रामग्राम नगरपालिका

रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै

नवलपरासी,२७ भदौजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्य अगाडी बढाएको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने र स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको वरिपरि चक्रमण क्षेत्र विस्तर गर्ने जानकारी गराएको हो ।कोषका अध्यक्ष समेत रहेका नगरप्रमुख यादवले स्तुप क्षेत्रको सुरक्षार्थ छिटै प्रहरी विट स्थापनाका लागि कोषको कार्यालयकै छेउमा राखिने गरि आवास,भन्सा सहितको पुर्वाधार बनाई सकेको जानकारी गराए । जिल्लाका शुरक्षा प्रमुखहरुले सो विटका लागि स्थलगत अध्ययन अवलोकन पुरा गरि सकेका छन्, उनले भने, जिल्ला सुरक्षा समितिले विट राख्नका लागि निर्णय गरि सरोकारवाला निकायमा पठाई सकेको छ, उनले भने, आसा गरौ छिट्टै प्रहरी विट स्थाना हुन्छ । त्यसै गरि बुधवार अष्टमी देखी नै स्तुपमा कोषको तर्फबाट दिपावली तथा स्तुपमा धातु प्रार्...
रामग्राम नगरपालिका विद्यालयहरुमा भदौभित्र सामाजिक परिक्षण गर्न अनिवार्य
रामग्राम नगरपालिका, शिक्षा, समाचार

रामग्राम नगरपालिका विद्यालयहरुमा भदौभित्र सामाजिक परिक्षण गर्न अनिवार्य

नवलपरासी,२५ भदौविभिन्न सुधारका अभियान अन्तरगत विभिन्न शैक्षिक अभियान चलाउदै आएको जिल्लाको रामग्राम नगरपालिकाले नगरका सामुदायिक विद्यालयलाई भदौ भित्र अनिवार्य समाजिक परिक्षण गर्न पत्राचार गरेको छ । विद्यालयमा हुने विभिन्न गतिविधि तथा अनुदान वित्तिय ब्यवस्थापन जस्ता कार्यको स्थानिय स्तरमा समाजिक परिक्षण गरि प्रतिवेदन अनिवार्य रुपमा पेश गर्ने गरि पत्रचार गरेको हो । समाजिक परिक्षण मापदण्ड २०७८ अनुसार प्रत्येक आर्थिक बर्षको भदौ मसान्त भित्र समाजिक परिक्षण गराई प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान रहेको छ । तर कतिपय विद्यालयलाई विगत बर्षमा पेश नगरेको गुनासोहरु खाई रहेको बेला नगरपालिकाले अनिवार्य रुपमा नै समाजिक परिक्षण गरि प्रतिवेदन पेश गर्नु पर्ने गरि सबै सामुदायिक विद्यालयको नाँउमा भदौ १७ गते पत्राचार समेत गरेको नगरपालिकाको शिक्षा शाखाले जानकारी गराएको हो । मापदण्ड पालनाका लागि छुट्टै पर...
रामग्राम विकास कोषको पहिलो बैठक: पुरातत्व विभागसँग समन्वय गर्ने निर्णय
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास कोषको पहिलो बैठक: पुरातत्व विभागसँग समन्वय गर्ने निर्णय

नवलपरासी,१८ भदौहालै रामग्राम विकास कोषको पुर्णतासँगै बसेको विस्तारित बैठकले रामग्राम स्तुपा क्षेत्र र कोलिय गणराज्यको राजधानी क्षेत्रमा काम गर्नका लागि पुरातत्व विभाग समन्वय गरि काम गर्ने निर्णय गरेको छ । अस्त ब्यस्त अवस्थामा रहेका यि दुबै धार्मिक,ऐतिहासिक,पुरातात्विक क्षेत्रका कहाँ के कस्तो गर्न मुनासिब देखिन्छ ? उतm कुराको आवश्यक मार्गनिर्देशन प्राप्तीका लागि पहल गर्ने निर्णय गरेको हो ।बैठकले प्रमुख दुई वटा निर्णय गरेको छ, जस्मा पहिलो निर्णय रामग्राम स्तुप क्षेत्रमा पुरातात्विक बस्तु संरक्षण गरि विकास गर्न हेरिटेज इम्पेक्ट असेस्मेन्ट(एआईए) गर्न पुरातत्व विभागमा पत्रसाथ अनुरोध गर्ने र दोश्रो रामग्राम स्तुपसँग सम्बन्धित क्षेत्रको संरक्षण गर्न रामग्राम नगरपालिकाले सिमाँना छुट्टयाई तारबार गर्ने कार्य अगाडी बढाउने रहेको छ । त्यसै गरि रामग्राम स्तुपा क्षेत्रमा रामग्राम विकास कोषको कार्यालय सञ...
रामग्राम विकास कोषले पायो पुर्णता,कार्ययोजना बनाई अगाडी बढने प्रतिवद्धता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास कोषले पायो पुर्णता,कार्ययोजना बनाई अगाडी बढने प्रतिवद्धता

