सामुदायिक बनले चिरान काठको लगत नपठाउदा डिभिजन बनको ताकेता
नवलपरासी,२१ मााघकाठ चिरानमा जर्ति घोटालाको आरोप लाग्दै आएका जिल्ला सामुदायक बन मध्ये अधिकाँस सामुदायिक बनहरुले लगत विवरण नपठाए पछि डिभिजन बन कार्यालयले ताकेता गर्ने भएको छ । चिरान आदेश लगि काठ चिरान गर्दै आएको भए पनि कति काठ चिरान गर्दा कति काठ,दाउरा,भुस लगायतका लगत विवरण अहिलेसम्म नपठाएको सामुदायिक बनहरुलाई ताकेता गरिने डिभिजन कार्यालयले जानकारी गराएको हो ।चिरान आदेश लगे पछि चिरान पश्चात काठ दाउराको लगत विवरण जति सक्दो छिटो पठाउन जानकारी गराइएको भए पनि हालसम्म दुई वटा सामुदायिक बनले मात्र लगत विवरण पाठएको डिभिजन बन कार्यालयका बरिष्ट बन अधिकृत मरिच कुमार लामाले जानकारी गराएका थिए । उनका अनुसार हालसम्म २३ वटा सामुदायिक बनले चिरान आदेश लगेकोमा बिसासय सामुदायिक बन र बनशतिm सामुदायिक बनले मात्र विवरण बुझाएका छन् । कम्तिमा लगत विवरण त पठाईदिन पथ्र्यो,उनले भने, यसको आधारमा अध्ययन अवलोकन र विश्ले...










