रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला
नवलपरासी,२१ असोजप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतिय विद्धानहरुको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल(हिड्दै डुल्दै) कार्यशाला शुरु गरेका छन् । बुद्धको जिवनसँग जोडिएको कोलिय र शाक्य राज्यको सिमा छुट्टयाउनुका साथै दुबै राज्यको धार्मिक,साँस्कृतिक र अध्यात्मिक सम्बन्ध जोडिने रोहिणी नदी सभ्यता उजागर गर्ने उदेश्यले उतm सचल कार्यशाला शुरु गरेका हुन् ।भारत गोरखपुरबाट ४ अक्टुबर २०२५ देखी शुभारम्भ गरिएको उतm यात्रा लुम्बिनी पुगेर रोहिणीको उदगम स्थल देवदहका विभिन्न बौद्ध स्थलको भ्रमणmरामग्राम स्तुप हुदै रोहिणी नदीका अन्य सहायक नदीहरुको स्थलगत अध्ययन अवलोकन गर्दै १२ अक्टुबरमा २०२५ मा पुनः गोरखपुर फर्केर बौद्ध म्युजियममा सकिने यात्रामा स्थानिय सहजकर्ता पत्रकार मनोज कुमार सिँहले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुप परिसरमा पुगेर कोलिय गणराज्यको नामाकरणका स...