सुस्ता गाउँपालिका

गण्डकीको त्रिवेणीधाम सहितका भुभाग लुम्बिनी प्रदेशमा ल्याउन सुस्ता गाउसभाको माग
राजनीति, समाचार, सुस्ता गाउँपालिका

गण्डकीको त्रिवेणीधाम सहितका भुभाग लुम्बिनी प्रदेशमा ल्याउन सुस्ता गाउसभाको माग

नवलपरासी,५ भदौसाविक त्रिवेणीसुस्ताको भुमिलाई लुम्बिनीकै सुस्ता गाउपालिकामा गाभिनु पर्ने माग गाउपालिकाले गरेको छ । सुस्ता गाउपालिकाको गाउसभाले नै निर्णय गर्दै हाल गण्डकी प्रदेशको विनयीत्रिवेणीको वार्ड दुईवटा वार्ड सुस्तामा गाभेर लुम्बिनी प्रदेशमा राखिनु पर्ने माग राष्ट्रपति समक्ष राखिएको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका हुन् ।गत बर्ष जिल्ला सभाले समेत विनयीत्रिवेणीको त्रिवेणीधामलाई लुम्बिनी प्रदेशमा राख्ने गरि संघिय मन्त्रालयमा पठाएको थियो । संविधान संसोधन गर्दा समस्या झेल्दै आएका त्रिवेणीधामबासीको समस्या समाधानका लागि माग गरिएको थियो । विगतमा पनि सुस्ता गाउपालिका ७ वटा वार्ड बन्ने गरि नक्साँकन भएको थियो,अध्यक्ष उपाध्यायले भने,पछि संविधान घोषणा हुने क्रममा २ त्रिवेणीधाम र गण्डक ब्यारेज सहितको दुई वार्डका भुमि विनयीत्रिवेणीमा गाभिएको थियो । शुरुमा त्यहाँका केही बासिन्दाल...
वायु प्रदुषण नियन्त्रणमा साझा अवधारणा बनाउन सुस्तामा संवाद
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

वायु प्रदुषण नियन्त्रणमा साझा अवधारणा बनाउन सुस्तामा संवाद

नवलपरासी,२९ साउनजलवायु परिवर्तनका कारक पहिचान गरि जलवायु अनुकुलनका कार्यमा सबैको सहकार्य हुन आवश्यक रहेको सुस्ता १ नवडिहवामा सरोकारवाला सस्थाका प्रतिनिधिले बताएका छन् । नेपाल रेडक्रम सोसाईटी,परासी प्रेस क्लब र सुस्ता गाउपालिकाको सँयुतm आयोजनामा भएको सँवाद कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।स्वच्छ सुस्ता,स्वस्थ्य सुस्ता,वायु प्रदुषण हामा्रे साझा दायित्व विषयक संवाद कार्यक्रममा वतmाहरुले जलवायु परिवर्तनले थुप्रै चुनौतीहरु थप्दै गएको औल्याएका थिए । सुस्तामा वायु जल प्रदुषणको प्रभाव धेरै रहेको हुदा यसलाई सबै मिलेर कार्ययोजना बनाई काम गर्नु पर्ने भनाई वतmाहरुको थियो । वायु प्रदुषणमा उद्योग कलकारखाना मात्रै नभई सर्वसाधारण किसानलाई पनि कुरा बुझाउन नसक्दा अज्ञानताले पनि प्रदुषण बढने गरेको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका थिए । प्रदुषण हुन नदिइनु र त्यसको कारक तत्व पहिचान गरि...
उद्योग बाणिज्य संघले अनोमाघाटमा मनायो बुद्धको महाभिनिष्क्रमण दिवस
पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

