प्राचीन कोलिय राजधानी पण्डितपुरको स्कायर दरबारभित्र भेटियो पानीका मुल सहितको स्नानगृह

नवलपरासी,११ माघ
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भएको दोश्रो चरणको उत्खननले स्क्यार(बर्गाकार) दरबारसँगै दरबार भित्रको पानीको मुल र स्नानगृह जस्तो संरचना भेटाएको छ । गत पुस १३ गते देखी पुरातत्व विभागको टोलीले २१ दिइने शुरु गरेको दोश्रो चरणको उत्खनन गर्दा प्राचीन स्क्वायर दरबारसँग सम्बन्धित भग्नावेश भेटिएको हो ।
करिब डेढ कट्ठा क्षेत्रफलमा उत्खनन गर्दा सो क्वायर भवनहरुको पर्खाल तथा कोठा,गल्लि,इनार,स्नानगृह,पानीको मुल भेटिएको भए पनि करिब सो भवनको ५ कट्ठा क्षेत्रफलमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । तर पुरै क्षेत्रमा अहिले पनि उत्खनन हुन नसकेको उत्खनन कार्यमा संलग्न पुरातत्वका जानकार स्थायिन नारद यादवले बताए । यस उत्खननलाई पुर्णता दिन सकेमा मात्र दरबारको वास्तविक अवस्था देख्न सकिन्छ, उनले भने, तर अहिले दोश्रो चरणको उत्खननका लागि पुरातत्वको टोली आफ्नो उत्खनन कार्य सकाएर फर्किसकेको छ ।
तर जर्मन लगायतका विभिन्न देशका विद्धान अनुसंधानकर्ताहरु आउने र अवलोकन गरेर जाने गरेको उनले सुनाए । उनका अनुसार पण्डितपुरमा उत्खनन गर्दा अहिलेसम्मकै ठूलो क्षेत्रफलमा फैलिएको भवनको भग्नावेश भेर्टिएको टोली प्रमुख समेत रहेका पुरातत्व विद भास्कर ज्ञवालीले बताए । रामग्राम नगरपालिकाले यो क्षेत्रलाई तत्कालका लागि भाडा वा अधिग्रहण गरि जग्गा ब्यवस्थापन गर्न सकिएमा उतm स्थान आउने पर्यटक र बौद्ध तिर्थयात्रीका लागि अवलोकन गर्न सक्ने गरि खुल्ला नै राखिने उनको भनाई थियो ।
इनार सहितको कुशाणकालिन बस्ति क्वायर दरबार तथा भवनको भग्नावेश भेटिएको छ, उनले भने, पर्यटक,बौद्ध तिर्थयात्री,अनुसंधानकर्तालाई अध्ययनको श्रोत बन्ने आधार देखिन थालेको छ । एक दशक पहिला पुरातत्व विद तारानन्द मिश्र उत्खनन गर्न आउदा राजधानी क्षेत्रलाई अन्तोनगर र बाह्यनगर भनि दुई भागमा रहेको बताउदा अहिलेको स्क्वायर दरबार बाह्य नगर तर्फ देखिदा सुरक्षा तथा नागरिकहरुको बस्ति देखिएको छ,किन कि त्यहाँ कुषाणकालका इट,भाडाकुडा लगायतका समाग्रि भेटिएका छन् ।
सो स्थान कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । बौद्ध इतिहास अनुसार भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही हो । यस क्षेत्रको खोज हुदै जादा अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । राजधानी क्षेत्रका अन्तोनगर र बाह्रय नगर गरि विभिन्न बस्तीहरु १ सय विघा क्षेत्रफलमा फैलिएको अनुमान पुरात्व टोलीले गरेको छ । ति क्षेत्रको जग्गाको अवस्था यकिन गर्ने कार्य पनि भई रहेको पुरातत्वविद ज्ञवालीको भनाई थियो ।
सो क्षेत्रमा पर्ने जग्गा कति सार्वजनिक,कति नम्बरी अवादी छन्,ति सबै लगत विवरण र प्रतिवेदन बनाएर पुरात्व विभागले जग्गा अधिग्रहणका लागि नेपाल सरकारलाई बुझाउने लक्ष्य रहेको उनले सुनाए । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो ।
कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराको जन्म पनि यहिँ भएको थियो । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । बुद्ध भएको ४५ बर्ष विभिन्न स्थानमा धर्मदेशना गर्दै अन्तिममा महापरिनिर्वाण पश्चात उनको अस्ति ल्याएर कोलिय राजाले रामग्राम स्तुपको निर्माण गरेको थिए । सो स्तुम अहिलेसम्म मौलिक अवस्थामै रहेको छ । ति कुरा चिनियायात्री ह्वेगँसाँग र फायनको यात्रा वृतान्तमा पनि उल्लेख छन् ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *