समाचार

रामग्राम स्तुपामा मनाइयो सम्राट अशोक तथा डा.भिमराव अम्बेडकरको बौद्धधम्म दिक्षा दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपामा मनाइयो सम्राट अशोक तथा डा.भिमराव अम्बेडकरको बौद्धधम्म दिक्षा दिवस

नवलपरासी,२८ असोजभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा सम्राट अशोक र डा.भिमराव अम्बेडकरको बौद्ध धम्म दिक्षा दिवस समारोहको आयोजना गरिएको छ । विश्व बौद्ध धम्म संघ नेपालको आयोजनामा उक्त एक दिवसिय समारोहको आयोजना गरि बुद्धको धम्म र बुद्ध धम्मका प्रवद्र्धक सम्राट अशोक तथा डा.भिवराव अम्बेडरले अपनाएको बुद्ध धम्मबारे चर्चा गरिएको हो । लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले बुद्धको धम्म एक आफैमा करुणा, मता र शान्तिको स्रोत भएको र बेला बेलामा बुद्ध धम्म अपनाएर प्राचीन कालका मगध सम्राट अशोक तथा आधुनिक कालका बोधिसत्व डा.भिमराव अम्बेडकर ले बुद्ध धर्म प्रति आम जनमानसलाई प्रेरित गरेको बताएका थिए । बुद्धले ज्ञान प्राप्त गरेर आफ्ना जिवन कालमा संसारलाई शान्ति, प्रेम, करुणा, समता र सदभाव समाजका वितरण गरेका थिए,उनले भने,उनको जिवनकाल पछि दुई सय बर्ष पछि महामानवको रुपमा उदय भएका सम्राट अश...
काठ विक्रिमा जटिलताले हरियो बन नेपालको धन बन्दै ‘हरियो बन धमिराको धन’
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

काठ विक्रिमा जटिलताले हरियो बन नेपालको धन बन्दै ‘हरियो बन धमिराको धन’

नवलपरासी,२८ असोजहरियो बन नेपालको धन भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा बन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिदै गएको छ । स्वार्थले प्रेरित नेपालको काठ र काष्टजन्य बस्तुको आयात बढाउने र नेपालको बनमा उत्पादन हुने बन पैदावार नीतिगत समस्याको उल्झनमा पारेर समस्याग्रस्त बनाउदा हरियो बन धमिराको धन बन्न थालेको हो ।बन पैदावार आपुर्तिको सहज ब्यवस्थाप नभएको र अहिले बनपैदावारको वैकल्पिक ब्यवस्था बन्दै जानुका साथै नेपालका बनपैदावार आपुर्ति ब्यवस्थालाई जटिल बनाउने र विदेशबाट काठ आयात गरेर कमिसन खाने पद्यतीले जिल्लामा उत्पादित काठ विक्रि हुन नसकेको गुनासो बन कर्मचारी,सामुदायिक बन समुहका पदाधिारी तथा साझेदारी बन समुहका सदस्यहरुले स्वीकारेका छन् । काठ दाउरा विक्रि हुन नसक्दा कहिने अवस्थामा छन्,जिल्ला स्थित बुद्ध शान्ति साझेदारी समुहका अध्यक्ष विरेन्द्र चौधरीले भने,बन भित्र कार्ययोजना अनुसा...
विश्व बैंकले ग्रेटर लुम्बिनीबारे रामग्राममा छलफल र परामर्श गर्ने
पर्यटन, रामग्राम नगरपालिका, समाचार

