प्रहरीद्धारा आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम

नवलपरासी,२० मंसिर
जिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम २ स्थित पवन माविका बालबालिकालाई आत्महत्याबारे सचेतना दिइएको छ । आत्महत्या न्युनिकरण गर्ने उदेश्यले प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सो सचेतना कार्य गरेको हो ।
उबासंघको सभाहलमा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ५ सय ५० जना बालबालिकालाई सहभागि गराई सचेतना गराइएको कार्यालयका प्रहरी नायब उपरिक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी गराएका थिए । आत्महत्या कसरी न्युनिकरण गर्न सकिन्छ,आत्महत्या रोक्न घरपरिवारको भुमिकाबारे जानकारी गराइएको डिएसपी पाण्डेलले बताए । यो सचेतना अभ्यासले बढदो आत्महत्या रोक्नमा मद्दत पुर्याउने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *