Tag: Krishna Sapkota

प्रमुख प्रशासकिय सापकोटा देवदह पुगेर महिना दिन भित्रै शुभारम्भ गरे दुई अभियान
देवदह नगरपालिका, समाचार, समाज

प्रमुख प्रशासकिय सापकोटा देवदह पुगेर महिना दिन भित्रै शुभारम्भ गरे दुई अभियान

नवलपरासी,१५ भदौ,विगत एक बर्ष भित्र जिल्लाको वर्दघाट नगरपालिकामा विभिन्न १० अभियान शुरु गरि हालै सरुवा भएर देवदह गएका प्रमुख प्रशासकिय अधिकृत एक महिना नबत्दिै दुई अभियानको सुभारम्भ गरेका छन् । आफुलाई अभियन्ता भनेर चिनाउने गरेको देवदहका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा सो नगरपालिकामा हाजिर हुने वित्तिकै सरसफाई अभियान शुभारम्भ गरे । एक साता भित्रै राजश्व वृद्धि गर्न मिसन स्रोत परिचालन अभियान घोषणा गरेको हुन् । सबै जनप्रतिनिधि र सबै कर्मचारी मिलेर अभियानमुखी कार्य थालिनु पर्छ,उनले भने,यसले स्थानियबासी र संघसस्था समेतलाई आकर्षित हुनेछन् । विकासको मुल प्रवाहमा सबै जनता मिलेर काम नगरेसम्म सरकारले मात्र विकास गरेर सम्भवन नहुने उनको अनुभव छ । कार्यालयमा हाजिर पश्चात आफै कार्यालय परिसरको सरसफाईमा अग्रसर भए पछि सरसफाई कार्य गर्ने कर्मचारी मात्रै नभई कार्यालयका सबै कर्मचारी त्यसमा ...
कोलिय गणराज्यको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल) क्षेत्रमा पर्यटकिय पुर्वाधार थपिदा आकर्षण बढ्दै
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

कोलिय गणराज्यको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल) क्षेत्रमा पर्यटकिय पुर्वाधार थपिदा आकर्षण बढ्दै

नवलपरासी,२८ असारप्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन हल्लिदावस नगरको रुपमा चिनिने वर्दघाट नगरपालिका स्थित पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पुर्वाधार थपिदा आकर्षति हुदै गएको छ । तालको विचमा भगवान बुद्धको मुर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकलाई लोभ्याउने गरेको हो ।वर्दघाट नगरपालिकाले बुद्धमंगल ताल क्षेत्रलाई पर्यटकिय पुर्वाधार विकासँगै वृहद लुम्बिनी(ग्रेटर लुम्बिनी) मा समावेश गराई बौद्ध परिपथ भित्र राख्नका लागि पनि पहल भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । बौद्ध परिपथमा समावेश भए पछि लुम्बिनीमा आउने पर्यटकलाई यो बुद्धमंगल पनि एक बौद्ध तिर्थ स्थल भएको जानकारी पश्चात धार्मिक पर्यटक बढने आशाका साथमा पर्यटन पुर्वाधारमा लगानी वृद्धि गरिएको उनको भनाई थियो । प्राचिन कालमा कोलिय गणराज्य अन्त...
वर्दघाटमा छात्रवृति दिवसको घोषणा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठजिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपा...
वर्दघाट नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि उपज संकलन तथा विक्रि केन्द्र
कृषि, बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि उपज संकलन तथा विक्रि केन्द्र

नवलपरासी,३ जेठजिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने कृषकहरुलाई राहत पुग्ने गरि सो केन्द्र सञ्चालनमा ल्याएको हो । कृषकको उत्पादन खेर नजाओस र कृषकलाई प्रोत्साहित गर्ने गरि कार्यविधि कानुन नै पास गरेर यस्तो कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि बुधवार देखी संकलन कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । जिल्लाको सम्भवतः पहिलो पालिका हो,उनले भने,विधि पुर्वक किसानको उत्पादन नगरपालिकाले उचित मुल्यमा खरिद गरिदिइने र उपभोतmालाई विक्रि वितरण गरिदिईने गरि काम अगाडी बढाएको छ । रेडक्रसको भवन भाडामा लिई तत्काललाई संकलन केन्द्र सञ्चालनमा ल्याएको बताउदै उनले अगामी दिनमा यसलाई ब्यव...
बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट
अर्थ, बर्दघाट नगरपालिका, समाचार

बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट

नवलपरासी,९ बैशाख,जिल्लाको वर्दघाट नगरपालिकाले अगामी नगरसभाको तयारीसँगै नगरसभामा प्रस्तुत गरिने आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट कार्यक्रम र त्यसको लागि योजना तजुर्मा गर्ने कार्यसुचि सार्वजनिक गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार सो कार्ययोजनाले आम जनसमुदायको बढी भन्दा बढी सहभागिता गराउने उदेश्यले सार्वजनिक गरेको हो ।लोकतान्त्रिक मुल्यमान्यता र पार्दर्शिता अभिवृद्धि गराउने र जनसहभागिता बढाउनका लागि कार्यसुचि सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाकारी गराए । कार्यसुची अनुसार सबै नगरबासीले कुन दिन के हुदैछ,भनेर थाहा पाउनेछन्,उनले भने,त्यसमा सहभागि भई आफ्नो सुझावहरु राख्ने छन् । यसले नगरसभामा प्रस्तुत गरिने कार्यक्रमहरु बढि भन्दा बढि प्रभावकारी हुने विश्वास लिईनेको उनको भनाई थियो । नगरको विकासमा नगर सरकारको नेतृत्व हो,तर विकासमा नगरराज्यका नागरिक ...
वर्दघाट नगरमा प्राज्ञिक गतिविधिमा अग्रसर प्रज्ञा प्रतिष्ठान
बर्दघाट नगरपालिका, समाचार, संस्कृति

वर्दघाट नगरमा प्राज्ञिक गतिविधिमा अग्रसर प्रज्ञा प्रतिष्ठान

नवलपरासी,१३ चैत्रजिल्लाको वर्दघाट नगरपालिकाले यसै बर्ष गठन गरेको वर्दघाट प्रज्ञा प्रतिष्ठानले पाएको जिम्मेवारी अनुसार आफ्नो कार्यक्षेत्रमा अग्रसरता बढाएको हो । मासिक रुपमा वर्दघाट नगरपालिकाले प्रकासित गर्ने गरेको मासिक प्रगति प्रतिवेदनमा समेत प्रज्ञा प्रतिष्ठानले गर्ने गरेको कार्यक्रम तथा निर्णय गरि कार्यान्वन गर्दै आएका योजनाहरु समावेश गराएको हो ।वर्दघाट नगरपालिकाले प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन नै बनाएर गठन गरि कामको जिम्मेवारी प्रदान गरेको झण्डै पाँच महिनामै प्रज्ञा प्रतिष्ठानले गाँउ गाँउ र टोल टोलमा आफ्नो प्राज्ञिक कार्यलाई तिब्रता दिइएको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा प्रतिष्ठानले विभिन्न विधागत रुपमा जिम्मेवारी र संयोजक समेत तोकेर काम गर्ने गरिएको प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमिीले जानकारी गराएका थिए । प्रज्ञा प्रतिष्ठान गठन भएको एक बर्ष पनि भएको छैन्,उनले भने,तर ...
प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क

नवलपरासी,९ चैत्र,जिल्लाको वर्दघाट नगरपालिकाका विद्यालयहरुमा ‘हाम्रो दुई मिनेट’ ले विद्यालय चिटिक्क बनेको छ । सफा वर्दघाट हरियाली बर्दघाट अभियान अन्रतगत नै नगरपालिका भित्र विद्यालयहरुमा हाम्रो विद्यालयको सुन्दरताका निम्ति प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय सफा चिटिक्क बनेका हुन् ।दुई महिना देखी नियमित रुपमा सामुदायिक तथा सस्थागत धार्मिक मदरसा जस्ता सबै शैक्षिक सस्थालाई पनि सफा सुग्घर बनाउने सफाई गरिएको छ । फूल,विरुवाले सजावट गर्दै हराभार बनाउने कार्य गर्नका लागि विद्यालय लक्षित ‘हाम्रो दुई मिनेट’ कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । गरे हुदोरहेछ,उनले भने,यस्को उदाहरण विद्यालयलाई हेर्न सकिन्छ । पहिला बालबालिकालाई केही गर्न लगाउनु हुदैन् भन्ने मान्यता तोड्दै यस्ता कार्यमा बालबालिकालाई नै अभिप्रेरित गर्नु पर्छ । सरसफ...
स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका
बर्दघाट नगरपालिका, विचार, शिक्षा

