ज्ञापनपत्र बुझाउदै उतm कार्यालय खारेजी भन्दा स्तरोन्नती गर्नु पर्ने ध्यानाकर्षण गराएका हुन् ।नागरिक समाजका अध्यक्ष बेचु गौड सँगै उपभोतmा हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष भोजराज बाराकोटी,भ्रष्टाचार विरुद्ध नागरिक निगरानी सस्था नवलपरासीका अध्यक्ष रामजी ज्ञवाली,कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्याय र उद्योग बाणिज्य संघ नवलपरासीका सचिव रामशंकर कुर्मीले संयुतm हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएका थिए । करदाता सेवा कार्यालयले २० हजार करदाता रहेको र १ अर्ब ११ करोड राजस्व हाल...
सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकालाई प्राप्त भयो दमकल, स्थानियमा उत्साह
समाचार, समाज, सुनवल नगरपालिका

सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकालाई प्राप्त भयो दमकल, स्थानियमा उत्साह

नवलपरासी,१४ कातिकजिल्लाको सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकामा दमकल प्राप्त भए पछि गाउपालिका सहित स्थानिय उत्साही भएका छन् । जापान सरकारको सहयोगमा देशका ६ गाउपालिकालाई दमकल उपलब्ध गराउने मध्ये नवलपरासीका दुई पालिकाले उतm सहयोग पाए पश्चात गाउपालिका र स्थानियमा उत्साह थपिएको हो ।आगलागीको बोला आगो निभाउन बाहिरबाट दमकल मगाउदा ढिलाई हुने र दमकल आउदा आउदै धनजनको क्षति भएर जाने समस्या दमकलले हट्ने विश्वास सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले बताईन् । दमकलका लागि आफु निरन्तर प्रयास र पहल गर्दै आएको र अहिले दमकल प्राप्त भएकोमा उनले खुशी ब्यतm गरिन्,जनता विच गरिएको बाचा जापान सरकारको सहयोगले पुरा भएको छ । पालिका स्रोतबाट दमकल खरिद गर्दा पालिकाकै स्रोत खर्च गर्नु पर्ने हुन्थ्यो,उनले भनिन्,तर पहल गरेर सहयोगमै दमकल पाइयो,यस्ले गाउपालिकाको आर्थिक स्रोतमा बचत हुने भएको छ । दमकल पनि गाउपालिकाले नै सञ्...
एक बर्षमा झण्डै सय सर्पको उद्धार गरे शसस्त्र बन रक्षक चौधरी
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एक बर्षमा झण्डै सय सर्पको उद्धार गरे शसस्त्र बन रक्षक चौधरी

नवलपरासी,३ भदौएक बर्षमा यहाँका एक बन रक्षकले करिब एक सय सर्पको उद्धार गरेका छन् । डिभिजन बन कार्यालयमा कार्यरत शसस्त्र बनरक्षक पूर्ण बहादुर चौधरीले अजिगँर सहित विभिन्न प्रजातीका सर्प र अन्यबन्य जन्तुको उद्धार गरेका हुन् ।उनका अनुसार उद्धार गरिएका सबै भन्दा बढि अजिगँर सर्प रहेका छन् । ५८ वटा अजिगँर सर्प,३९ वटा गोमन र एउटा दुईमुखे सर्प रहेका छन् । सरदर दिनको एउटा सर्प निस्केको खबर गाँउबाट आएकै हुन्छ, उनले भने, खबर आए पछि सर्प समाउन पुगिहाल्छु । पहिला सर्प सुन्दा नै डर लाग्ने तर अहिले सर्प पनि एउटा प्राणी जस्तै हो,भन्ने माया लाग्ने गर्छ । सुचना पाउने वित्तिकै सर्प समाउन दुगुर्ने गरेको उनले बताए । सर्प देखियो र बेलामा गइएन भने स्थानियले मारि नै हाल्छन कि जस्तो लाग्छ,उनले थपे,त्यो भएर अतिकति पनि ढिलाई नगरि सर्प समाउन पुग्छु । शुरु शुरुमा सर्प समाउदा भय लाग्थ्यो,उनले भने, एक पटक अजिगँरले पुरै जि...
एसएसबीसँग सुस्तामा विवाद हुदा चौध जना सुस्ताबासी माथि भारतीय पक्षले मुद्दा चलायो, त्रासमा सुस्ताबासी
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एसएसबीसँग सुस्तामा विवाद हुदा चौध जना सुस्ताबासी माथि भारतीय पक्षले मुद्दा चलायो, त्रासमा सुस्ताबासी

