गडयौला मलमा सम्भावना खोज्दै सुनवलका हरि भण्डारी
नवलपरासी,१२ भदौजिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्यमा जमेका छन् ।गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि अहिले गडयौला मल बनाउने कार्यमा जुटेको जनाएका हुन् ।शुरुमा थलिएको कृषि फर्म अहिले गडयौला मलको फर्ममा परिणत गर्दै भण्डारी अहिले गडयौला मलको क्षेत्र विस्तार गर्ने सोच बनाएको सुनाए । थोरै मल बनाउदा बाहिरसम्म निर्यात गर्न सकिएन,उनले भने,केही पनि पलको अर्डर गर्दा एक गाडी चाहियो भन्ने भन्छन्, जुन तत्कालै बनाएर आपुर्ति गर्ने अवस्था हुदैन् । यदि तुरन्तै आपुर्ति गरियो भन्ने पक्कै त्यो गडयौला मल हुदैन ् । गडयौला मल बन्नका लागि कम्तीमा तिन देखी चार महिना लाग्छ नै,उनले आफ्नो अनुभव सुनाउदै भने, थोरै मात्रामा उत्पादन गर्दा विक्री गर्ने समस्या देखियो । त्यो भएर अहिले यसको क्षेत्रफल बढाउन तर्फ लागेको सुनाए ।
गाँउबाट गोबर संकलन गरिन्छ,त्यसमा गडयौला...