स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका

विषय प्रवेश : नेपालको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो विकास, शान्ति, सुशासन र समृद्विको लक्ष्य प्राप्तिका लागि नागरिकको शिक्षा पाउने अधिकारलाई मौलिक अधिकारकोरुपमा प्रत्याभूत गरेको छ । समतामूलक, सीपमूलक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै समृद्व नेपालको आधारशीला हो भने व्यक्ति, परिवार, समुदाय र राष्ट्रको समुन्नतीको जग हो । संविधानको मर्म र भावना हो । विश्वमा नेपाल, नेपालमा लुम्विनीदार्शनिक,ऐतिहासकि सम्पदा,परम्परा र मौलिक चिन्तन,अलौकिक हावापानी, विविधताका दृष्टकोणबाट समृद्व छ । हामीले हाम्रो सम्पदा र समृद्वि भित्र लुकेका क्षमता र सम्भावनाहरुलाई उजार गरेर नागरिकलाई त्यसको अनुभूति दिलाउन र शिक्षाको माध्यमबाट समाजमा विद्यमान हुने र नहुने बीचको खाडल कम गर्ने गरी कार्यसम्पादन गर्नु जरुरी छ । सीमित स्रोतको बाबजुद पनि दृढइच्छा शक्ति र लगाव हुने हो भने विद्यमान स्रोत साध...
पहाडी भेगमा पनि आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्दै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

पहाडी भेगमा पनि आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्दै वर्दघाट नगरपालिका

नवलपरासी १९ माघसमृद्ध नगर बनाउने अभियानमा जुटेका जिल्लाका वर्दघाट नगरपालिकाले लक्ष्य अनुसारको काम गर्ने गरि पालिका भित्रै स्रोत पहिचानमा तिब्रता दिएको छ । तराईको समथर भुमिसँगै चुरेपहाडसँगै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले तराईमा मात्रै नभई पहाडी क्षेत्रमा पनि स्रोत पहिचान गर्ने कार्यलाई तिब्रता दिएको हो ।समृद्ध नेपाल शुखी नेपाली राष्ट्रिय नारालाई साकार पार्नका लागि पनि नगरपालिका स्तरबाट पनि आर्थिक सम्भावनको खोजी गर्न नगरपालिका लागेको छ । त्यसका लागि तराई,मधेश र पहाडी क्षेत्रलाई पनि अध्ययन थालिएको छ । पहाडलाई पनि आर्थिक स्रोतको सम्भाब्यता रहेको र त्यसको पहिचान गर्नका लागि नगरप्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितको प्राविधिक टोलीले पहाडको मोर्चाघोला विहारी हुदै सँसारकोटसम्मको क्षेत्रको स्थलगत अवलोकन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानक...
नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका

नवलपरासी,२७ पुसनयाँ नयाँ अवधारणा ल्याउदै काम गर्ने अग्रसरता लिएको जिल्लाको वर्दघाट नगरपालिकाले यहिँ माघ २ गते समृद्ध नगर निर्माणका लागि लगानी संवाद गराउने भएको छ । नगरपालिकालाई नयाँ आयाम दिएर विकास पुर्वाधारमा लगाडी बढाउने उदेश्यले लगानी संवाद गर्न लागिएको हो ।वर्दघाट नगरपालिका पर्ने नवलपरासी प्रतिनिधिसभा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य (संघिय साँसद)मा निर्वाचित समेत भएका उद्योगपति तथा आर्थिक बिकासका कोच समेत रहेका साँसद विनोद चौधरीको प्रमुख आथित्यतामा सो संवाद गराउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । साँसद चौधरी नेपालका विभिन्न स्थान र नेपाल बाहिर पनि आर्थिक विकासमा आफ्ना धारणा,बहस र कोचिगँ कक्षा चलाउने गरेका छन्,उनले भने,त्यो वर्दघाट नगरपालिकाले पनि उनकै सहभागितामा बहस चलाएर अवसर छोप्न खोजेको छ । त्यसका लागि सबै सरोकारवालालाई कार्यक्रममा सहभागिता ग...