पर्यटन

रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी, २० कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपसंगै्र जोडिएको संघराम क्षेत्र पहिचानमा आए पछि सो क्षेत्रमा भिच्छु निपुन सहितको उपासक टोलीले अध्ययन अवलोकन गरेका छन् । संघाराम क्षेत्र पनि रामग्राम स्तुपकै अँग भएको र उत्तिकै महत्व बोकेको पुरातात्विक तथा बौद्ध स्थलमा अहिले बुद्धसँग अध्ययन गर्ने अध्ययेता,बौद्धभिच्छु र बौद्ध उपासकहरुले चाँसो लिन थालेका हुन् ।भिच्छु संघले आराम गर्ने स्थान संघाराम भएको र हजार भन्दा बढि भिच्छुले आराम अर्थात विश्राम गर्ने स्थानलाई पुरातत्व विभागले पहिचान गरि बौद्धकालिन प्राचीन स्थल भएको भन्दै बोर्ड राखे देखी सो क्षेत्रमा बुद्धसँग सरोकारवालाहरुले चाँसो राख्न थालेको रामग्राम १७ मा रहेको उतm स्थानका वार्डअध्यक्ष कन्हैया मौर्यले बताएका थिए । संघराममा आउने भिच्छुलाई स्थान गर्ने गरि पाँच विघा भन्दा बढि क्षत्रेफलमा सरोवर(पोखरी) समेत रहेको देखाउदै उनले यि ...
बुद्ध प्रबज्या स्थल अनोमाघाटमा लुम्बिनी उपमेयर कल्पना हरिजनको अवलोकन भ्रमण
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

बुद्ध प्रबज्या स्थल अनोमाघाटमा लुम्बिनी उपमेयर कल्पना हरिजनको अवलोकन भ्रमण

नवलपरासी,९ कातिकसिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले अवलोकन भ्रमण गरेकी छिन् । यहिँ बर्ष नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि विभिन्न क्षेत्रको पनि चाँसो बढदै गएको र सोही क्रममा सिद्धार्थको जन्मस्थल भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर हरिजनले सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थानको अवलोकन गरेकी हुन् ।सिद्धार्थ गौतमको जन्म र गृह त्याथ गरि आफ्ना राजसी पद परित्याग गरि प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजी निस्केका थिए । बुद्धको मानविय रुपमा जन्म लिएको लुम्बिनी र बोधीको खोजका लागि औपचारिक रुपमा राजसी पद त्याग गरि ज्ञानको खोजीका लागि महाभिनिष्क्रमण लिएको यो अनोमाघाट दुबै सिद्धार्थको जिवनको महत्वपुर्ण स्थल भएको बताउदै उनले यो स्थानमा पहिलो पटक आएको बता...
देउरवाको रामग्राम स्तुप र देवगावको संघरामको बीचमा चिनियाँ बौद्ध विहार निर्माण हुँदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार

देउरवाको रामग्राम स्तुप र देवगावको संघरामको बीचमा चिनियाँ बौद्ध विहार निर्माण हुँदै

नवलपरासी, ८ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप र संघराम क्षेत्रको विचमा चिनियाहरुद्धारा विशाल बौद्ध विहारको निर्माणले स्तुप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने भएको छ । रामग्राम स्तुप रहेको देउरवा गाँव र संघाराम क्षेत्र रहेको देवगावको सिमा छुट्टयाउने भलुहीखोला किनारमा उतm विहार निर्माणले रामग्राम स्तुप र संघाराम क्षेत्रलाई समेत जेड्ने विश्वास स्थानियले लिएका हुन् ।नेपाल सरकारले खोजी पहिचान गरि तत्कालिन बौद्ध परम्परालाई पुर्नस्थापन गर्न नसकिरहेको अवस्थामा त्यसको महत्व बुझेर नै चिनिया संघसस्थाहरुले रामग्राम स्तुप(देउरवा) र संघाराम स्थान देवगावको साझा पहिचान बनाउन गरे काम गरेको हुन सक्ने अनुमान स्थानियको छ । हुन तँ आधुनिककालमा बौद्ध सँस्कृति र परम्परालाई संरक्षण गरेका चिनियायात्री फाईयाद र ह्वेगँसाँगको यात्रा वृतान्त नै बुद्ध स्थलको पहिचान गराउने आधार प्राचीनकाल देखी कै हो । त...
गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राको परासीमा भब्य स्वागत
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राको परासीमा भब्य स्वागत