विश्व बैंकले ग्रेटर लुम्बिनीबारे रामग्राममा छलफल र परामर्श गर्ने

नवलपरासी,२७ असोजविश्व बैकको सहयोगमा हाल शहरी बिकास मन्त्रालयबाट तयारीको चरणमा रहेको वृहद लम्बिनी क्षेत्र विकास आयोजना(ग्रेटर लम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्ट)ले नवलपरासीका बुद्धसँग सम्बन्धित सम्भावित क्षेत्रबारे छलफल गर्ने भएको छ । रामग्राम नगरपालिकामा असोज २८ गते मंगलवार विश्व बैक तथा नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजनाका विज्ञ र पदाधिकारीहरुसंग स्थानिय सरोकारवालासँग छलफल र परामर्श गरिने जानकारी नगरपालिकाले गराएको हो ।लुम्बिनीसँग सबै भन्दा महत्वपुर्ण भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम ७ मा रहेको रामग्राम स्तुपसँगै रामग्राम नगरपालिकाका विभिन्न वार्ड भित्र नै बुद्धसँग ५ वटा स्थान रहेको छ । जस्मा रामग्राम १८ मा प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्तिपुर) जुन बुद्धको मावली हो । त्यसै गरि रामग्राम १७ मा रामग्राम स्तुपसँग नै जोडिएको संघाराम क्षेत्र छ । रामग्राम १५ मा प्राचीन स...
भुमिमा बढ्दो अम्लिय र क्षारिय अवस्थाले कृषिमा चुनौती थपिदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भुमिमा बढ्दो अम्लिय र क्षारिय अवस्थाले कृषिमा चुनौती थपिदै

नवलपरासी,२७ असोजनवलपरासीमा कृषि र कृषकका विभिन्न समस्यामा अहिले कृषिको प्रमुख आधार माटोमै समस्या विकराल बन्दै गएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । माटोमा बढदो अमलिय र छारिय समस्याले कृषिमा थप चुनौती देखिन थालेको केन्द्रले जनाएको हो ।जिल्लामा कृषिका लागि छुट्टिने बजेट बर्षेनी घट्दै जाने र समस्या थपिदै गएको अवस्था ज्ञान केन्द्रका कृषि अधिकृत नवराज घिमिरेले जानकारी गराए । उनका अनुसार गत आ.ब.२०८१।०८२ मा विभिन्न स्थानमा माटो परिक्षण शिविर आयोजना गरि माटोको परिक्षण गर्दा कृषि उब्जाउ गर्न सकिने २ प्रतिसत मात्र माटो समान्य अवस्थाको भेटियो । बाकी ५७ प्रतिसत नमुनामा क्षारिय अवस्था बढदै गएको देखिएको छ, उनले भने, बाकी ४०.३३ प्रतिसतमा अम्लिय समस्या छ ।उनका अनुसार कुल ३ सय वटा नमुना संकलन गरि माटोको परिक्षण गर्दा १ सय ७३ वटा (५७.६६) प्रतिसत नमुनामा क्षारिय अवस्था भेटिएको थियो । त्यसै गरि १ ...
बौद्धकालिन बुद्धमंगल ताल क्षेत्रमा सरसफाईको अभाव
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

बौद्धकालिन बुद्धमंगल ताल क्षेत्रमा सरसफाईको अभाव

नवलपरासी,२४ असोजजिल्लाको वर्दघाट नगरपालिका १२ दविला स्थित बौद्धकालिन पर्यटकिय स्थल (बुद्धमंगल ताल) क्षेत्रको सरसफाईको अभाव देखिएको छ । सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुले पुर्वाधार ब्यवस्थानमा सरोकारवालाले काम गरे पनि सरसफाईमा ध्यान नगएको गुनासो गरेका हुन् ।धर्म संस्कृति तथा परम्परामा आधारित रहेर स्थानियले संरषण गर्दै आएको उतm स्थानको खोजी र पहिचान भई बौद्धकालिन प्राचिन कोलिय गणराज्यको एक अभिन्न अँगको रुपमा रहेको प्राचिन हल्लिदावस नगरको रुपमा चिनिने भए पछि वर्दघाट नगरपालिका र लुम्बिनी प्रदेश सरकारले समेत पुर्वाधार विकास तथा संरक्षणका कार्य गर्दै आएको थियो । वर्दघाट नगरपालिकाले उक्त पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पुर्वाधार थपिदा आकर्षति हुदै गएको थियो । तालको विचमा भगवान बुद्धको मुर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकल...
कृषि ज्ञान केन्द्रको पहलले थपियो नवलरासीमा युरिया मलको कोटा
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषि ज्ञान केन्द्रको पहलले थपियो नवलरासीमा युरिया मलको कोटा

