सुस्ता बचाउन बाँधको मर्मतका लागि सर्वेक्षण भयो,काम कहिले ?आश र त्रासमा सुस्तेली
नवलपरासी,२७ पुसनारायणी नदीको निरन्तर कटानले त्रसित बनेका सुस्ताबासीलाई राहत पुग्ने गरि नदीको बाँध मर्मत सम्भारका लागि सर्वेक्षण गर्ने कार्य सकिएको छ । सुस्ताबासीले सरकारको ध्यानाकर्षण गराउदै सुस्ता सकिने अवस्थामा पुगेको गुनासो गरे पश्चात उर्जामन्त्री कुल मान घिसिगँले तत्कालै १४ करोड बजेट ब्यवस्थापन गरि बाँध मर्मतका लागि सर्वेक्षण गरिएको हो ।सबै बाँध मर्मतका लागि स्थानियले करिब ५८ करोड बजेटको माग गरेकोमा अहिले अल्पकालिन ब्यवस्थापन गर्नका लागि सो रकम ब्यवस्थापन गरि काम गर्न सवेक्षण भएको सुस्ता बचाउ अभियानले जनाएको छ । दिर्घकालिन योजनाका लागि थप विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्नु पर्ने आवश्यकता रहेको अभियानका सचिव रविन्द्र जैसवालले जानकारी गराएका थिए । भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले आर्को त्रास नारायणी नदी कटान बनेको बताएका थिए । नेपाली ...










