सरावल गाउँपालिका

मिटरब्याजसँग सम्बन्धित जग्गाको घरगोठ सिफारिस गर्दा पिडितसँग छलफल गराउनु पर्ने माग
अर्थ, कृषि, समाचार, सरावल गाउँपालिका

मिटरब्याजसँग सम्बन्धित जग्गाको घरगोठ सिफारिस गर्दा पिडितसँग छलफल गराउनु पर्ने माग

नवलपरासी,२१ असोजचर्को ब्याज असुली गर्ने(मिटरब्याजी) साँहुको विरुद्धमा संघर्ष गर्दै आएका पिडितहरुले आफ्ना विभिन्न माग राखेर स्थानिय सरकारका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल नवलपरासीले स्थानिय सरकारका प्रमुखलाई किसानको जग्गाको लिलामी प्रकृयाका लागि घरगोठ सिफारिस गर्दा एक पटक सम्बन्धित किसानसँग छलफल गराएर मात्र गर्नु पर्ने माग राखेका हुन् ।ऋण दिदा दिएको रकम भन्दा बढिको रकम उल्लेख गरि कागजातमा सहि छाप गराएका मिटरब्याजी साँहुले अहिले उतm जग्गा लिलाम विक्रि गर्दा किसान भुमिहिन बन्ने अवस्थामा पुगेका छन् । न्यायका लागि एक पटक स्थानिय तहबाट घरगोठ सफिारिस गर्दा मिटरब्याजसँग जोडिएका जग्गाको धनिसँग छलफल गराई मात्र दिनु हुन उनीहरुले अनुरोध गरेका थिए । मिटरब्याज विरुद्धको किसान मजुदर आन्दोलन नेपाल नवलपरासीका अध्यक्ष कुल बहादुर थापा सहितको टोलीले साँहुह...
थारु साँस्कृतिक पार्कमा थपिदै पुर्वाधार,उत्साही थारु समुदाय
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु साँस्कृतिक पार्कमा थपिदै पुर्वाधार,उत्साही थारु समुदाय

नवलपरासी,१० भदौस्थानियको सक्रियतामा शुरु भएको जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृति पार्कमा पुर्वाधार थपिदै गएको छ । संघिय सरकारको लागनी भएर उतm थारु साँस्कृतक पार्कमा थारु एकेडेमी सहितको दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । स्थानियबासीसँगै सरावल गाउपालिकाले समेत पार्क ब्यवस्थित गराउन लगानी गर्न थाले पछि संघिय सरकारबाट समेत बजेट लगानी भएर अहिले दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको थियो ।शुरुमा चरन क्षेत्र रहेको उतm स्थानमा स्थानियबासी वृक्षारोपण गरेका थिए, अहिले त्यही वृक्षारोपण क्षेत्र पार्कमा परिणत हुन थालेकोले स्थानियबासी उत्साही पनि बन्दै गएका छन् । पार्कमा पुर्वाधार बन्दै छ, गाउपालिकाका अध्यक्ष सुखाडी चौधरीले भने, पुर्वाधार विकासका लागि लगानी हुन थाले पछि मुर्तरुप पाउने भएको छ ।पार्क ब्यवस्थानमा स्थानिय सक्रिय भए पछि अहिले संघि...
जापानी प्रोफेसरद्धारा नेपालका थारु संस्कृतिबारे अध्ययन अनुसंधान गर्दै पुगे सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका, संस्कृति

जापानी प्रोफेसरद्धारा नेपालका थारु संस्कृतिबारे अध्ययन अनुसंधान गर्दै पुगे सरावल गाउपालिका

नवलपरासी,६ भदौजापानी विश्वविद्यालयका प्रोफेसर नेपालका थारु समुदायको समाजिक,साँस्कृतिक रिति रिवाजबारे अध्ययन गर्दै नवलपरासीको सरावल गाउपालिका पुगेका छन् । थारु समुदायको जन्म देखी मरणोपरान्त गरिने संस्कार र संस्कृतिबारे अध्ययन गर्नका लागि प्रोफेसर टाटसुरो फुजिकुरा (त्बतकगचय ँगवष्पगचब) र थारुसँग सम्बन्धित वर्दिया स्थित एक सस्थाका प्रतिनिधि एकराज थारु सहित सरावल गाउपालिकामा थारु समुदायको अवस्था बुझ्न आएको गाउपालिकाले जनाएको हो ।थारु समुदायको अध्ययन अनुसंधानमा विदेशीले पनि चाँसो लिईनु सकारात्मक भएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी गराए । मुल निवासी आदीबासी थारु समुदायबारे स्वदेशमा अध्ययन कम भए पनि विदेशीले चाँसो लिएर तटस्थ रुपमा बास्तविक कुरा बाहिर ल्याउनेमा उनले विश्वास ब्यतm गरेका थिए । जन्म देखी थारुले गर्ने आफ्ना परम्परा र रितिरिवाजबारे आफुले जानेको सुनेको जति सुनाएको थिए, उ...
नेपाली सेनाद्धारा स्थानिय युवालाई विस्फोटक पदार्थबारे सचेतना
समाचार, समाज, सरावल गाउँपालिका

