नवलपरासीका केरा कृषकको केराबालीमा ‘ब्लेक सिगाटोगा’ नामक ढुसीजन्य रोग देखियो
नवलपरासी,२५ साउनप्राय केराबालीमा लाग्ने रोगको ढुसी विगतमा भारतमा देखा परेको ‘ब्लेक सिगाटोगा’ नामक ढुसी नेपालमा समेत देखा परेको छ । जिल्लाको नवलपरासीको पुर्वि क्षेत्रमा हुने गरेको केराबालीमा यस्को प्रभाव देखिन थाले पछि सो रोगको परिक्षण गर्दा ब्लेक सिगाटोका नामक ढुसी फेला परेको हो ।गत बर्ष पनि सोही ढुसीले केरामा रोग लागे पछि कृषि अनुसंधान परिषद(नार्क)का बैज्ञानिकहरुले सो रोगबारे अनुसंधान गरेर ब्लेक सिगाटोगा नामक ढुसीको पहिचान भएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिव प्रसाद अर्यालले जानकारी गराए । यो बर्ष पनि सोही ढुसीले केराबालीमा रोग लागेर क्षति पुर्याएको सुचना पाए पछि ज्ञानकेन्द्रका प्राविधिक सहित अर्याल स्थलगत रुपमा पुगेका थिए । अघिल्लो बर्ष जे लक्षण केरा बालीमा देखिएको थियो, त्यही लक्षण अहिले पनि देखियो, प्रमुख अर्यालले भने, तर यो प्रकारको ढुसी चाडै धेरै क्षेत्रमा फैलिएर बालीनालीमा...