रामग्राम स्तुपा क्षेत्रमा युनेस्को प्रतिनिधिको अवलोकन

नवलपरासी, ९ मंसिर
जिल्लाको पुरातात्विक,ऐतिहासिक तथा अध्यात्मिक क्षेत्र रामग्राम स्तुपा क्षेत्रमा संरक्षण र विकासका लागि संयुत राष्ट्र संघिय शिक्षा,विज्ञान तथा संस्कृतिक संगठन(युनेस्को) का प्रतिनिधिले चाँसो देखाएका छन् । रामग्राम नगरपालिकाले रामग्राम स्तुप क्षेत्रको विकासका लागि रामग्राम विकास कोष खडा गरि काम गर्ने निर्णय गरे पश्चात युनेस्कोले संरक्षण र विकासमा चाँसो देखाएको हो ।
रामग्राम स्तुपा क्षेत्रको शुक्रवार अध्ययनका लागि पुगेकी युनेस्को प्रतिनिधि डा.तयको गौरीले रामग्राम विकासका लागि नगरपालिकाले बनाएको कोष समिति प्रति उत्साह ब्यत गरेकी थिईन् । जापानबाट येनेस्कोमा प्रतिनिधित्व गर्दै आएकी डा.गौरीले रामग्रामको संरक्षण र विकास कसरी गर्ने ? नगरपालिकाले के कस्तो योजना बनाएको छ ? त्यसबारे जिज्ञासा राखेकी थिईन् । त्यसै गरि रामग्राम स्तुपा क्षेत्रमा भुउपयोग नीति,उद्योग प्रदुषणबारे पनि जिज्ञासा राखेकी थिईन् । जिज्ञासामा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्राम स्तुप क्षेत्रको विकासमा लुम्बिनी विकास कोषबाट काम गर्न केही अवरोध हुने गरेको हुदा अब नगरपालिकाले आफ्नै कोषको स्थापना गर्ने र विभिन्न दातृ निकायको सहयोगमा संरक्षण र विकासका लागि काम थाल्ने जानकारी गराएका थिए ।

उनले नगरसभाले रामग्राम विकास समिति र कोष बनाउने निर्णय गरि सकेको जनाउदै आउदो माघको हिउँदे नगरसभाबाट कार्यविधि कानुन बनाई काम अगाडी बनाउने बताएका थिए । त्यसका लागि आन्तरिक रुपमा काम भई रहेको छ,उनले भने, विभिन्न देशबाट लगानीकर्ताले पनि लगानी गर्ने चाँसो समेत ब्यतm गर्दै आएका छन् । अहिले युनेस्को प्रतिनिधिले पनि चाँसो लिएकोमा खुशी ब्यतm गरेका थिए । लुम्बिनी विकास कोषको भरमा मात्रै अब नगरपालिका बस्दैन् । पुरातत्व विभाग र लुम्बिनीकै पुरातत्व कार्यालयको प्राविधिक सहयोग लिएर रामग्राममा आवश्यक कार्य अगाडी बढाउने छ । अधिग्रहण भई सकेको जग्गाको संरक्षण र ब्यवस्थापनका लागि नेपाल सरकार मार्फत पहल भई रहेको छ । अहिले नगरपालिकाले नै भुउपयोग नीति बनाउने क्रममा रहेको हुदा यस क्षेत्रमा उद्योग स्थापना नगर्ने गरि नीति बनाउछ । स्तुपालाई केन्द्र विन्दु मानेर ५ सय रेडियसमा जग्गा अधिग्रहण हुने भए पछि ति जग्गामा घरबनाउन खोज्नेको नक्सा पास रोकिएको छ । नगरपालिकाको आवधिक योजनामा समेत रामग्राम स्तुपा विकासलाई राखिएको छ । पुरातत्व विभागले निर्दिष्ट गरेको मापदण्डकै आधारमा यस क्षेत्रमा खनन,पुर्वाधार निर्माणलाई नियन्त्रण गर्ने कार्य भई रहेको छ ।