,३ कातिकगजेन्द्रमोक्ष धामको रथयात्रा नवलपरासी जिल्ला सदरमुकाम परासी स्थित रामजानकी मन्दिर परिसरमा आए पश्चात स्वागत भब्य स्वागत गरिएको छ । मुस्ताङ देखि शुरु भएको गजेन्द्रमोक्षधाम यात्रा बागलुङ, पर्वत, स्याङ्जा, तनहु, कास्की, चितवन, पाल्पा, कपिलबस्तु र रुपन्देही हुदै पन्द्रौ दिनमा परासी आईपुगेको हो ।कालिगण्डकी कृष्णअवतारको रुपमा दर्शन स्थापित गर्दै आएको गजेन्द्रमोक्षधामबारे आमजनमानसमा जागरण गरिनुका साथै हिन्दु परम्पराको अनुसरण गर्ने र गराउने उदेश्यले यस्तो यात्रा हुदै आएको छ । धामका पिठाधिस कमलनयनाचार्यको सो अभियानले बर्षाै देखी कृष्णगण्डकी भगवानको अवतार स्थापति गर्नमा अग्रसर हुदै विभिन्न धार्मिक कार्यक्रम र अनुष्ठान गर्दै आएको छ । सोही क्रममा सो यात्रा शुरु गरिएको धामका गुरुहरुको भनाई थियो । रथयात्राको रामजानकी मन्दिरमा स्थानिय जनप्रतिनिधि तथा भक्तजनले भब्य स्वागत गरेका थिए । विश्व श...
चुरे फेदीका खाल्टाहरुलाई सिमसारमा रूपान्तरण गर्दै स्थानीय सरकार
पर्यटन, बर्दघाट नगरपालिका, समाचार, सरावल गाउँपालिका

चुरे फेदीका खाल्टाहरुलाई सिमसारमा रूपान्तरण गर्दै स्थानीय सरकार

नवलपरासी,१ कातिकजिल्लाको चुरे पडाडको फेदसँग जोडिएका पालिकाहरुले जल भण्डारणको सम्भाब्यता रहेका क्षेत्रमा पानी जम्मा गरि सिमसार बनाउने कार्यलाई प्राथमिकता दिइएका छन् । हाल जिल्लाको वर्दघाट र सरावल गाउपालिकाले चुरे पहाडको फेदमा खाल्टाखुल्टी जमिनमा जलभरण गरि सिमसार बनाउने कार्यलाई निरन्तरता दिदै आएका हुन् ।जलभरण कार्यले सिमासार क्षेत्र बन्ने हुदा पर्यटन र सिचाईको आधार बनाउन सकिने हुदा सिमसार ब्यवस्थापनमा लागिएको सरावल गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । पहिला देखीकै खाल्टा परेका जँगल भित्रको भुमिलाई जलभरण हुने सक्ने गरि ब्यवस्थित गरिदा आफै सिमसारको स्वरप पाउने गरेको छ, उनले भने, यसले जमिनलाई जलपरिपुरण(वाटररिचार्ज)मा योगदान समेत पुर्याउने छ । पर्यटकिय क्षेत्रको रुपमा विकास हुनुका साथै बनक्षेत्रसँग जोडिएको हुदा बन्यजन्तुलाई पिउने पानी,बन डढेलोको बेला जल उपयोग गर्न सक्ने अवस्थाको समे...
रामग्राम स्तुपामा मनाइयो सम्राट अशोक तथा डा.भिमराव अम्बेडकरको बौद्धधम्म दिक्षा दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपामा मनाइयो सम्राट अशोक तथा डा.भिमराव अम्बेडकरको बौद्धधम्म दिक्षा दिवस

नवलपरासी,२८ असोजभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा सम्राट अशोक र डा.भिमराव अम्बेडकरको बौद्ध धम्म दिक्षा दिवस समारोहको आयोजना गरिएको छ । विश्व बौद्ध धम्म संघ नेपालको आयोजनामा उक्त एक दिवसिय समारोहको आयोजना गरि बुद्धको धम्म र बुद्ध धम्मका प्रवद्र्धक सम्राट अशोक तथा डा.भिवराव अम्बेडरले अपनाएको बुद्ध धम्मबारे चर्चा गरिएको हो । लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले बुद्धको धम्म एक आफैमा करुणा, मता र शान्तिको स्रोत भएको र बेला बेलामा बुद्ध धम्म अपनाएर प्राचीन कालका मगध सम्राट अशोक तथा आधुनिक कालका बोधिसत्व डा.भिमराव अम्बेडकर ले बुद्ध धर्म प्रति आम जनमानसलाई प्रेरित गरेको बताएका थिए । बुद्धले ज्ञान प्राप्त गरेर आफ्ना जिवन कालमा संसारलाई शान्ति, प्रेम, करुणा, समता र सदभाव समाजका वितरण गरेका थिए,उनले भने,उनको जिवनकाल पछि दुई सय बर्ष पछि महामानवको रुपमा उदय भएका सम्राट अश...
विश्व बैंकले ग्रेटर लुम्बिनीबारे रामग्राममा छलफल र परामर्श गर्ने
पर्यटन, रामग्राम नगरपालिका, समाचार

विश्व बैंकले ग्रेटर लुम्बिनीबारे रामग्राममा छलफल र परामर्श गर्ने

नवलपरासी,२७ असोजविश्व बैकको सहयोगमा हाल शहरी बिकास मन्त्रालयबाट तयारीको चरणमा रहेको वृहद लम्बिनी क्षेत्र विकास आयोजना(ग्रेटर लम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्ट)ले नवलपरासीका बुद्धसँग सम्बन्धित सम्भावित क्षेत्रबारे छलफल गर्ने भएको छ । रामग्राम नगरपालिकामा असोज २८ गते मंगलवार विश्व बैक तथा नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजनाका विज्ञ र पदाधिकारीहरुसंग स्थानिय सरोकारवालासँग छलफल र परामर्श गरिने जानकारी नगरपालिकाले गराएको हो ।लुम्बिनीसँग सबै भन्दा महत्वपुर्ण भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम ७ मा रहेको रामग्राम स्तुपसँगै रामग्राम नगरपालिकाका विभिन्न वार्ड भित्र नै बुद्धसँग ५ वटा स्थान रहेको छ । जस्मा रामग्राम १८ मा प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्तिपुर) जुन बुद्धको मावली हो । त्यसै गरि रामग्राम १७ मा रामग्राम स्तुपसँग नै जोडिएको संघाराम क्षेत्र छ । रामग्राम १५ मा प्राचीन स...
बौद्धकालिन बुद्धमंगल ताल क्षेत्रमा सरसफाईको अभाव
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

बौद्धकालिन बुद्धमंगल ताल क्षेत्रमा सरसफाईको अभाव

नवलपरासी,२४ असोजजिल्लाको वर्दघाट नगरपालिका १२ दविला स्थित बौद्धकालिन पर्यटकिय स्थल (बुद्धमंगल ताल) क्षेत्रको सरसफाईको अभाव देखिएको छ । सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुले पुर्वाधार ब्यवस्थानमा सरोकारवालाले काम गरे पनि सरसफाईमा ध्यान नगएको गुनासो गरेका हुन् ।धर्म संस्कृति तथा परम्परामा आधारित रहेर स्थानियले संरषण गर्दै आएको उतm स्थानको खोजी र पहिचान भई बौद्धकालिन प्राचिन कोलिय गणराज्यको एक अभिन्न अँगको रुपमा रहेको प्राचिन हल्लिदावस नगरको रुपमा चिनिने भए पछि वर्दघाट नगरपालिका र लुम्बिनी प्रदेश सरकारले समेत पुर्वाधार विकास तथा संरक्षणका कार्य गर्दै आएको थियो । वर्दघाट नगरपालिकाले उक्त पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पुर्वाधार थपिदा आकर्षति हुदै गएको थियो । तालको विचमा भगवान बुद्धको मुर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकल...
आन्तरिक पर्यटकको रोजाईमा संसारकोट सिमसार पर्यटकिय क्षेत्र
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

आन्तरिक पर्यटकको रोजाईमा संसारकोट सिमसार पर्यटकिय क्षेत्र

नवलपरासी,२२ असोजआन्तरिक पर्यटकको रोजाईमा अहिले चुरे पडाडको फेदमा अवस्थित संसारकोट सिमसार क्षेत्र बन्दै गएको छ । सिरानमा चुरे पर्वत सृगँख्ला,हरियालीले परिपुर्ण,मनमोहक दृष्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसारकोट सिमसार क्षेत्र पर्यापयटकिय स्थल पर्यटकको मल लोभ्यउन थालेको हो । केही बर्ष देखी जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको थियो । बर्षेनी थपिदै गएको पर्यटन पुर्वाधारसँगै प्रचार प्रसारले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक सुन्दरताको दृष्यावलोकन गर्न पुग्न थालेको स्थानियले बताए । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो । चुरे क्षेत्रको ...
रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला
पर्यटन, रोहिणी गाउँपालिका, समाचार, संस्कृति

रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला

नवलपरासी,२१ असोजप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतिय विद्धानहरुको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल(हिड्दै डुल्दै) कार्यशाला शुरु गरेका छन् । बुद्धको जिवनसँग जोडिएको कोलिय र शाक्य राज्यको सिमा छुट्टयाउनुका साथै दुबै राज्यको धार्मिक,साँस्कृतिक र अध्यात्मिक सम्बन्ध जोडिने रोहिणी नदी सभ्यता उजागर गर्ने उदेश्यले उतm सचल कार्यशाला शुरु गरेका हुन् ।भारत गोरखपुरबाट ४ अक्टुबर २०२५ देखी शुभारम्भ गरिएको उतm यात्रा लुम्बिनी पुगेर रोहिणीको उदगम स्थल देवदहका विभिन्न बौद्ध स्थलको भ्रमणmरामग्राम स्तुप हुदै रोहिणी नदीका अन्य सहायक नदीहरुको स्थलगत अध्ययन अवलोकन गर्दै १२ अक्टुबरमा २०२५ मा पुनः गोरखपुर फर्केर बौद्ध म्युजियममा सकिने यात्रामा स्थानिय सहजकर्ता पत्रकार मनोज कुमार सिँहले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुप परिसरमा पुगेर कोलिय गणराज्यको नामाकरणका स...