कुखुरा तस्करी नियन्त्रणमा सक्रिय जेनजी युवा समुह
नवलपरासी,२२ असोजजिल्लामा चोरी तस्करी बढदै गए पछि अहिले गाँउ गाँउमा जेन जि समुहका युवाहरु चोरी तस्करी नियन्त्रणमा लागेका छन् । पटक पटक चेतावनी दिदा पनि तस्करी गर्नेहरु नमाने पछि बुधवार रामग्राम १ सण्डाका जेनजी युवाहरु समुहले कुखुरा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।सिमावर्ती भारतिय बजारबाट चोरी तस्करी गरि ल्याउदै गरेको अवस्थामा रामग्राम १ सहुवाटिकर र सण्डा गाँउको विचमा कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिएका थिए । मोटरसाईकलमा लोड गरि सिमावर्ति भारतिय बजारबाट खुलेयाम कुखुराको चोरी पैठारी भई रहेको छ,तर प्रहरी मुक दर्शक भएर हेर्ने हुदा प्रहरीको समेत संलग्नता हुने आरोप स्थानियले लगाउदै आएका छन् । तिन वटा मोटरसाईकलमा सदरमुकाम परासीको सहुवाटिकर गाँउ हुदै कुखुरा लिएर जादै गरेको अवस्थामा स्थानिय युवाहरुले रोक्न खोजे पछि मोटरसाईकलमा राखिएका केही कुखुरा फालेर र केही लिएरै भागेको स्थानिय युवाहरुले ...