उद्योग बाणिज्य संघले अनोमाघाटमा मनायो बुद्धको महाभिनिष्क्रमण दिवस

नवलपरासी, २६ असारजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा उद्योग बाणिज्य संघले असार पुर्णिमाको अवसर पारेर महाभिनिष्क्रमण दिवस मनाएको छ । संघका अध्यक्ष ओम प्रकाश अग्रहरी सहित संघको टोली अनोमाघाटमा पुगेर दिप प्रज्वलन गरि स्थानियसँगको समन्वयमा महाभिनिष्क्रमण दिवस मनाएको हो । संघका बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त,लेखा समििित संयोजक अर्जुन बहादुर क्षेत्री,परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल,नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवार,स्थानिय मुन्सि हरिजन लगायतको सहभागितामा दिवस मनाइएको जानकारी अध्यक्ष अग्रहरीले गराए । हालै मात्र नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि निजी क्षेत्रको पनि चाँसो बढेको छ । उद्योग बाणिज्य संघ नवलपरासीले बोर्डको निर्णयको स्वागत तथा आभार ब्यतm गर्दै पर्यटन उद्योगका लागि अवसर सृजना भएको विश्वास ब्यतm गरेको थियो । उद्योग बाणिज्य संघका अध्यक्...
नेपाल पर्यटन बोर्डद्धारा अनोमाघाटलाई  प्रबज्या स्थल घोषणाको उबासंघद्धारा स्वागत
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

नेपाल पर्यटन बोर्डद्धारा अनोमाघाटलाई प्रबज्या स्थल घोषणाको उबासंघद्धारा स्वागत

नवलपरासी, २४ असारजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि निजी क्षेत्रको पनि चाँसो बढेको छ । उद्योग बाणिज्य संघ नवलपरासीले बोर्डको निर्णयको स्वागत तथा आभार ब्यतm गर्दै पर्यटन उद्योगका लागि अवसर सृजना भएको विश्वास गरेको छ । उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले पत्रमार्फत नेपाल पर्यटन बोर्डलाई आभार ब्यतm गर्दै अनोमाघाटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न अगामी दिनमा सबै मिलेर लाग्न आग्रह समेत गरेका थिए । अनोमा घाटलाई देश विदेशमा बौ्रद्ध तिर्थ स्थलको रुपमा विकास गर्नका लागि सो क्षेत्रका साँसद,मन्त्री,स्थानिय तह र संघसस्था सबैले माग गर्दै आएका थिए ।संघ सहित अहिले अनोमाघाटलाई पहिचान गराउन र लगानीका बढाउनका लागि लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री समेत रहेका सोही क्षेत्रका प्रदेश साँसद देवकरण कलवारले अगामी आर्थिक...
सुस्ताको ठाढीघाटलाई नेपाल पर्यटन बोर्डद्धारा अनोमा प्रबज्या स्थल घोषणा
समाचार, संस्कृति, सुस्ता गाउँपालिका

सुस्ताको ठाढीघाटलाई नेपाल पर्यटन बोर्डद्धारा अनोमा प्रबज्या स्थल घोषणा

नवलपरासी, १५ असारजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा गरेको छ । सुस्ता गाउपालिकालाई यहिँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उतm स्थल बौद्धमार्गीको एक महत्वपुर्ण तिर्थस्थल पर्यटकिय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको हो ।नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थल को रुपमा प्रचलित रहेको र भगवान बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरुको लागि विशेष महत्व राख्ने स्थानहरुका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि एक धार्मिक पर्यटकिय गनतब्य रहदै आएको छ । यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट(ठाढी घाट लाई भगवान सिद्धार्थ बुद्धको महाभिनिस्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा हार्दिक बधाई तथा सो प्रबज्या स्थललाई बौद्ध धर्मावलम्बिहरुका...
सुस्ताको रैपुरवा खोला निकासी रोक्न सामुदायिक बन समुहको माग
अर्थ, समाचार, सुस्ता गाउँपालिका