नवलपरासी,१६ भदौविगत डेढ दशक देखी स्थानिय संघसस्थाले माग गरे अनुसार रामग्राम विकास समिति(कोष)ले पुर्णता पाएको छ । रामग्राम नगरपालिकाले पदेन सदस्य बाहेक अन्य चार जना सदस्यलाई मनोनय गरि आईतवार पुर्णता प्रदान गरेको हो ।स्थानियले रामग्राम स्तुप स्तुपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गरेको थियो । सो ऐन अनुसार पदेन सदस्य बाहेक अन्य सदस्यहरुको मनोनयन गरि पुर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले बताए । उनका अनुसार विकास समितिमा समाजसेवी कैलाश ठाकुर,पुरातत्वका जानकार नारद यादव,विपश्यना साधक रामप्रसाद पाण्डे र बौद्धशिक्षा तथा पर्यटन पत्रकार बेचु गौडलाई मनोनय गरिएको छ । अब समितिले पुर्णता प्राप्त गरेको छ, उनले भने,समितिको पहिलो बैठक छिट्टै बस्ने र विकासका लागि कार्ययो...
रामग्राम ३ ले सञ्चालन गरायो विशेषज्ञ चिकित्सा सेवा सहितको स्वास्थ्य शिविर
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम ३ ले सञ्चालन गरायो विशेषज्ञ चिकित्सा सेवा सहितको स्वास्थ्य शिविर

नवलपरासी,८ भदौजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.३ ले आफ्ना वार्डका नागरिकलाई निशुल्क विशेषज्ञ चिकित्सा सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इभरग्रिन अस्पताल परासीको सहकार्यमा सो स्वास्थ्य सेवा गरेको हो ।वार्ड अध्यक्ष उज्जवल न्यौपानेको पहलमा आयोजना गरिएको उतm स्वास्थ्य शिविरमा ८७ जना महिला र ५४ जना पुरुषले सेवा लिइएको वार्ड कार्यालयले जनाएको छ । जस्मा ५० जनालाई इसिजी गरिएको थियो । मधुमेह परिक्षणका लागि १ सय २० जनाको रगत परिक्षण गरिएको थियो भने हाडजोर्नी सम्बन्धि समस्या ३६ जना जनरल सर्जरीका २५ जना र मुटुको जाँच गर्नेमा ८० जना रहेका थिए । अस्पतालका चिकित्सक मुटुरोग विशेषज्ञ डा महेश्वर कुमार ह्याजु,जनरलसर्जन डा.अब्दुल हकिम खाँन र हाडजोनी तथा नसारोग विशेषज्ञ डा.विशाल श्रेष्ठ सहितको स्वास्थ्य टोलीले स्वास्थ्य परिक्षणमा खटेको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी गराएक थिए । उतm स...
कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा खुल्ला संग्रालय बनाउन तर्फ चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा खुल्ला संग्रालय बनाउन तर्फ चाँसो

नवलपरासी,२ भदौरामग्राम १८ स्थित बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रलाई खुल्ला संग्रालयको रुपमा कसरी ब्यवस्थित गर्नेबारे सरोकारवालाले चाँसो बढाएका छन् । रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सहितको टोली राजधानी क्षेत्रमा पुगेर राजधानीमा आउने पर्यटकलाई राजधानी क्षेत्रको इतिहास,सुचना र हालसम्म फेला परेका बस्तुलाई कसरी देखाउन बुझाउन सक्ने ? अवस्थाबारे छलफल गरेका हुन् ।पुरातत्व क्षेत्रका जानकार र उत्खनन काल देखी नै सो क्षेत्रमा काम गर्दै आएका स्थानिय नारद यादव,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली इन्जिनिय गुप्तासँगै पुगेर स्थानियसँग छलफल गरेका थिए । हालसम्म उत्खननको क्रममा फेला परेका इनार,मडवेल,पर्खाल लगायतको स्थलको खुल्ला गरि देखिने खालको वातावरण बनाउन आवश्यक छ, पुर्व इन्जिनियर गुप्ताले भने,यसका लागि पुरातत्व...
कोलियहरुको प्राचीन कोलनगर नजिकै फेला परेको पुरातात्विक स्थलमा ‘यशोधरा उद्धान क्षेत्र’
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलियहरुको प्राचीन कोलनगर नजिकै फेला परेको पुरातात्विक स्थलमा ‘यशोधरा उद्धान क्षेत्र’

नवलपरासी,१६ साउनप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै फेला परेको प्राचिन पुरातात्विक स्थल नजिकै यशोधरा उद्धानको रुपमा विकास गर्न सरोकारवालाले जनाएका छन् । केही महिना पहिला जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक क्षेत्र पहिचानमा आए पछि ति स्थानबारे पुर्वानुमान गर्दै यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गर्नु पर्ने सरोकारवालाले जानकारी गराएका हुन् ।प्राचिन राजधानी नजिकै रहेको उतm स्थानमा बस्ति खासै नरहे पनि राजधानीकै समकालिन प्राचीन बस्तु फेला पर्नाले राजधानीकै राजपरिवारसँग कुनै स्थान भएको अनुमान गर्दै सो क्षेत्र यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गरिनु पर्ने स्थानिय नारद यादवले बताए । रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सतिस गुप्ता,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली स्थानिय स्तरमा स्थलगत गर्दै पुराता...
रामग्राम स्तुपमा गरिएको उत्खनन क्षेत्रको ब्यवस्थापनमा वेवास्ता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा गरिएको उत्खनन क्षेत्रको ब्यवस्थापनमा वेवास्ता