नवलपरासी,२४ असोजजिल्लामा मलखाद्यको कोटा वृद्धिका लागि निरन्तर पहल गर्दै आएको कृषि ज्ञान केन्द्र नवलपरासीले जिल्लाका लागि मलखाद्यको कोटा थपिएको बताएको छ । ज्ञान केन्द्रले विभिन्न आधारहरु तयार गरि तर्कसँगत रुपमा आफ्नो प्रस्तुति गरे पश्चात लुम्बिनी प्रदेशबाट मलखाद्यको कोटा वृद्धि गरिएको ज्ञान केन्द्रले जनाएको हो ।विगतमा तोकिएको युरिया मलको कोटामा थप हुने गरि नवलपरासीका लागि ८३ मेट्रिक टन युरिया मल थपिएको ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले जानकारी गराए । बर्षेबाली धान खेतीमा युरिया मलको अभाव देखिएको थियो,उनले भने,त्यही बेला ज्ञान केन्द्रले पनि जिल्लाका लागि युरिया मलको कोटा वृद्धिका लागि निरन्तर पहल गरिरहेको थियो । अहिले ८३ मे.ट.मल थपिएर आएको छ । ति मललाई जिल्लाका ७ पालिकामा कोटा वितरण गरिएको छ । उनका अनुसार थपिएका ८३ मे.ट.मध्ये वर्दघाट नपालाई १२.२ मे.ट.,रामग्राम नपालाई १६.६ मे.ट,सुन...
कुखुरा तस्करी नियन्त्रणमा सक्रिय जेनजी युवा समुह
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कुखुरा तस्करी नियन्त्रणमा सक्रिय जेनजी युवा समुह

नवलपरासी,२२ असोजजिल्लामा चोरी तस्करी बढदै गए पछि अहिले गाँउ गाँउमा जेन जि समुहका युवाहरु चोरी तस्करी नियन्त्रणमा लागेका छन् । पटक पटक चेतावनी दिदा पनि तस्करी गर्नेहरु नमाने पछि बुधवार रामग्राम १ सण्डाका जेनजी युवाहरु समुहले कुखुरा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।सिमावर्ती भारतिय बजारबाट चोरी तस्करी गरि ल्याउदै गरेको अवस्थामा रामग्राम १ सहुवाटिकर र सण्डा गाँउको विचमा कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिएका थिए । मोटरसाईकलमा लोड गरि सिमावर्ति भारतिय बजारबाट खुलेयाम कुखुराको चोरी पैठारी भई रहेको छ,तर प्रहरी मुक दर्शक भएर हेर्ने हुदा प्रहरीको समेत संलग्नता हुने आरोप स्थानियले लगाउदै आएका छन् । तिन वटा मोटरसाईकलमा सदरमुकाम परासीको सहुवाटिकर गाँउ हुदै कुखुरा लिएर जादै गरेको अवस्थामा स्थानिय युवाहरुले रोक्न खोजे पछि मोटरसाईकलमा राखिएका केही कुखुरा फालेर र केही लिएरै भागेको स्थानिय युवाहरुले ...
आन्तरिक पर्यटकको रोजाईमा संसारकोट सिमसार पर्यटकिय क्षेत्र
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

