गडयौला मलमा अवसर देख्ने सुनवलका भण्डारीलाई राज्य संयन्त्रबाट नै अवरोध भएको अनुभुति
नवलपरासी, २२ पुसजिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्य सफल बनाए पनि राज्य संयन्त्रबाट असहयोग भई रहेको गुनासो गरेका छन् । साना उद्यमीलाई स्वेदशमै स्वरोगजार गर्न प्रोत्साहन भन्दा राज्य संयन्त्रबाट झन असहयोग भई रहेको आफुले महशुस गरेको सुनाएका हुन् ।
ठूलो उद्योगहरुले जस्तो सुकै मालबस्तु ओसार पसार गर्न पाउने तर समान्य किसानले उत्पादन गरेका गडयौला मल बाहिर पठाउदा जहाँ सुकै प्रहरीको चेक जाँचले हैरान बनाउनुका साथै स्थानिय सरकारले पनि तिनै ठूला उद्योगको मल खरिद गरि अनुदानमा कृषकलाई मल उपलब्ध गराउने तर साना उद्यमीको मल खरिद नगरिदिदा राज्य संयन्त्रबाट सहयोग नपाएको उनको भनाई थियो । उनी गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि कस्सिएर गडयौला मल बनाउने कार्यमा जुटेका थिए् । केही समय त्यो गडयौला मलको प्रचार प्रसार भए पश्चात रुपन्देही लगायतका धेरै जिल्...










