Tag: Buddha Poudyal

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु

नवलपरासी,१० माघ,जिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको साता भित्रै काम शुरु भएको छ । जिससको आग्रहलाई अंगिकार गर्दै गाउपालिकाले प्रवेशद्धारको रंगरोगन गर्नुका साथै बजार क्षेत्रको सरसफाई काम शुरु गरेको हो ।गत साता महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका थिए । आग्रह अनुसार काम शुरु भएको कुराले आफुलाई खुशी लागेको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । गाउपालिकाले आफ्नो कामको शुभारम्भ प्रवेशद्धारको मर्मत,सम्भार गर्दै रंगरोगन गर्ने कामको शुरुवात गरेको छ, उनले भने, भन्सारले समेत समेत आफ्नो काम र चुनौतीको विवरण जिससमा बुझाई सकेको छ । भन्सारसँग सम्बन्धित स...
गण्डक नदी लक्षित पर्यटन योजना बनाउदै सुस्ता गाउपालिका
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदी लक्षित पर्यटन योजना बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१४ भदौजिल्लाको सुस्ता गाउपालिकाले गण्डक नदी लक्षित पर्यटन योजना ल्याउने भएको छ । विगत बर्षमा गण्डक बाँध भत्किने खत्तरा भन्दै त्रासित भएर बस्नु पर्ने बाध्यता विस्तारै हट्दै गए पछि अहिले गाँउपालिलकाले तिनै गण्डक बाँध अन्तरगतका पुर्वाधार उपयोग गर्दै पर्यटन योजना बनाउने तयारीमा जुटेको हो ।गण्डक बाँधको मर्मत सम्भार भए पश्चात तिनै बाँध नजिकैका पुर्वाधारहरुलाई फरक तरिकाले सजिसजाउ गरि आकर्षक बनाई पर्यटक तान्ने योजना बनाउन सम्बन्धित वार्डका वार्ड अध्यक्षहरुले अग्रसरता देखाए पछि गाउपालिकाले पनि पर्यटन योजना बनाउन लागेको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । विगत बर्षमा गण्डक बाँध अन्तरगतकै वि ग्याप बाँध,लिँक बाँध,नेपाल बाँध र सि ग्याँप बाँधका संरचना भारतद्धारा करोडौ रुपिया खर्चेर मर्मत सम्भार गरिएको छ,उनले भने,तर तिनै पुर्वाधारहरु नजिकै केही स साना पुर्वाधार बनाउने,सरसफाई गर्...
गण्डक नदी भित्रको ढिस्कोलाई ‘गण्डक टापु पार्क बनाई पर्यापर्यटन
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदी भित्रको ढिस्कोलाई ‘गण्डक टापु पार्क बनाई पर्यापर्यटन

नवलपरासी,२८ साउनजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक (नारायणी) नदीको विच विचमा थुप्रिएर टापुको स्वरुप बन्दै गएकोले त्यसलाई गण्डक टापु पार्कको स्वरुप दिन सके पर्यापर्यटन बढाउन सक्ने सम्भावना स्थानियले देख्न थालेका छन् । भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा गण्डकको खत्तरा न्युनिकरण गर्दै काम गर्न थाले पछि सो क्षेत्र खत्तराबाट अब अवसरमा बदल्ने सम्भावना स्थानियले देख्न थालेका हुन् ।हाल गण्डक नदी नियन्त्रण गर्नका लागि खत्तरा रहेको गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध र नेपाल बाँधको उचाई अग्लो बनाउने कार्यले जोखिम हट्ने सम्भावना पनि बढदै गएको र बाँधको चौडाई पनि बढदै जादा सडक पुर्वाधारमा पनि उपयोगी हुने हुदा गण्डक बाँध क्षेत्रलाई पर्यापर्यटन तथा धार्मिक पर्यटनसँग जोडेर विकास अवधारणा बनाउनु पर्ने स्थानिय लुख्खु यादवको छ । नदीको बिच विचमा थुप्रिएका ति ढिस्कोहरुमा रुख विरुवा हुर्कदै स साना टा...
सुस्ताले कित्ता नम्बर उल्लेख गरि तयार गर्यो भुउपयोग बर्गिकरण गरिएको प्रतिवेदन
कृषि, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले कित्ता नम्बर उल्लेख गरि तयार गर्यो भुउपयोग बर्गिकरण गरिएको प्रतिवेदन

