रामग्राम स्तुप नजिकै रामजानकी मन्दिर निर्माण,रामलिला गराई मन्दिरमा प्राणप्रतिष्ठा मंसिरमा गर्ने तयारी
नवलपरासी, २५ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिर निर्माण गरि मंसिर ५ गते रामलिला सहित प्राणप्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ । प्राचीनकाल देखी कै हिन्दु सनातनी दर्शनमा आधारित राम जानकी मन्दिर रहेको उतm स्थानमा २५ लाख लगानीमा मन्दिर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको हुदा सो मन्दिरमा रामजानकी मुर्ति स्थापना तथा प्राणप्रतिष्ठा गर्नुका साथै ९ दिनसम्म रामलिला कार्यक्रम गर्ने तय भएको हो ।रामलिलाका लागि रामकै जन्मभुमि अयोध्याबाट धर्मगुरु,प्रवचनकर्ता तथा रामलिलाका कलाकार समेत आउने तय भई सकेको उतm मन्दिर निर्माणमा लागनी गर्दै आएका उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहेका ओमप्रकाश अग्रहरीले बताए । उतm मन्दिर आफ्नै निजी लगानीमा गराउदै आएको बताउदै उनले स्थानियको समेत सहभागिता रहेको जानकारी गराए । रामग्राम स्तुप पछि नै सो स्थानमा रामजानकी मन्दि...