नवलपरासी,२७ साउनपटक पटक भारतिय अतिक्रमणको चपेटामा पर्दै आएको नेपाली भुमिको सुरक्षार्थ सुस्ताबासी माथि भारतिय सिमा सुरक्षा बल एसएसबीले मुद्दा दायर गरे पछि सुस्ताबासी त्रसित बनेका छन् । एसएसबीसँग समान्य विवाद हुदा एसएसबी माथि आक्रमण भएको भन्दै १४ जना सुस्ताबासी माथि भारत विहार प्रदेशको पश्चिम चम्पारन जिल्ला अदालत बगहामा मुद्दा दायर भए पछि सुस्ताबासी त्रसित बनेका हुन् ।आफ्र्नै खेत जोतिरहेको बेला भारतिय एसएसबीका जवानहरु आएर रोक्न थाले पछि गत फरवरी २४ तारिख २०२५ मा विवाद भएको थियो । भनाभन हुदै जादा सुस्ताबासी जम्मा भए पछि एसएसबी आफै भागेका थिए । प्रतिसोध स्वरुप उनीहरुले जम्मा भएका सुस्ताबासीको तस्विरको आधारमा नाम ठेगाना पत्ता लगाई उनीहरुले बाल्मिकी नगर थानामा एफआईआर दर्ता गराएको जानकारी पछि मात्र थाहा पाएको स्थानिय आमद खानले बताए । उनका अनुसार स्थानिय रँजन लोनियाले परापुर्व कालदेखी नै जोतभोग गर...
महिला मैत्री शहर(सिटी फर ओमेन) बनाउनमा सक्रिय सुनवलकी नगर प्रमुख अर्याल
समाचार, समाज, सुनवल नगरपालिका

महिला मैत्री शहर(सिटी फर ओमेन) बनाउनमा सक्रिय सुनवलकी नगर प्रमुख अर्याल

वलपरासी,१९ साउननेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा गराउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले महिला मैत्री नगर निर्माणका लागि आवश्यक पुर्वाधार निर्माणमा लागेको छ । युरोपियन युनियन समेत विभिन्न सहयोगी सस्थाको सहयोगमा महिला मैत्री पुर्वाधार निर्माण गरि महिला मैत्री शहर बनाउनमा लागि परेको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।महिला मैत्री नगर(सिटी फर ओमेन) का लागि आवश्यक पुर्वाधारबारे प्राविधिक टोली वार्ड स्तरका गाँउ र टोलमा पुगेर स्थानियको सहभागितामा सर्वेक्षण कार्य शुरु गरेको उनले बताईन् । केही समय आफै पुगेर पनि सहजीकरण गर्दै आएको छु, उनले भनिन्,पुग्न नसकेको स्थानमा कार्यपालिका सदस्यहरुलाई परिचालन गरिदै आएको सुनाईन् । प्राविधिकको रुपमा आर्किटेक अनुप घिमिरे लगायतको प्राविधिक टोलीले काम गर्दै आएका छन् । उतm महिला मैत्री शहर परियोजना शहरी विकास मन्त्रालय र युनोप्स नामक सस्थासँग सहकार...
नेपाल स्वयमसेवी रक्तदाता समाज नवलपरासीको अध्यक्षमा पौडेल
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नेपाल स्वयमसेवी रक्तदाता समाज नवलपरासीको अध्यक्षमा पौडेल

नवलपरासी, १७ साउननवलपरासीमा स्वयमसेवी रक्तदाताहरुको छाता संगठन नेपाल स्वंयमसेवी रतmदाता समाजको अध्यक्षमा मोहन पौडेल सर्वसम्मत चयन भएका छन् । शनिवार परासीको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित सामाजिक अगुवा तथा रक्तदाताहरुको भेलाले पौडेलको नेतृत्वमा नेपाल स्वंयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासी गठन गरेको हो ।समाजका केन्द्रीय अध्यक्ष एवं नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरी रेकर्ड कायम गर्न सफल प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले पौडेल अध्यक्ष रहने गरी समाजको ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा प्रभा ज्ञवाली, सचिवमा पुष्पा लामा, कोषाध्यक्षमा बालकृष्ण भण्डारी रहेका छन् । यस्तै सदस्यहरुमा सीता कुँवर,दामोदर देवकोटा,डिल्लीराम काफ्ले,प्रकाश खनाल, गुड्डु गुप्ता लगायत रहनुभएको छ।समितिले जिल्लामा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने...