Tag: Surya Dubey

सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा

नवलपरासी, ११ चैत्रसुनवल नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विगत बर्षमा निर्माण कम्पनीले काम गर्न छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको भए पनि अहिले प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी गराएको हो ।भवनको सभाहल निर्माण भइसकेका कारण नगरपालिकाले आफ्नो स्थापना दिवस समेत निर्माणाधिन प्रशासनिक भवनको सभाहलमै बनाएको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी थिईन् । भवन निर्माण गर्ने कम्पनीलाई नगरपालिकाका प्राविधिकले समेत सहजीकरण गर्दै आएको र चाडै भवनको निर्माण कार्य सम्पन्न भए पश्चात आफ्नै भवनमा नगरपालिका कार्यालय सर्ने उनको भनाई थियो । भवन निर्माणमा ढिलाई हुदा नगरपालिकाले भाडाको घर भवनमा भाडा तिदै बसिरहेको अवस्था छ,उनले भनिन,एक तिर नगरपालिकाको लगानी भवनमा लागिरहने र निर्माण कम्पनीले काम नगर्दा यहाँ भाडा पनि तिरिरहनु पर्ने हुद...
सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण

नवलपरासी,९ चैत्र,सुनवलका कर्मचारीले जथाभावी (टि.ए.डि.ए.)भ्रमण खर्च भरेर रकम भुतmानी लिन थालेको गुनासो बढन थाले पछि नगरपालिकाका उप प्रमुख सुर्य प्रसाद दुबेले लेखा शाखासँग ति भ्रमण खर्चको विवरण माग गरेका छन् । जनताको सेवा कम तर भ्रमण खर्च बढि हुने गरेको गुनासो कारण को कति भ्रमण खर्च लिएको बारे विवरण दिनका लागि उनले लेखा अधिकृत वृहस्पती घिमिरेसँग सो विवरण माग गरेका हुन् ।कर्मचारीले खर्च गर्नैै पाउने होईन्,तर खर्चको औचित्यता पुष्टि हुने खालको प्रतिवेदन पेश गर्नु पर्छ,उनले भने, जथाभावि एउटा बहानामा कार्यालयको काम भनेर ब्यतिmगत काममा जाने तर खर्च कार्यालयको देखाउने गरिएको केही कर्मचारीबाटै गुनासो आए पछि अध्ययनका लागि सो विवरण माग गरेको छु । खर्च गर्नेले कामको औचित्यता पुष्टि हुने गरि भ्रमणको प्रतिवेदन समेत दिनु पर्छ । होईन भने कार्यालयको प्रशासनिक खर्च किन बढाउने ? भ्रमणमा पनि पहुँच हुनेले विना...
सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन

नवलपरासी,५ चैत्रजिल्लाको सुनवल नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादन कार्य छिटो छरितो बनाउनमा कृयाशिलता देखाएको छ । न्यायिक समितिमा आउने विभिन्न विवादहरुलाई जति सक्दो छिटो टुगँयाउने गरी काम गर्न थालिएको न्यामिक समितिले जनाएको हो ।उजुरी दर्ता गरेको धेरै समय नलगाई विवाद समाधन छिटो भन्दा छिटो गर्नका लागि न्यायिक समिति न्यायिक समितिले काम गर्दै आएको छ । न्यायिक समितिसँगकाम गर्ने सुचिकृत मेलमिलापकर्ताहरुले सक्रियता बढाएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकामा नगर उपप्रमुख सुर्य दुबेले जानकारी गराए । न्यायका लागि आएका पिडितहरुलाई छिटो भन्दा छिटो न्यायको अनुभुति गराउने कार्य गर्दै आएका छौ,उनले भने,त्यसका लागि न्यायिक समिति मात्रै नभई न्यायिक समितिसँग मिलेर मेलमिलापका कार्य गर्दै आएका मेलमिलापकर्ताहरुलाई पनि सक्रिय बनाइएको छ ।ढिलो न्याय सम्पदान गर्नु पनि एक प्रकारको अन्याय हो,भन्ने मा...
नगरबासीलाई सहज न्यायको अनुभुति गराउन न्यायिक कार्य वार्ड स्तरमा पुर्याउदै सुनवल नगरपालिका
समाचार, सुनवल नगरपालिका

नगरबासीलाई सहज न्यायको अनुभुति गराउन न्यायिक कार्य वार्ड स्तरमा पुर्याउदै सुनवल नगरपालिका

नवलपरासी,२३ भदौजिल्लाको सुनवल नगरपालिकाले नगरबासीलाई न्यायको अनुभुति गराउन न्यायिक कार्यलाई गाउ स्तरसम्म पुर्याउने भएको छ । न्यायिक समितिमा फैसला नै गर्नु पर्ने बाहेकका मुद्दा(विवाद)लाई वार्ड स्तरमै छलफल गराई निरुपण गर्ने योजना अनुसार सो योजना ल्याएको हो ।ठूलो क्षेत्रफल भएको सुनवल नगरपालिकामा नै विवाद मिलाउन आउनु पर्ने बाध्यतालाई हटाउने उदेश्यले न्याय निरुपण कार्यलाई वार्ड केन्द्रित बनाउन खोजिएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकाका उपप्रमुख(उपमेयर) सुर्य दुबेले जानकारी गराए । न्यायिक समितिले सबै विवादमा फैसला गर्दैन्,उनले भने, विवादमा फैसाला गर्नु अन्तिम विकल्प मात्र हो । त्यसमा पनि सबै विवादलाई न्यायिक इजलासमा लगेर फैसला गर्न मिल्दैन् । त्यो भएर पनि दुबै पक्षलाई जित जितको अवस्थामा पुर्याउने मेलमिलाप कार्य नै हो । त्यही कामका लागि झगडिया सधै पालिकाको कार्यालय धाउनु पर्ने बाध्यता...
बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै
समाचार, सुनवल नगरपालिका

बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै

नवलपरासी,१ भदौमहाभारतकालिन इतिहास बोकेको सुनवल नगरपालिकामा पर्ने बर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगपालिकाले विभिन्न संघसस्थासँग समन्वय गर्ने कार्य अगाडी सारेको छ । कोभिड १९ को महामारीमा प्रत्येक बर्ष हरितालिका तिजको बेला लाग्ने उतm मेला रोकिएको भए पनि यो बर्ष मेला लाग्ने भएकोले मेला ब्यवस्थापनका लागि अहिले देखी नै नगरपालिकाले पहल थालेको हो ।वर्दगोरियाको इतिहाससँगै सुनवलको नाम जोडिएको हुदा यो प्राचिन,ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको बर्दगोरिया स्थानमा स्थानिय समितिले पनि काम गर्दै आएका छ । विगत बर्षमा भारतको उत्तर प्रदेश र विहारबाट पनि हजारौ दर्शनार्थीहरु वर्दगोरियामा आउने र लाख भन्दा बढि आन्तरिक पर्यटक दुई तिन दिनमै आउने भएकोले पनि त्यसको ब्यवस्थापनमा नगरपालिका सहित अन्य सघसस्था लागेको सुनवल नगरपालिकाका उपप्रमुख(उपमेयर) सुर्य दुबेले जानकारी गराए । सुनवल नगरपालिकाको यो प्रम...