जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका
मर्चवारी (रुपन्देही),२७ भदौरुपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने भएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरु पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मिहेनत र परिश्रमले गाउपालिकाले उतm स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरुको हौसला गाउ कार्यप...