पाठेघरको मुख क्यान्सर विरुद्धको एच.पि.भी.खोप कभरेज बढाउन अन्तरक्रिया
नवलपरासी,२२ माघमहिलाको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप लगाउनमा सबै क्षेत्रबाट सहजीकरण गरिनु पर्ने सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले आयोजना गरेको विद्यालय केन्द्रित नियमित एच.पि.भी. खोप सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा खोपको आवश्यकता र औचित्यता प्रष्टाउदै यसका लागि ब्यापक रुपमा प्रचार प्रसार गरि सहयोग गरिदिन आग्रह गरिएको हो ।जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको सञ्चारकर्मीसँगको अन्तरक्रियामा आउने सन्तती किसोरीहरुलाई बेलामै खोप लगाई दिए पछि उनीहरुमा पाठेघर क्यान्सरको समस्या नहुने बताइएको थियो । हाल प्रत्येक दिन ४ जना महिलाको मृत्यु पाठेघर मुखको क्यान्सरको कारण भई रहेको तथ्याँक स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको थियो । विभिन्न भाईरसद्धारा पाठेघरको मुखमा क्यान्सरको संक्रमण...