आन्तरिक पर्यटकको रोजाईमा संसारकोट सिमसार पर्यटकिय क्षेत्र

नवलपरासी,२२ असोजआन्तरिक पर्यटकको रोजाईमा अहिले चुरे पडाडको फेदमा अवस्थित संसारकोट सिमसार क्षेत्र बन्दै गएको छ । सिरानमा चुरे पर्वत सृगँख्ला,हरियालीले परिपुर्ण,मनमोहक दृष्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसारकोट सिमसार क्षेत्र पर्यापयटकिय स्थल पर्यटकको मल लोभ्यउन थालेको हो । केही बर्ष देखी जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको थियो । बर्षेनी थपिदै गएको पर्यटन पुर्वाधारसँगै प्रचार प्रसारले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक सुन्दरताको दृष्यावलोकन गर्न पुग्न थालेको स्थानियले बताए । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो । चुरे क्षेत्रको ...
मिटरब्याजसँग सम्बन्धित जग्गाको घरगोठ सिफारिस गर्दा पिडितसँग छलफल गराउनु पर्ने माग
अर्थ, कृषि, समाचार, सरावल गाउँपालिका

मिटरब्याजसँग सम्बन्धित जग्गाको घरगोठ सिफारिस गर्दा पिडितसँग छलफल गराउनु पर्ने माग

नवलपरासी,२१ असोजचर्को ब्याज असुली गर्ने(मिटरब्याजी) साँहुको विरुद्धमा संघर्ष गर्दै आएका पिडितहरुले आफ्ना विभिन्न माग राखेर स्थानिय सरकारका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल नवलपरासीले स्थानिय सरकारका प्रमुखलाई किसानको जग्गाको लिलामी प्रकृयाका लागि घरगोठ सिफारिस गर्दा एक पटक सम्बन्धित किसानसँग छलफल गराएर मात्र गर्नु पर्ने माग राखेका हुन् ।ऋण दिदा दिएको रकम भन्दा बढिको रकम उल्लेख गरि कागजातमा सहि छाप गराएका मिटरब्याजी साँहुले अहिले उतm जग्गा लिलाम विक्रि गर्दा किसान भुमिहिन बन्ने अवस्थामा पुगेका छन् । न्यायका लागि एक पटक स्थानिय तहबाट घरगोठ सफिारिस गर्दा मिटरब्याजसँग जोडिएका जग्गाको धनिसँग छलफल गराई मात्र दिनु हुन उनीहरुले अनुरोध गरेका थिए । मिटरब्याज विरुद्धको किसान मजुदर आन्दोलन नेपाल नवलपरासीका अध्यक्ष कुल बहादुर थापा सहितको टोलीले साँहुह...
रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला
पर्यटन, रोहिणी गाउँपालिका, समाचार, संस्कृति

रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला

नवलपरासी,२१ असोजप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतिय विद्धानहरुको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल(हिड्दै डुल्दै) कार्यशाला शुरु गरेका छन् । बुद्धको जिवनसँग जोडिएको कोलिय र शाक्य राज्यको सिमा छुट्टयाउनुका साथै दुबै राज्यको धार्मिक,साँस्कृतिक र अध्यात्मिक सम्बन्ध जोडिने रोहिणी नदी सभ्यता उजागर गर्ने उदेश्यले उतm सचल कार्यशाला शुरु गरेका हुन् ।भारत गोरखपुरबाट ४ अक्टुबर २०२५ देखी शुभारम्भ गरिएको उतm यात्रा लुम्बिनी पुगेर रोहिणीको उदगम स्थल देवदहका विभिन्न बौद्ध स्थलको भ्रमणmरामग्राम स्तुप हुदै रोहिणी नदीका अन्य सहायक नदीहरुको स्थलगत अध्ययन अवलोकन गर्दै १२ अक्टुबरमा २०२५ मा पुनः गोरखपुर फर्केर बौद्ध म्युजियममा सकिने यात्रामा स्थानिय सहजकर्ता पत्रकार मनोज कुमार सिँहले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुप परिसरमा पुगेर कोलिय गणराज्यको नामाकरणका स...