जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो
नवलपरासी,५ भदौजिल्ला सदरमुकाम परासी स्थित पाल्ह्ी बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आर्षण बढदै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढन थाले पछि केही स्वार्थ समुहले क्याम्पसबारे गलत टिकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै विहिवार क्याम्पसले पत्रकार सम्मेलन गरि क्याम्पसको अवस्था जानकारी गराएको हो ।देशभरिका विभिन्न सामुदायिक क्याम्पसमा विद्यार्थी सँख्या घटदै गए पनि पाल्ही क्याम्पसमा विद्यार्थीको आर्षण बढेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् । उनले विद्यार्थीको अवस्था,भौतिक पुर्वाधार,विद्यार्थीले उत्र्तिण गर्ने अवस्थाबारे समेत उनले तथ्याँक प्रस्तुत गरेका थिए । विगत ३ बर्षको तथ्याँक प्रस्तुत गर्दै उनले बर्षेनी विद्यार्थी संँख्या बढदै गएको जानकारी गराएका थिए ।
तथ्याँक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा छात्र ९...