नवलपरासी,२१ साउनजिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भरिका जग्गाहरुको कित्ता नम्बर नै तोकेर भु बर्गिाकरण गर्ने कार्य सम्पन्न गरि नापी कार्यालयलाई बुझाएको छ । भु बर्गिकरण नभएका कारण जग्गाको खरिद विक्रि गर्दा कित्ताकाट गर्नु पर्ने अवस्थामा कित्ताकाट रोकिने समस्या अन्य पालिकाको भए पनि सुस्ता गाउपालिकाले सो बर्गिकरण कार्य सम्पन्न गरि बुझाए पछि अहिले सुस्ता गाउपालिकाका नागरिकलाई सहज भएको हो । अन्य केही नगरपालिका र गाँउपालिकाहरुले भु बर्गिकरण गर्दा सडक किनारमा आवास र बाकी खेतीयोग्य जग्गा भन्दै झारो टार्ने गरि बर्गिकरण पठाए छन् । जस्ले गर्दा बेला बेला ति जग्गाका अवस्था वार्डबाट प्रमाणित गराई ल्याउनु पर्ने बाध्यता अहिले पनि कायम नै रहेको छ । तर सुस्ताले गाउपालिका भरि रहेका जग्गाको कित्ता नं. उल्लेख गरि कुन कित्ता नंं.को जग्गा के हो ? समेत उल्लेख गरि भु बगिकरण पठाएको गाउपालिकाका प्रमुख प्रशासक...
सुस्ता अस्पताल नबनाउने निर्माण कम्पनीलाई कालोसुचिमा राखी कारवाही प्रकृया अगाडी बढाउदै गाउपालिका
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

सुस्ता अस्पताल नबनाउने निर्माण कम्पनीलाई कालोसुचिमा राखी कारवाही प्रकृया अगाडी बढाउदै गाउपालिका

नवलपरासी,३ साउनम्याद सकिए पनि अस्पताल निर्माणकार्य नगर्ने निर्माण कम्पनीलाई सुस्ता गाउपालिकाले कारवाही प्रकृया अगाडी बढाएको छ । निजी स्वार्थलाई प्राथमिकतामा राखी असपताल जस्तो पुर्वाधार निर्माण नगरि जनस्वास्थ्य माथि खेलवाड गर्ने कार्य निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने गरि कारवाही प्रकृया अगाडी बढाएको हो ।निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत बर्ष देखी नै अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो । अस्पताल निर्माण कार्य शुरु गर्न पटक पटक ताकेता गरिए पनि काम नगरे पछि गाउपालिका बाध्य भएर कारवाही प्रकृया अगाडी बढाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । निर्माण कम्पनीले माग गरेको पेश्कि रकम समेत गाउपालिकाले उपलब्ध गराएको थियो,तर काम नगर्ने लक्षण देखाए ...
सिद्धार्थको महाभिनिष्क्रमण जात्रा : कपिलबस्तुदेखि नवलपरासीको अनोमाघाटसम्म असार पुर्णिमाको अवसरमा सिद्धार्थको महाभिनिष्क्रमण जात्रा
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

सिद्धार्थको महाभिनिष्क्रमण जात्रा : कपिलबस्तुदेखि नवलपरासीको अनोमाघाटसम्म असार पुर्णिमाको अवसरमा सिद्धार्थको महाभिनिष्क्रमण जात्रा

नवलपरासी,३० जेठजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले महाभिनिष्क्रमण जात्रा सहित असार पुर्णिमालाई महाभिनिष्क्रमण दिवस मनाईने भएको छ । सुस्ता गाउपालिकाले लुम्बिनी प्रदेश सरकारको लुम्बिनी पर्यटन परिषदलाई नै सो जात्राको स्वामित्व लिएर कपिलबस्तुको तिलौराकोटबाट जात्रा निकाल्ने गरि प्रस्तावनापत्र पठाएको जानकारी समेत गराएको हो ।सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट(ठाढीघाट) मा पुगेर महाभिनिष्क्रमण लिएको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको हुदा सो कुरालाई आम जनमानसमा झल्काउने उदेश्य लिई तिलौराकोटबाट नै सिद्धार्थको महाभिनिष्क्रमण जात्रा निकाल्ने योजना अगाडी बढाइएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेले बताए । सुस्ता गाउपालिकाले सो जात्राक...
सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका
राजनीति, समाचार, सुस्ता गाउँपालिका

सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१८ जेठजिल्लाको सुस्ता गाउपालिको सिमित साधनस्रोतले सन्तुलित विकास निर्माण गरेर सुस्ताबासीबासीलाई सन्तुष्ट बनाइएको जनाएको छ । बुधवार सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्दै सो कुरा जानकारी गरेको बताएका हुन् ।आन्तरिक आय कम र अनुदान पनि थोरै पाउने गरेको भए पनि त्यही सिमित साधनस्रोतको परिचालन गरि लोकप्रिय काम गर्दै आएको उनको भनाई थियो । उनका अनुसार समाजिक सुरक्षाका लागि छोरी सुनौलो भविष्य योजना कार्यक्रम अन्तरगत सुस्तामा जन्मिने छोरी शिशुका लागि जनही २५ हजारका दरले बजेट विनियोजन गरेको र लिनका लागि १ सय ७० जनाले आवेदन समेत दिएका छन् । किसानको उत्पादन शुरक्षित भण्डारणका लागि ५ सय मे.ट.क्षमताको शितभण्डार निर्माण भई सकेकोछ । सुस्ताका युवा युवतीलाई रोजगार र स्वरोजगार बनाउनका लागि मागमा आधारित २० जनाला...
शैक्षिक सुधार गर्दै सुस्ता सरकार
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

