संघिय सरकारद्धारा नन्दनताल ब्यवस्थापनका लागि ३ करोड बजेट
नवलपरासी,१७ भदौजिल्लाको पाल्हीनन्दन ६ स्थित प्राचिन नन्दन नगर र नन्दन तालको ब्यवस्थापन गरि पर्यटकिय गन्तब्य बनाउनमा निजी क्षेत्रले पनि चाँसो बढाएको छ । जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रको विकास गरि आर्थिक क्षेत्रको रुपमा रुपान्तरण गर्ने उदेश्यले निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्था उद्योग बाणिज्य संघले उतm स्थानको भ्रमण गर्दै सरोकारवालासँग छलफलका लागि गृहकार्य अगाडी बढाएको हो ।
सय विघा क्षेत्रफलमा फैलिएको प्राचीन नन्दनतालसँगै जोडिएको बौद्धकालिन प्राचीन नन्दन नगरलाई पर्यटकिय गन्तब्य बनाउन ठूलो सम्भावना बोकेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरलिे बताए । यसको विकासले मात्रै हजारौको रोजगारी सृजना हुन्छ,उनले भने, यसले हाम्रो जिल्लाको गौरव बढाउछ,विश्वसम्पदामा जान सक्ने सम्भावना बोकेको यो स्थल हो, उनले थपे,तर यसका लागि स्थानिय देखी जिल्ला,प्रदेश सरकार र संघिय सरकारले काम गर्नु पर्ने आवश्यक...