Tag: Bimala Aryal

नेपालकै पहिलो महिलामैत्री नगरपालिका घोषणा गर्न सुचकांकको खोजी गर्दै सुनवल नगरपालिका
समाचार, समाज, सुनवल नगरपालिका

नेपालकै पहिलो महिलामैत्री नगरपालिका घोषणा गर्न सुचकांकको खोजी गर्दै सुनवल नगरपालिका

नवलपरासी,२९ जेठनेपालकै पहिलो महिला मैत्री नगरपालिका बनाउने लक्ष्य लिएर काम गरिरहेको जिल्लाको सुनवल नगरपालिका महिला मैत्री सुचकाँकको खोजीमा छ । महिला मैत्री नगरपालिका बनाउन विभिन्न आधारहरु तयार गरि काम गरिदै आएको भए पनि राष्ट्रिय र अन्तराष्ट्रिय आधार र सुचकाँक नभेटिदा मापन गर्ने आधार बनाउन समस्या भएको हुदा नगरपालिका सुचकाँकको खोजीमा जुटेको हो ।नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरेको सुनवल नगरपालिका अहिले महिला मैत्री नगरपालिका बनाउन लागि परेको छ । संयोगले अहिले नगरपालिकाकी नगरप्रमुख पनि महिला नै भएको र बालमैत्री घोषणा भई सकेको हुदा महिला मैत्री नगरपालिका जतिसक्दोघोषणा गर्ने आधार बनाउदै छ । सोही अनुसार काम पनि गर्दै आएको नगरपालिकाकी महिला बालबालिका शाखाकी प्रमुख केशरी गैरेले जानकारी गराईन् । महिला मैत्रीका आधारभुत कार्यक्रम भई रहेका छन्,उनले भनिन,नगरप्रमुख विमला अर्यालको जसरी सुनवल नग...
सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल
पर्यटन, समाचार, सुनवल नगरपालिका

सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल

नवलपरासी,१२ बैशाखजिल्लाको सुनवल गाउ विकास समिति हुदा नै अगाडी सारिएको सुनवल बुद्ध हिल पार्क अवधारणा पुरा गर्न डेढ करोड बजेट बराबरको शहरी विकास मन्त्रालय मार्फत ठेक्का भएको सुनवल नगरपालिकाले जनाएको छ । सुनवल खानेपानी ट्याँकीको माथिल्लो भागमा रहेको उतm हिलपार्कमा गाविस हुदा देखी नै ट्याक खोल्ने काम गर्दाै अहिले पार्कको स्वरुपमा ल्याउनका लागि निरन्तर काम भई रहेको र अहिले शहरी डिभिजन कार्यालयबाट पनि बजेट विनियोजन भई ठेक्का समेत भई सकेको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।तत्कालिन गाविस अध्यक्ष थान प्रसाद गैरे हुदा देखी नै गाविसले अवधारणा ल्याएको र थोरै भए पनि आफ्नो स्रोतबाट बजेट विनियोजन गर्दै आएको थियो । पछिल्लो समयमा सुनवल गाविसबाट नगरपालिका भए पछि केही बजेट थपेर पहिलो कार्यकालको नगरसभाले पनि त्यसलाई निरन्तरता दिदै आयो,अहिले संघिय सरकारबाट पनि बजेट कार्यक्रम हाल...
सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा

नवलपरासी, ११ चैत्रसुनवल नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विगत बर्षमा निर्माण कम्पनीले काम गर्न छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको भए पनि अहिले प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी गराएको हो ।भवनको सभाहल निर्माण भइसकेका कारण नगरपालिकाले आफ्नो स्थापना दिवस समेत निर्माणाधिन प्रशासनिक भवनको सभाहलमै बनाएको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी थिईन् । भवन निर्माण गर्ने कम्पनीलाई नगरपालिकाका प्राविधिकले समेत सहजीकरण गर्दै आएको र चाडै भवनको निर्माण कार्य सम्पन्न भए पश्चात आफ्नै भवनमा नगरपालिका कार्यालय सर्ने उनको भनाई थियो । भवन निर्माणमा ढिलाई हुदा नगरपालिकाले भाडाको घर भवनमा भाडा तिदै बसिरहेको अवस्था छ,उनले भनिन,एक तिर नगरपालिकाको लगानी भवनमा लागिरहने र निर्माण कम्पनीले काम नगर्दा यहाँ भाडा पनि तिरिरहनु पर्ने हुद...
शैक्षिक सुधारमा अग्रणी बन्दै सुनवल नगरपालिका
समाचार, सुनवल नगरपालिका

