साँसद विनोद चौधरीद्धारा नेपाल गण्डक नहरको अनुगमन,सिल्टबेसिनको उदघाट गर्ने
नवलपरासी, २४ जेठनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सोही क्षेत्रका साँसद बिनोद चौधरीले अनुगमन गरेका छन् । नहरको मुहानमा निर्माणाधिन सिल्टबेसिनको निर्माण गरि भई रहेको पानी प्रवाहको अवस्थाबारे अनुगमन गरेका हुन् ।उतm नहर २०३९ सालमा निर्माण भएको हो । जसको सिंचाई क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल हो । तर, उक्त नहरको मर्मत सम्भार एवं नहरमा बालुवा थुप्रिदै जादा क्षमताको २० प्रतिशत भूमिमा मात्रै सिंचाई हुँदै थियो । २०७९ सालमा नवलपरासी १ बाट निर्वाचित भएर आए देखी नहरको समस्या समाधान गर्ने प्रतिवद्धता गरेको बताउदै उनले भने, मैले नेपाली नहरलाई पूर्ण क्षमतामा सञ्चालन गरि सिंचाई सुविधा विस्तार गर्ने प्रतिवद्धता सहित काम अगाडि बढाएँ । नहरमा ३५ करोड लगानी गरि नदिको बालुवा नहरमा जानबाट रोक्ने प्रविधि (डिसिल्ट्रेसन) कार्यान्वयनमा ल्याइएको छ र अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुदैछ ।जसका कारण अब साविक...