नवलपरासी,१० साउनभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा भएको उत्खनन क्षेत्रको उचित ब्यवस्थापन हुन नसकेको स्थानियले बताएका छन् । स्थानियका अनुसार उचित ब्यवस्थान हुन नसक्दा उत्खनन भएका तिन वटा ट्रेन्चमा माटो पुरिए पनि अहिले भासिएर खाल्टो बनेको हो ।पुरातत्व विभागले उत्खनन गरेर पुनः खाल्टो पुरेको थियो,तर ति क्षेत्रको उचित ब्यवस्थान गर्ने कार्य चाहे पुरातत्व विभाग होस,चाहे लुम्बिनी विकास कोष दुबैले त्यसको संरक्षणमा वास्ता गरेका छ्रैनन् । आफुले लुम्बिनी विकासको कारण काम गर्न नपाएको सधै आरोप लगाउदै गफ ठोक्ने नगरपालिकाको समेत त्यस प्रति ध्यान गएको छैन्,नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने,जनता माझ ठूला ठूला गफ र प्रतिवद्धता जनाउने निकायको यस्तो हविगत देखिएको छ । गफ हाक्नु फरक हो,उनले थपे,तर काम नै गर्न परे विकास र प्रवद्र्धनका कार्य गर्न नसके पनि उचित संर...
ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व
रामग्राम नगरपालिका, शिक्षा, समाचार

ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व

नवलपरासी,८ साउनमदरसामा पठनपाठन गराउने इस्लामिक धार्मिक शिक्षक(ओल्मा)हरुको संगठन ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व चयन भएको छ । नवलपरासीमा भएको ओल्माहरुको अधिवेसनले ओल्मा खुशबुदिन ओजामी (जहिरुदिन)को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।नवगठिन समितिको उपाध्यक्षमा हजरत हाफिज तसउबर अली,खजन्वि हजरत मौलाना अखतर रजा तन्वीरी,सचिव अखतर अली,सहसचिव कारी मुहम्मद हुसेन चयन भएको ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनका अनुसार सदस्यहरुमा अब्दुलकुदुस इशाअली,इम्तियाज अहमद,ग्यासुदिन,अलाउदिन फैजी,मौलाना मुफ्ती अरशद रजाफैजी,मोहत्तरमा सयदा फुलजन्नत साहिबा र मौलाना हसन अलीमी रहेका छन् । त्यसै गरि सो अधिवेसनबाट नै नगरपालिका स्तरको पनि काउन्सिल गठन गरिएको उनले बताए ।जस्को रामग्राम नगरपालिकाको अध्यक्षमा मौलाना सद्दाम हुसेन,सुनवलको अध्यक्षमा आलीजनाब कसिम अल...
रामग्राम स्तुपमा ध्यानअभ्यास र दिप प्रज्जवलन गरि मनाइयो बुद्धको महाभिनिष्क्रमण तथा धर्मचक्र पर्वतन दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा ध्यानअभ्यास र दिप प्रज्जवलन गरि मनाइयो बुद्धको महाभिनिष्क्रमण तथा धर्मचक्र पर्वतन दिवस

नवलपरासी,६ साउनजिल्ला रामग्राम ७ उजैनी स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा ध्यानअभ्यास र दिप प्रज्जवन गरि असार पुर्णिमा मनाइएको छ । विपश्यनाका साधक साधिकाहरुको समुहले भगवान गौतम बुद्धले बुद्धत्व प्राप्ती पछि पहिलो पटक धर्मचक्र चलाएको दिन धम्मचक्र पर्वतन दिवस तथा बुद्धत्वको प्राप्तीको लागि सिद्धार्थ गौतमले गृहत्याग(महाभिनिष्क्रमण) लिइएको दिन महाभिनिष्क्रमण दिवस स्तुप क्षेत्रमा मनाएको हो ।विपश्यनाका सहायक अचार्य रामप्रसाद पाण्डे सहितको उपस्थितीमा ति दुबै दिवस मनाइएको थियो । बुद्धको जिवनका महाभिनिष्क्रमण र धर्मचक्र पर्वतन धेरै महत्वपुर्ण घटनाबारे जानकारी गराएका थिए । धर्मचक्र प्रवर्तन सुत्त सुन्दै ध्यान अभ्यास गरिएको र सिद्धार्थको महाभिनिष्क्रमण दिवसलाई सम्झदै स्तुपको चारै तिर दिप प्रज्वलन गरिएको उनले जानकारी गराए । यसको अध्यात्मिक महत्व छ, सहायक अचार्यले सुनाउदै...