राजनीति

काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन

नवलपरासी,७ माघउमेदवार माथिको दाबी विरोधको निर्धारित समय भित्र नवलपरासी क्षेत्र नं.२ मा कुनै पनि उमेदवार माथि दाबी विरोध नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको भए पनि समय सिमा भित्र जिल्लामा कुनै पनि उम्मेदवारविरूद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत डाक्टर राजेन्द्रप्रसाद आचार्यले जानकारी गराएका हुन् ।तर नेपाली काँग्रेसबाट दुई जनाले दर्ता गराएको उमेदवारीको टुगोँ नलाग्दा हालसम्म ति दुई जनाको उमेदवारी विवाद कायम नै रहेको छ । दुबैले अ आफ्नो पक्षमा निर्वाचन आयोग र पार्टी केन्द्रिय कार्यालयबाट नै निर्णय हुने आशमा भए पनि दुबै पक्षमा त्रास भने कायम नै रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दुई उम्मेदवारको विषयमा विहिवार मात्र टुङ्गो लाग्ने मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी गराएका थिए । कांग्रेसबाट भ...
नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)

नवलपरासी,६ माघफागुन २१ गते हुन गई रहेको संघिय सरकार प्रतिनिधिसभा निर्वाचन २०८२ मा नवलपरासी क्षेत्र २ मा कुल ३० जनाको उमेदवारी दर्ता भएको छ । विभिन्न १८ वटा राजनीतिक दल १६ जना र बाकी १२ जना स्वतन्त्र उमेदवारको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।नेपाली काँग्रेसबाट दुई जनाको उमेदवारी परेको कार्यालयले सार्वजनिक गरेको उमेदवारीको नामावलीमा उल्लेख छ । नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याए पछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ । भीमबहादुर थापा(भरत) र देबेन्द्रराज कँडेलले पार्टीबाट टिकट ल्याएको र दुबै जनाले आफ्नो टिकट नै अधिकारीक भएको दाबी समेत गर्दै आएका छन् । थापाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिला नै उम्मेदवारी दर्ता गराएका थिए । जस्मा केन्द्रीय सदस्य राधेश्याप पाठक प्रस्तावक र यमलाल भुसाल थापाको उम्मेदवारीमा समर्थक रहेका छन् । कण्डेल ढिलो मात्र निर्वाचन कार्या...
खलिहान संस्कृति जोगाउन र स्थानिय प्रशिक्षक परिचालन गर्न सरावल गाउसभामा उठ्यो माग
राजनीति, समाचार, सरावल गाउँपालिका

खलिहान संस्कृति जोगाउन र स्थानिय प्रशिक्षक परिचालन गर्न सरावल गाउसभामा उठ्यो माग

नवलपरासी,२९ पुसजिल्लाको सरावल गाउँपालिकाको गाउँसभाको १७ औँ गाउसभामा सभा सदस्यहरुले प्रस्तुत विषय बस्तुको अनुमोदन बाहेक थप माग समेत राखेका थिए । भुमि अयोगले गाँउ गाँउमा नापी गर्दा प्राचीनकाल देखी चल्दै आएको गाँउको खलिहान प्रथालाई मेटाउदै आएकोले खलिहान संस्कृति बचाउनु पर्ने र गाउपालिका भित्र हुने तालिम गोष्ठिमा स्थानिय प्रशिक्षक तथा स्रोत ब्यतिm राख्न समेत माग गरेका हुन् ।संस्कृति संरक्षण सहित प्रशिक्षक परिचालनमा स्थानिय तथा स्थानिय भाषा जानकारलाई राख्नका लागि आवश्यक कार्यविधि तयार हुने पर्ने समेत सभाका सदस्यले कुरा उठाएका थिए । केही पालिकामा सभाका सदस्यहरुलाई खुल्ला रुपमा विचार राख्ने पद्यती नभए पनि सरावल गाउपालिकाले नियमित बाहेक अन्य विषयमा पनि गाउसभामा कुरा राख्नका लागि सभासदस्यहरुलाई अवसर प्रदान गरि संसदिय अभ्यासलाई पनि निरन्तरता दिएका थिए । सभाका सदस्यले उठाएका विषयबस्तुबारे पनि टिपोट ग...
राजस्व वृद्धिका लागि साझा धारणा बनाउदै सुनवल नगरपालिका
अर्थ, राजनीति, समाचार