नेपाली सेनाद्धारा स्थानिय युवालाई विस्फोटक पदार्थबारे सचेतना

नवलपरासी,४ साउननेपाली सेनाको काली भतिm गण रुपन्देहीले नवलपरासीको सरावल गाउपालिकाका युवाहरुलाई विस्फोटकजन्य पदार्थको जोखिमबारे जनचेतना कार्यक्रम गरेको छ । स्थानिय युवाहरुलाई विस्फोटक पदार्थ प्रति सचेत रहनका लागि सो सचेतना कार्यक्रम गरेको हो ।सेनको नियमित कार्यक्रम अन्तरगत नै सेनाले स्थानिय युवाहरुलाई सचेतना कार्यक्रम गरेको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराएका थिए । सेनाले जानकारी गराउने महत्वपुर्ण जनकारीले युवाहरु सचेत हुने छन् , उनले भने, यसमा गाउपालिकाले समेत सहजीकरण गरेको थियो । विस्फोटक पदार्थ देखिएमा रुक्नुस,शान्त रहनुस,त्यस नजिक नजानुस,नछुनुस,उठाउने प्रयास नगर्नुस,त्यस्ता बस्तु लठ्ठि वा अन्य कुनै बस्तुले पनि नछुनुस र अरु कोही नजिक छन्भन्ने सचेत गराउनु पर्ने पहिलो कार्यबारे जानकारी गराइएको थियो ।त्यसै गरि दोश्रो काम वरिपरि हेर्नुस,अगाडी नबढनुस,गाउघर परिवार तर्फ ...
बौद्धकालिन प्राचीन सायुगा नगरलाई पर्यटकिय गन्तब्य बनाउन उबासंघको चाँसो
पर्यटन, समाचार, सरावल गाउँपालिका

बौद्धकालिन प्राचीन सायुगा नगरलाई पर्यटकिय गन्तब्य बनाउन उबासंघको चाँसो

नवलपरासी, १ साउनप्राचीन कोलिय गणराज्य भित्रको महत्वपुर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग बाणिज्य संघले पर्यटकिय गन्तब्य बनाउनमा चाँसो ब्यतm गरेको छ । जिल्लाको सरावल गाउपालिका ३ सरावल र जनकपुर गाँउको विचमा अवस्थित उतm स्थल बुद्धभुमिसँग जोडिएको हुदा बौद्धपरिपथसँग जोडेर यस क्षेत्रको विकास गरि पर्यटकिय गन्तब्य बनाउनु पर्ने टोलीले चाँसो ब्यतm गरेका हुन्संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बौद्ध परिपथसँग जोडेर यो स्थानलाई बुद्धभुमि चिनाउनमा गाउपालिकाले काम गर्न सुझाव दिइएका थिए । उनले यसका लागि संघले पनि निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा लाग्ने बताएका थिए । बौद्धकालिन(सरावल गाँउ) नामले चिनिने सम्भावित प्राचिन नगर भएको भन्दै गाउपालिकाका तत्कालिन अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलेले उतm स्थान नै सायुगा नगर भएको घोषणा सम...
सरावल गाउपालिकाद्धारा सिमावर्ति भुजहवा बजारमा अनुगमन
अर्थ, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाद्धारा सिमावर्ति भुजहवा बजारमा अनुगमन

नवलपरासी,१६ असारजिल्लाको सरावल गाउपालिकाले सिमावर्ति भुजहवा बजारमा बजार अनुगमन गरेको छ । गाउपालिकाको नियमित कार्यक्रम अनुसार बजार अनुगमन गरिदै आएको र अहिले सिमावर्ति भुजहवा बजार क्षेत्रका पसलहरुको अनुगमन गर्ने कार्य थालिएको हो ।गाउपालिकाका प्रमुख प्रशासयिक अधिकृत विशाल मिश्रा सहितको टोलीले बजार क्षेत्रका पसलहरुको दर्ता,नविकरण लगायतका कागजात तथा पसलमा राखिएका मालबस्तुहरुको म्याद,तौल,अवस्था,सरसफाईको ब्यवस्थापनबारे सुचक अनुसारको अवस्था अनुगमन कार्य थालिएको गाउपालिकाले जनाएको छ । यसले स्थानियबासीमा कानुनी प्रकृया पुरा गरि पसल ब्यवसाय गर्नु पर्ने र उपभोतmाको हितलाई मध्यनजर राखेर आफ्नो उद्यम ब्यवसाय गर्नु पर्ने कुरा समेत जानकारी गराईने कार्य गरिएको प्रमुख प्रशासकिय अधिकृत मिश्राले जनाएका थिए । अनुगनममा घरेलु तथा साना उद्योग कार्यालय परासीका कर्मचारी मनोज चौधरी लगायतको ,जनप्रतिनिधि, सुरक्षाकर्मी ...
भुतहा महेशपुर सडक पिच हुदा स्थानियलाई राहत
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

