नवलपरासी, १९ मंसिर,
जिल्लाको हुलाकी सडक पुल म्याद सकिए पनि पुल नबन्दा स्थानियले दुखेसो पोखेका छन् । प्राविधिक र सम्बन्धित ठेकेदारले पुल निर्माणको कार्य बेलामै नगरिदिदा समस्या भएको भन्दै स्थानियबासीले दुखेसो पोखेका हुन् ।
पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिडेको भन्दै अब पुल बनाउने जिम्मेवारी कस्को ? भनि जिज्ञासा राख्ने गरेका छन् । पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ । पुल नबन्दा धेरै समस्या भएको छ, रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले भने,खोलामा पुल नहुदा यस क्षेत्रको कुईया,बडगो,घिनहा,पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई समस्या भएको छ । विरामी,गर्भवती महिलालाई उपचारका लागि परासी लैजान पनि कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्ने कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ । खेतीपाती गर्दा पनि समस्या भई रहेको उनको दुखेसो थियो ।
सडक पुर्वाधार विकास कार्यालय(आरआईडिओ) मणिग्राम रुपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम.एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । सम्बन्धित निर्माण कम्पनीले यहिँ २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् ।
तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै मतलब छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो,जनताको सेवा सुविधाको कुनै मतलब छैन् । स्थानियबासीले कराएर पनि के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कातिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ । स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियामा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानिय सडक पुल सहयोग ईकाई )एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ ।
सोही पुल भएर अहिले विश्व बैंकको ६२ करोड लगानीमा प्राचिन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको समेत सर्वेक्षण भई निर्माण प्रकृया पनि अघि बढेको छ । सडक बन्यो तर पुल बनेन भन्ने आर्को समस्या देखिन सक्छ । पुल निर्माण ढिलाईले स्थानियबासीमा निरासा छाएको छ । पुल निर्माणको ढिलाईबारे सडक डिभिजनसँग पहल भई रहेको जिल्ला समन्वय समिति(जिससं) प्रमुख भगौती प्रसाद यादवले दाबी गरेका छन् ।