राजस्व वृद्धिका लागि साझा धारणा बनाउदै सुनवल नगरपालिका

नवलपरासी,२९ पुसबालमैत्री नगरपालिका हुदै महिला मैत्री नगरपालिका बनाउने अभियानमा लागेको जिल्लाको सुनवल नगरपालिका अहिले राजस्व वृद्धि तथा आर्थिक सबल बनाउने लक्ष्य लिई काम गर्न थालेको जनाएको छ । केही दिन अगाडी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष युद्ध बहादनुर गुरुगँलाई नै सहभागि गराई नगरपालिकाका पदाधिकारी,कर्मचारी तथा जनप्रतिनिधिसँग कार्यक्रम गरि सो क्षेत्र प्रति प्रेरित गराउने गरि काम थालिएको हो । नगरलाई फरक फरक पहिचान गराउने उदेश्यले आफु काम गर्न लागिएको नगरपालिकाकी मेयर विमला अर्यालले जानकारी गराएकी थिईन् । जस्मा सुनवल नगरपालिका नेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा गराउन सफल भई सकेको छ । अहिले महिला मैत्री नगर निर्माणका लागि आवश्यक पुर्वाधार निर्माणमा लागेको छ । यसै गरि प्राकृतिक स्रोतको अधिक्तम उपयोग गरि वित्तिसँग जोडेर समृद्धि सुनवल बनाउनका लागि पनि कामको शुभारम्भ...
प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन

नवलपरासी,१९ पुसप्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासी जिल्ला नेतृत्व चयन भएको छ । पार्टीको लुम्विनी स्तरीय भेलाले गत पुष १२ गते जिल्ला इन्चार्जमा गोपी ज्ञवाली र जिल्ला प्रमुखमा चन्द्रभुषण पाठक(आलोक)लाइ जिमेवारी दिएको हो ।पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजबादी पार्टी नयाँ शक्ती र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्टिय अभियान र राष्टिय स्वतन्त्र पार्टी परित्याग गरेका संतोश परियारको समुह एकतापछि गत मंसिरमा प्रगतिशील लोकतान्त्रीक पार्टी घोषणा भएको थियो । उतm पार्टीको जिल्लामा पनि नेतृत्व चयन गरि कृयाशिल बनाइएको जिल्ला इन्चार्ज गोपी ज्ञवालीले परासी प्रेस क्लब मार्फत पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी गराएका थिए ।उनले भने, “जेनजी प्रदर्शनलाइ सम्बोधन गर्ने नयाँ विचार नयाँ ठाउँमा जाने गरी प्रगतिशील लोकतान्त्रीक पार्टी गठन गरेको हो । साथै पार्टीको भेलाले (ब...
एमाले महाधिवेशनमा हिराको पक्षमा महोल
राजनीति, समाचार

एमाले महाधिवेशनमा हिराको पक्षमा महोल

काठमाडौ. नेकपा एमालेको ११ औ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उठेका हिराबहादुर केसीको पक्षमा माहोल उठेको छ । बागलुगँ जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्ष भएका केसी यसपाली केन्द्रिय सदस्यमा प्रवेश गर्दै छन् । उनको आफ्नो प्रचार प्रसारलाई ब्यापक मात्र बनाएका छैनन् कि आम प्रतिनिधिको विश्वास पनि जितेका छन् ।एमालेमा ९जना जिल्ला अध्यक्षहरु दोहोरिएर अध्यक्ष भएका छन् ।तिनीहरु मध्ये हिरामात्र उमेदवार भएका छन् । उनलाई सघाउन ति जिल्लाअध्यक्षहरुले आफ्नो क्षेत्रमा आन्तिरिक सर्कुलर गरेको एक अध्यक्षले बताए । एमाले युवा नेता मध्ये चर्चित केसी सरल स्वभावका मान्छे हुन् । दोश्रो पटक जिल्ला अध्यक्ष हुदा उनी निर्विरोध भएका थिए । महाधिवेसन प्रतिनिधिहरु हरिालाई जिताउन सकारात्मक देखिएका छन् । खुला तर्फ ७२ जना सदस्यलाई भोट हाल्दा एक भोट आफुलाई दिन उनले सबैसँग अनुरोध गरेका छन् ।...
नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो

नवलपरासी,२६ मंसिरअगामी फागुन २१ गते हुन गई रहेको संघिय संसद प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेदवारी सिफारिसमा किचलो देखिन थालेको छ । एकतर्फि रुपमा ६।६ पटक उमेदवारको नाम सिफारिस गर्दा पार्टी विधान मापदण्ड विपरीत भएको जिल्लाका कार्यकर्ताले असन्तुष्टि ब्यतm गर्न थाले पछि नेपाली काँग्रेस उमेदवार छनौटमा किचलो देखिन थालेको हो ।उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो देखियो, एक कार्यकर्ताले भने, उमेदवार छनौटमै किचलो देखिए पछि चुनाव कसरी जित्ने ? कार्यकर्ताको मनोबल कसरी उठ्ने ? जस्ता प्रश्न पनि आउन थालेको छ । जेनजीको आन्दोलनको मुख्य ध्येय नै पुस्तान्तरण हो,तर तिनै ब्यतिm निरन्तर उमेदवार बनिराख्दा कार्यकर्तामा माझ असन्तुष्टि ल्याउछ नै,उनले थपे, केही ब्यतिmलाई कोही प्रिय हुन सक्छ,उनीहरुले आफ्ना राय ब्यतm गर्न पाउछन्,तर उमेदर छनौट जस्ता विषय सबै जिल्लाका कार्यकर्ताहरु भेला भई उमेदरवार ...
रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक
राजनीति, रामग्राम नगरपालिका, समाचार

रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.4 का वार्डअध्यक्ष मदन यादवले आफ्नो दुई कार्यकालको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेका छन् । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उनले आफु दोश्रो पटक वार्ड अध्यक्षमा निर्वाचित भई काम गर्दै आएको जानकारी गराउदै नगर गौरवको आयोजना सहित वार्ड स्तरबाट हुने कार्यप्रगति सुनाएका हुन् ।पहिलो कार्यकालमै आफुले लुम्बिनी प्रदेश सरकारको सहकार्यमा बन्ने नगरस्तरिय संग रंगशाला(खेलमैदान) आफ्नै वार्डमा निर्माण गर्न लगाएको र अहिले उतm रंगशाला अन्तिम चरणमा पुगेको बताएका थिए । त्यसै गरि नगर स्तरकै बसपार्क पनि आफ्नो वार्डमा निर्माण सम्पन्न भई सकेको तथा बसपार्कसम्मको पहुँच मार्ग बन्ने वित्तिकै सञ्चालनमा ल्याइने दाबी गरेका थिए । त्यसै गरि शिक्षा क्षेत्रको विकासको रुपमा वार्ड नं.४ मै रहेको पाल्ही बहुमुखी क्याम्पसको सौन्दर्यीकरण,प्रवेशद्धार,साईकल स्टैण्ड,पुस्...
नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड

नवलपरासी,२५ कातिकमतदाता नामावली संकलन गर्ने समय जति सकिदै जादा जिल्ला स्थित निर्वाचन कार्यालयमा मतदाता नामावलीका लागि फोचो खिचाउनेको भिडभाड बढदै गएको छ । शुरु शुरुमा नआउने तर समय सकिदै जादा मतदाता नामावलीका लागि कार्यालयमा भिडभाड लाग्ने नेपालीहरुकै प्रवृति भएको निर्वाचनन कार्यालयका कर्मचारीहरुले बताउन थालेका हुन् ।जेनजी आन्दोलन पश्चात बनको नागारिक सरकारले फागुन २१ संघिय संसद प्रतिनिधिसभाको निर्वाचन तोकेको थियो । निर्वाचन आयोगले त्यसका लागि थालेको निर्वाचन प्रकृया अनुसार नै अहिले मतदाता नामावलीमा नास समावेश गराउने र मतदान गर्ने स्थान परिवर्तन गराउन चाहनेका लागि निर्वाचन कार्यालयले काम शुरु गरे पनि कातिकको दोश्रो साता देखी मात्र भिडभाड हुने गरेको छ । आन्दोलन पश्चात दशै तिहार,छठ जस्ता चाडपर्वले पनि मानिसको ब्यस्तता तथा विदाले पनि निर्वाचन कार्यालयमा भिडभाड कम हुने गरेको तर अहिले दिनहुँ विहान ...
प्रतापपुर गाउपालिकामा ९२ जना कर्मचारीको करार सम्झौता रद्द
अर्थ, प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुर गाउपालिकामा ९२ जना कर्मचारीको करार सम्झौता रद्द

नवलपरासी,२ कातिकजिल्लाको प्रतापपुर गाउपालिकाले करार सेवामा कार्यरत ९२ जना कर्मचारीको सम्झौता रद्द गरे पश्चात कर्मचारी सेवाबाट निस्कासित भएका छन् । नेपाल सरकारको निर्णय अनुसार भएको परिपत्रका कारण करार कर्मचारी आवश्यकता भए पनि करार सम्झौता रद्द गरिएको गाउपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।सम्झौता रद्द हुनेमा सबै भन्दा बढि शिक्षा तर्फका कर्मचारी रहेका छन् । शिक्षा तर्फ ६१ जना,वार्ड कार्यालयमा रहेका प्रशासनिक क्षेत्रका २० जना र स्वास्थ्य क्षेत्रका ११ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको पत्रकार सम्मेलनमा गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी गराएका थिए । उनीहरुको करार सम्झौता रद्द हुने कातिक १ गते देखी नै लागु हुने गरि गाउपालिकाले निर्णय गरेको उनले सुनाएका थिए । आन्तरिक स्रोत कम भएको र संघिय अनुदानबाट तलब सुविधा प्रदान हुदै आएका कारण अहिले संघिय सरकारले नै निर्णय गरि परिप...