शैक्षिक सुधार गर्दै सुस्ता सरकार

नवलपरासी,१ जेठशैक्षिक सुधारका विभिन्न आयामलाई अवलम्बन गरि शिक्षा क्षेत्रको विकासका लागि सुस्ता गाउपालिकाले अग्रसरता लिएको छ । शिक्षामा सबैको पहुँचसँगै गुणस्तरिय शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम गरि शैक्षिक सुधारका काम गर्नमा गाउपालिकाले अग्रसरता देखाएको हो ।आजको शैक्षिक लगानीले भोलीको नागरिकको जिवनस्तर तथा असल नागरिकको परिकल्पना गर्न सक्ने हुदा शिक्षालाई केन्द्रमा राखी काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाउपालिकालाई नै नेपालको संविधान २०७२ को अनुसुचिमा माध्यमिक तहको शिक्षालाई गाउपालिकाको एकल सुचिमा राखिएको हुदा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम भई रहेको उनले जनाए । माध्यमिक तहको शिक्षा स्थानिय तहको एकल सुचिमा छ,उनले भने,संविधानको कार्यान्वयन र नागरिकको शिक्षा पाउने मौलिक अधिकारलाई अनुभुति गरा...
गर्भवति महिलालाई विभिन्न सन्देश सहितको गर्भवति प्रमणपत्र वितरण गर्दै सुस्ता गाउपालिका
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

गर्भवति महिलालाई विभिन्न सन्देश सहितको गर्भवति प्रमणपत्र वितरण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,११ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षण गर्न तर्फ प्रोत्साहित गर्न पहिलो गर्भ परिक्षणका दिन गर्भवति प्रमाणपत्र(प्रेगनेन्सि सर्टिफिटेक) जारी गर्ने भएको छ । गर्भ परिक्षण गराएर गर्भवती भएको हजार दिनसम्म जिवनको विशेष दिन,विशेष ढंगले विताउनका लागि सन्देश सहितको सो गर्भवतित प्रमाणपत्र जारी गर्ने जनाएको हो । स्वास्थ्य सन्तति जन्माउने मात्र नभई एक स्वस्थ्य नागरिक बनाउने उदेश्यले सो योजना गर्भावस्था देखी नै तयारीमा जुट्नका लागि यस्तो योजना स्वास्थ्य शाखाले बनाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सुनौलो हजार दिनका सबै भौतिक स्वास्ँथ्यका मापदण्ड पालना गर्न गराउन स्वास्थ्य शाखाले तयारी गरेको छ,उनले भने,मानसिक र संंस्कारित शिशुको जन्मका लागि पनि गाउपालिकाले अगामी बर्ष देखी सबै गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा ...
भारतिय नागरिक नेपाली बगरमा खरबुजा फलाउदै,नेपाली युवा रोजगारी खोज्दै विदेशमा भौतारिदै
कृषि, समाचार, सुस्ता गाउँपालिका

भारतिय नागरिक नेपाली बगरमा खरबुजा फलाउदै,नेपाली युवा रोजगारी खोज्दै विदेशमा भौतारिदै

नवलपरासी,२६ चैत्रनेपाली युवा रोजगारीको खोजी गर्दै विदेशिने गरे पनि नेपालकै बगरमा खेती गर्न भारत दिल्लीको परिवार गण्डकीको बगरमा खरबुजा खेती गर्न थालेका छन् । खेर गईरहेको बगर भित्र दिल्लीबाट आएका तिन परिवार बगरमै बसोबास गरि खरबुजा खेतीमा लागेका हुन् ।समान्य लेखपढ गर्ने नेपाली युवा खाडी मुलुक रोज्ने र केही पढेलेखेका युवाहरु अध्ययन भिसा लिई पढने कमाउने उदेश्यले लिएर युके,युएसए,क्यानाडा र अष्ट्रेलिया जस्ता मुलुकको दौडमा छन् । तर नजिकै भारतिय नागरिकले नेपाल भित्र अवसर खोज्दै आयआर्जनको स्रोत पत्ता लगाई काम गर्दै आएको देख्दा नेपाली समाज कता जादैछ,सरकार ति युवालाई किन त्यस काम प्रति प्रोत्साहित गर्न सकेको छैन ? यसबारे अध्ययनको समेत आवश्यकता रहेको स्थानिय शिक्षक राजेश पाण्डेले बताए । उनका अनुसार खाडीमा थोरै पैसो खर्चेर जाने युवा त कमाएर केही पठाउने गरेका छन,तर युके,युएसए,क्यानाडा र अष्ट्रेलिया जादा...