रामग्राममा तत्काल ध्यान केन्द्र बनाउनका लागि बजेट समेत बिनियोजन गरि सकेको छ । जग्गाको समेत ब्यवस्थापन भई रहेको छ । समिति बने पछि प्रवद्र्धन गर्नका लागि स्थानियबासी तथा विज्ञहरुको परामर्शमा प्राचिन कोलिय गणराज्यको राजधनी पण्डितपुरलाई समेटेर अल्पकालिन,दिर्घकालिन योजना बनाई काम गर्नेछ । डा.गौरीसँगै आउनु भएका बौद्ध परिपथ(ग्रेटर लुम्बिनी) को अवधारणामा काम गर्दै आएका डा.महेन्द्र सुब्बाले पुरातात्विक क्षेत्रको संरक्षण गर्दै उत्खनन गराई यसलाई विश्वसम्पदामा सुचिकृत गराउन नगरपालिकाले पनि अग्रसरता लिनु पर्ने बताएका थिए । नेपालकै ठूलो मात्रामा पर्यटक भित्रयाउन सक्ने सम्भावना बोकेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षण तथा यस क्षेत्रमा पुर्वाधार अभाव देखिएको औल्याएका थिए । डा.सुब्बाले तिलौराकोट,रामग्रामलाई सिधै बोधगयासँग जोड्ने मार्ग समेत पहिल्याएर नेपाल सरकारलाई प्रतिवेदन बुझाई सकेका छन् ।
रामग्राम स्तुपा र प्राचिन कोलिय गणराज्यको राजधानी बुद्ध मावली पण्डितपुरसँग जोड्ने विश्व बैंकको पर्यटन मार्ग लागि ६२ करोडको सडक योजना पार्नमा पहल समेत गरेको रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले जानकारी गराएका थिए । इन्जिनियर गुप्ताका अनुसार डा.सुब्बा रामग्राम स्तुपाबाट धेरै प्रभावित हुने भएको हुदा आफ्नो स्तरबाट लगानी कर्तालाई यो क्षेत्रमा ल्याउने भुमिका समेत खेल्दै आएका छन् । जुन अहिले युनेस्कोको प्रतिनिधिलाई समेत लिएर रामग्राम स्तुपा क्षेत्रमा आएका हुन् । रामग्राम विकास समिति बनाई रामग्राम विकास कोष बन्ने भएको कुराले धेरै देशी विदेशी यस तर्फ आकर्षित भएका छन् । नगरपालिकासँगै भगिनी सम्बन्ध जोडेको काठमाडौ महानगरले यस क्षेत्रको विकासका लागि डेढ करोड अनुदान समेत पठाई सकेकोछ । चिन,कोरियाबाट पनि लगानी गर्ने इच्छुक सस्था र ब्यतिm सम्पर्कमा रहेको जनाउदै उनले रामग्राम विकास कोष कार्यान्वयनमा आए पछि यस क्षेत्रको विकासका लागि रकम अभाव हुने छैन् ।
रामग्राममा अहिले पनि दैनिक १ हजार देखी डेढ हजार पर्यटक आउने गरेका छन् । तर सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुपा क्षेत्रमा सरकारी वेवास्ताले काम हुन सकेको छै्रन् । सन १८९६ मा पत्ता लागेको लुम्बिनीको विकासका लागि सरकारले लुम्बिनी बिकास कोष स्थापना भए पछि मात्र विकास हुन थालेको र अहिले विकासको क्रममा छ । तर २ बर्षको अन्तरालमा पत्ता लागेको रामग्राम स्तुपको विकासका लागि छुट्टै स्वायत्त कुनै सस्था नभएको हुदा ओझेलमा पर्दै आएको छ । ढिलो भए पनि रामग्राम नगरपालिकाले विकास समिति र कोष स्थापना गर्ने निर्णय गरेको छ । यो कोषले अब स्वामित्व लिएर विज्ञ निकायको परामर्शमा काम गर्दै गए केही बर्षमा रामग्राम स्तुपा संसारकै लागि अध्यात्मिक केन्द्र बन्ने छ ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्ति धातुलाई विभिन्न आठ भाग लगाई विभिन्न राजाले अ आफ्नो राज्यमा लगेर धातु स्तुप बनाएका थिए । सोही आठ राज्य मध्ये कोलिय राजाहरुले पाएको आफ्नो भागको अस्तिलाई रामग्राम स्तुपको रुपमा धातु स्तुप स्थापना गरेका थिए । तत्कालिन अशोक सम्राटले आठ धातु मध्ये सात वटा धातु उत्खनन गराई ८४ हजार स्थानमा स्तुप बनाउन लगाए र पछि रामग्राम स्तुपको उत्खनन गर्न आउदा त्यसको संरक्षण गर्दै आएका नागबंशीले उत्खनन नगर्न आग्रह गरे र उनीहरुको आग्रहलाई मानेर सम्राट अशोकले रामग्राम स्तुप त्यसै छोडि फर्केका थिए । त्यो भएर पनि प्राकृतिक रुपमा अष्टधातु सुरक्षित रहेको संसारको एक मात्र स्तुप हो । जुन नेपालमा मात्र रहेको छ । बौद्ध साहित्यमा धातुको पुजालाई पनि पारलौकिक शुख र पुण्य प्राप्तीको आधार मान्ने गरिएको छ । संसारका बौद्धमार्गीहरु एक पटक स्तुपको दर्शन,पुजन र स्तुपाको सानिध्यमा बसेर ध्यान अभ्यास गरि अध्यात्मिक लाभ लिनका लागि आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *