प्राचीन कोलिय राजधानी पण्डितपुरको स्कायर दरबारभित्र भेटियो पानीका मुल सहितको स्नानगृह
नवलपरासी,११ माघप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भएको दोश्रो चरणको उत्खननले स्क्यार(बर्गाकार) दरबारसँगै दरबार भित्रको पानीको मुल र स्नानगृह जस्तो संरचना भेटाएको छ । गत पुस १३ गते देखी पुरातत्व विभागको टोलीले २१ दिइने शुरु गरेको दोश्रो चरणको उत्खनन गर्दा प्राचीन स्क्वायर दरबारसँग सम्बन्धित भग्नावेश भेटिएको हो ।करिब डेढ कट्ठा क्षेत्रफलमा उत्खनन गर्दा सो क्वायर भवनहरुको पर्खाल तथा कोठा,गल्लि,इनार,स्नानगृह,पानीको मुल भेटिएको भए पनि करिब सो भवनको ५ कट्ठा क्षेत्रफलमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । तर पुरै क्षेत्रमा अहिले पनि उत्खनन हुन नसकेको उत्खनन कार्यमा संलग्न पुरातत्वका जानकार स्थायिन नारद यादवले बताए । यस उत्खननलाई पुर्णता दिन सकेमा मात्र दरबारको वास्तविक अवस्था देख्न सकिन्छ, उनले भने, तर अहिले दोश्रो चरणको उत्खननका लागि पुरातत्वको टोली आफ्नो उत्खनन कार्य सक...