शैक्षिक सुधारमा अग्रणी बन्दै सुनवल नगरपालिका

नवलपरासी,१३ मंसिरनेपालकै पहिलो बालमैत्री घोषणा नगर घोषणा गरेर राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले शिक्षा क्षेत्रमा पनि उत्तिकै सफलता हात पार्दै गएको छ । सामुदायिक विद्यालयका शैक्षिक अवस्था दयनिय रहेको बदनामी हुदै आए पनि सुनवल नगरपालिकाले त्यो बदनामीलाई चिर्ने गरि प्रयासरत छ । त्यसको प्रत्यक्ष उदाहरण र अनुरणिय अभ्यास प्रत्यक्ष देख्न र हेर्न पाईन्छ । शिक्षा क्षेत्रकै कृयाशिलताले बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएको समेत नगरपालिकाका बालकल्यण अधिकारीका जिम्मेवारी पाएका तत्कालिन बालमैत्री घोषणा कार्यक्रमका संयोजक रेशम शर्मा बताउछन् ।बालमैत्री बनाउनमा शिक्षा र स्वास्थ्य क्षेत्रको ठूलो योगदान रह्यो,उनि भन्छन्,त्यसमा पनि विद्यालय र शैक्षिक क्षेत्रको योगदान अतुलनिय रह्यो । नगरपालिकाको शिक्षा शाखा र नगरका विद्यालयहरु बालमैत्री बनाउनमा लागि परेका थिए । त्यो अ...
दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र
रामग्राम नगरपालिका, समाचार, सुनवल नगरपालिका

दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र

नवलपरासी,१६ भदौजिल्लाको दुई नगरपालिकाका नगरप्रमुखले सारेका दुई काममा आन्तरिक र बाह्य सहयोग नभए पछि ति कामहरु अलपत्र परेका हुन् । रामग्राम नगरपालिकाका भित्रका सार्वजनिक जग्गाको रेखाँकन गरि सार्वजनिक गर्ने योजना र सुनवल नगरपालिकाको खोलाबाट चोरी निकासी गरि राखिएको खोलाजन्य समाग्रि वेवारिसे घोषणा गर्ने कार्य जनप्रतिनिधिकै कारण अलपत्र परेको हो ।दुबै नगरपालिकाका नगरप्रमुखहरु आफ्नो अडानमा भए पनि नगरपालिकाकै केही जनप्रतिनिधिहरु असहयोग गर्दै गर्दा योजना अलपत्र परेको नगरप्रमुखहरुका निकटका ब्यतिmहरुले बताएका छन् । सुनवल नगरपालिकाले महिना दिन पहिला नगरप्रमुख बिमला अर्यालले खोलाको अनुगमन गरेकी थिईन् । खोला अनुगमनको क्रममा थुप्रै स्थानमा खोलाजन्य समाग्री चोरी गरि विभिन्न ब्यतिm र फर्मले जम्मा गरेको फेला परेको थियो । खोलाका अनुगमन नगर्न उनलाई खोला माफियाबाट थ्रेट समेत आएको थियो । तत्पश्चात नगरपालिकाको अ...
सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै
समाचार, सुनवल नगरपालिका

सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै

नवलपरासी,९ भदौजिल्लाको सुनवल नगरपालिकाले चुरेमा रहेको ऐतिहासिक स्थल महलपोखरीमा सुनवल बजार देखी केबुलकार पुर्याउने लगानीकर्ताहरुको खोजमा लागेको छ । धार्मिक तथा पर्यटकिय स्थलमा सुनवल बजार देखी सहजरुपमा यात्रीहरुले यात्रा गर्न सकुन भनेर केबुलकार पुर्याउनका लागि लगानी गर्ने लगानीकर्ताहरुको खोजमा लागेको हो ।प्राचिन सेन राज्यको दरबारको अवशेषहरु समेत रहेको उतm क्षेत्रका विगत बर्ष देखी नै मगर संस्कृतिको होम स्टे तालिम दिलाएर बनाउन लागिएको नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । सोही डाडामा ध्यानकेन्द्र बनाउने गरि अहिले बजेट बिनियोजन गरिएको छ । पर्यटकिय पुर्वाधार बनाउनमा नगरपालिकाले लगानी गर्दै आएको छ,मेयर अर्यालले भनिन्, तर त्यहा सहजरुपमा पर्यटक पुग्नका लागि केबुलकार सञ्चालनका लागि ठूलै लगानी चाहिन्छ,त्यो भएर नीजि क्षेत्रका लगानीकर्तालाई नगरपालिकाले आह्वान गरेको छ,त्यसमा नगरपालिकाले समेत साझेदारी...
सुनवलमा पढ्दै कमाउदै कार्यक्रम, कृषिलाई प्राथमिकता
समाचार, सुनवल नगरपालिका

सुनवलमा पढ्दै कमाउदै कार्यक्रम, कृषिलाई प्राथमिकता

नवलपरासी,३० साउनजिल्लाको सुनवल नगरपालिकाले नगरक्षेत्रका विद्यालयका बालबालिकालाई कमाउदै पढदै कार्यक्रम कृषिसँग जोडेर लैजाने योजना अगाडी सारेको छ । नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा, विद्यालयका जग्गा,सामुदायिक बन भित्र रहेका खाली जग्गालाई उपयोग हुने गरि सो योजना अगाडी सारेका हो ।संघिय सरकारले नै नीति कार्यक्रममा कमाउदै पढदै कार्यक्रम राखेको र सो कार्यक्रमका लागि आफुले पहल गरि सुनवल नगरपालिका भित्र लागु गराउने अग्रसरता लिई काम गरिरहेको नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले जानकारी गराईन् । कमाउदै पढदै कार्यक्रमका लागि पहिलो चरणको सर्वपक्षिय छलफल भई रहेको छ, उनले भनिन्,अब खेती गर्ने स्थानको छनौट,बालीको छनौट,खोती हुने स्थानको माटो परिक्षणका कार्य हुनेछ । तत्पश्चात युवा विद्यार्थीलाई रोज्न लगाईने र त्यसमा काम गरिने उनको भनाई थियो । संघिय सरकारका प्रतिनिधिहरु लगानी गर्न उत्सुक देखिएका छन्,...
खोला माफियालाई कानुनी दायरामा ल्याउन सुनवल नगरपालिलकाले चाल्यो कदम
समाचार, सुनवल नगरपालिका

खोला माफियालाई कानुनी दायरामा ल्याउन सुनवल नगरपालिलकाले चाल्यो कदम

नवलपरासी,१५ साउनचुरेबाट बग्ने खोलानालामा अवैध चोरी निकासी गरि भण्डारण गर्नेको नाउमा सुनवल नगरपालिकाले स्रोत खुलाई स्टक प्रमाणित गर्न पत्राचार गरेको छ । खोलानालामा खोलाजन्य पदार्थको चोरी निकासी रोक्न खोज्दा नगरप्रमुखलाई नै थ्रेट गर्ने खालका कुरा उठन थाले पछि नगरपालिकाले खोलाजन्य समाग्रिको स्रोत खोलाउने गरि कदम चालेको हो । सुनवल नगरपालिकाको नदीजन्य पदार्थको अनुगमन समितिले सार्वजनिक सुचना समेत जारी गरि ७ दिन भित्र विवरण उपलब्ध गराउन माग गरेको छ । नगरक्षेत्रको विभिन्न स्थानमा भण्डारण गरि राखिएका खोलाजन्य पदार्थको स्टक प्रमाणित गराउन आवश्यक कागजात समेत पेश गर्ने गर्नु पर्ने र तोकिएको समय सिमा भित्र प्रमाण पेश गर्न नसकेमा भण्डारण (स्टक) अवैध मानेर कानुन बमोजिम कारवाही प्रकृया अगाडी बढाइने जनाएको छ । कार्यालयका उप सचिव विष्णु गोतामलेद्धारा हस्ताक्षरित उतm सुचना साउन १३ गते नै जारी भई सकेक...