पाल्ही बहुमुखी क्याम्पस परासीका २२ जना विद्यार्थी गरे रतmदान
नवलपरासी, ५ असोजनेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा पहिलो रक्तदान कार्यक्रम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसका विद्यार्थीले रतmदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका हुन् ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा, पाल्ही क्याम्पस, रामग्राम जेसीज, रामग्राम महिला जेसीज, दैनिक ट्वान्टीफोर खबर डटकम र एभरग्रीन अस्पताल परासीको सहआयोजना रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले सबैभन्दा ठूलो दान नै रक्तदान भएको बताउँदै रक्तदान गर्दा कसैको जीवन बच्ने मात्र नभइ रक्तदान गर्ने व्यक्ति पनि स्वस्थ हुने बताएका थिए ।प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न आग्रह गर्दै अध्यक्ष अग्रहरीले जिल्लामा रगतको अभाव...