सुनवल—परासी—महेशपुर सडक मर्मत कार्यमा भ्रष्टाचारको आरोप
नवलपरासी,जिल्ला भित्रको मर्मत भईरहेको सुनवल—परासी—महेशपुर सडकको मर्मत गर्ने कार्य सडक डिभिजनले गर्दै आए पनि मर्मतको कार्य गुणस्तरहिन भई रहेको स्थानियले आरोप लगाएका छन् । सडक डिभिजनका प्राविधिक र ठेकेदारको मिलोमतोमा कमसल काम गरि करोडौ रकम भ्रष्टाचार भएको आरोप स्थानियबासीले लगाएका हुन् ।सडकको दुबै किनारमा ग्रेडरले ताछ्दै कुनै कुनै स्थानमा चिरा परेको सडकमा बालुवा अलकत्रा हालेर ठेकेदार उम्किने अवस्था आएको स्थानिय रामकरन हरिजनले जनाए । काम भईरहेको स्थानमा सडक डिभिजनका प्राविधिकको उपस्थिती छैन्,उनले भने,कामदारहरुसँग सोधपुछ गर्दा हामीलाई केही थाहा छैन भन्दै आएका छन् । सडक मर्मतको लागि सडक डिभिजनले २० करोडको ठेक्का लगाएको बोर्ड गाडेको छ,तर मर्मत भित्र के कस्तो खालको काम हुने भन्ने कुरा उल्लेख छैन् । मर्मत शब्दले के बुझ्ने ? सडकको दुबै किनाराको घाँस फालेर सफा गर्ने मात्र हो ? कि सडकको बिच बिचमा परे...