भुतहा महेशपुर सडक पिच हुदा स्थानियलाई राहत

नवलपरासी,६ जेठएक दशक देखी मर्मत सम्भारको उपेक्षामा परेको सरावल गाउपालिका स्थित भुतहा महेशपुर सडक पुनः पिच भए पछि स्थानियबासी राहत हुने भएको छ । पटक पटक स्थानियबासी र गाउपालिकाले समेत सडक मर्मतका लागि सरोकारवाला निकायसँग गर्दै आएको भए पनि अहिले एक दशक पछि सो सडक मर्मत र स्तरोन्नती गरि पिच गरिएको हो ।जिल्लाका महत्वपुर्ण सडकको अवस्थाबारे सरावल गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रीलाई स्थलगत अवलोकन गराएर अवगत गराएका थिए । जिल्लाको भन्सार नाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत १० बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएको समस्याबारे लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाललाई अवगत गराइएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराएको र अहिले सो सडक पिच भई रहेको जानकारी गराए । यसले स्थानियमा उत्स...
बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्ती तथा दोश्रो ‘ककरपत्त महोत्सव’ मनाईयो
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्ती तथा दोश्रो ‘ककरपत्त महोत्सव’ मनाईयो

नवलपरासी,२९ बैशाखलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीको अवसरमा दोश्रो ककरपत्त महोत्सव गरि मनाइएको छ । उतm महोत्सवमा विभिन्न साँस्कृति कार्यक्रम,खेलकुद गर्दै ककरपत्त सहित सरावल गाउपालिका भित्रको प्रमुख चार बौद्ध स्थल समेटिएको कोलीय गणराज्यका ऐतिहासिक नगरीहरु नामक नेपाली र अँग्रेजी दुई भाषामा पुस्तक समेत विमोचन गरिएको हो । साता ब्यापी कार्यक्रममा भिच्छुलाई भोजनदान गरि शुरु गरिएको थियो । बुटवलको गंगरनगर र शंकरनगर स्थित बौद्ध विहारबाट आएका ४ जना भिच्छुडी र ६ जना भिच्छु सहित १० बर्गिय भिच्छुसँघलाइ गाउपालिकाद्धारा भोजनदान गरिएको थियो । बुद्ध स्थलको रुपमा चार स्थान रहे पनि अहिले तत्काल ककरपत्त नगरलाई नै केन्द्र बनाई गाउपालिको बुद्धजयन्ती मनाउने योजना बनाएको बताएका थिए । अगामी दिनमा बाकी बौद्ध स्थलहरुमा पनि विभिन्न ...
बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान
समाचार, सरावल गाउँपालिका, संस्कृति

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान

नवलपरासी,२५ बैशाखलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान गरिएको छ । बुटवलको गंगरनगर र शंकरनगर स्थित बौद्ध विहारबाट आएका ४ जना भिच्छुडी र ६ जना भिच्छु सहित १० बर्गिय भिच्छुसँघलाइ गाउपालिकाद्धारा भोजनदान गरिएको हो ।साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने कार्यक्रम अन्तरगत नै बौद्धभिच्छुलाई भोजनदान गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । भोजनदान पश्चात अध्यक्ष चौधरी,उपाध्यक्ष बासमति हरिजन,पुर्व अध्यक्ष राधेश्याम चौधरी र पुर्व उपाध्यक्ष उत्तमा राय सहित कार्यपालिका सदस्य र वार्ड अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गरिएको थियो । २६...
बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै
समाचार, सरावल गाउँपालिका, संस्कृति

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै

नवलपरासी,२३ बैशाखलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीलाई साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने भएका छन् । मंगलवार गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरी सहित स्थानिय संघसंस्था सहितको बैठकले साता रुपमा मनाउने जनाएका हुन् ।बैशाख २३ गते सबेको सर्वपक्षिय बैठकले २९ गतेसम्म कार्यक्रम गरि मनाउने अध्यक्ष चौधरीले जानकारी गराएका थिए । उनका अनुसार २४ गते प्राचीन ककरपत्त नगर परिसरको सरसफाई गरि २५ गते बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिने छ । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गर्ने उनको भनाई थियो । २६ गते देखी विभिन्न अन्तरक्रिया,खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भब्य रुपमा मनाउनुका साथ...