सुस्ताको रैपुरवा खोला निकासी रोक्न सामुदायिक बन समुहको माग

नवलपरासी,२६ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले अनाधिकृत रुपमा गैरकानुनी ढंगले सामुदायिक बन भित्र रहेको रैपुरवा खोला ठेक्का लगाएको आरोप लगाउदै त्यसलाई रोक्न स्थानियले माग गरेका छन् । बन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभए पनि सुस्ता गाउपालिकाले खोलाको ठेक्का लगाउन लागेको विरोध गर्दै सुस्ताका समुदायिक बन उपभोतmाहरु डिभिजन बन कार्यालयमा गुनासो लिएर आएका हुन् ।सुस्तामा रहेको रैपुरवा खोलाको ठेक्का नलाउन स्थानिय कालिका सामुदायिक बन उपभोतmा समुहले गत मंसिर २५ गते नै बैठक बसेर निर्णय गरि गाउपालिका लगायनका सरोकारवाला निकायमा जानकारी गराएको तर गाउपालिकाले त्यसबारे वेवास्ता गर्दै ठेक्का निकालेको हुदा रोक्न माग गरिएको निर्णय समेत डिभिजन बन कार्यालयमा बुझाएका थिए । सामुदायिक बन उपभोतmा समुहको यहिँ बैशाख ७ गते बसेको बैठकले सो ठेक्का बदर गराउन सरोकारवाल...
नारायणीमा नदीजन्य पदार्थको अनुगमन गर्न पुग्यो लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोली
अर्थ, समाचार, सुस्ता गाउँपालिका

नारायणीमा नदीजन्य पदार्थको अनुगमन गर्न पुग्यो लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोली

नवलपरासी, २५ बैशाखजिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भए पनि सरोकारवाला निकाय मौन भएको स्थानियको आरोप पछि लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोलीले स्थलगत अध्ययन गरेको छ । नदीबाट अध्याधिक मात्रामा दोहन भई रहेको भन्दै स्थानियले विरोध गर्दा पनि जिल्लाका सरोकारवाला निकाय मौन रहेको आरोप स्थानियले लगाए पछि अहिले प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको विज्ञ टोलीले स्थलगत अनुगमन गरेको हो ।वातावरण विद निर्मल चौधरीको नेतृत्वमा उतm टोलीले अनुगमन गरेको स्थानियले बताएका थिए । अनुगमनबारे अध्ययन गरि सोको प्रतिवेदन लुम्बिनी प्रदेश सरकार तथा बन तथा वातावरण मन्त्रालयलाई बुझाईने वातावरण विद चौधरीले बताएका थिए । अत्याधिक र अनियन्त्रित दोहनले गण्डक बाँध नै खत्तरामा पर्ने र बाँध भत्कियो भन्ने स्थानिय गाँउ डुबानमा पर्ने जस्ता स्थानिको गुनासो गर्दै आएका थिए । जिल्लाको सुस...
गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी

बेचु गौड, नवलपरासी, ११ चैत्रजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी किनारलाई ब्यवस्थित गर्दै पर्यटकिय गन्तब्य बनाउने सम्भाब्यताको खोजी स्थानियले गर्न थालेका छन् । विगत बर्षमा गण्डक बाँध भत्किने खत्तरा भन्दै त्रासित भएर बस्नु पर्ने बाध्यता विस्तारै हट्दै गएको र भारतिय लगानीमा नै बाँधहरुको पुर्नंरचना निर्माण भई सकेको हुदा अब यसक्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्नु पर्ने स्थानियले सम्भावनाको खोजीमा लागेका हुन् ।गण्डक क्षेत्रका पर्यटकिय क्षेत्रको अवस्थाबारे उद्योग बाणिज्य संघका कार्यकारणी सदस्य अमरचन्द्र अग्रवाल ,लेखा समिति संयोजक अर्जुृन बहादुर क्षेत्री,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह् सैथवार र परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहितको टोली पुगे पछि स्थानियले गण्डक क्षेत्रको पर्यटकिय सम्भाब्यताको अवलोकन गराएका थिए । गण्डक क्षेत्रमा भारतले आफ्‌नो तरिकाले डुबान नियन्त्रणका ल...
उखु किसानलाई समस्यै समस्या, मिलिबगले सुक्न थाल्यो उखुबाली
कृषि, प्रतापपुर गाँउपालिका, समाचार, सुस्ता गाउँपालिका

उखु किसानलाई समस्यै समस्या, मिलिबगले सुक्न थाल्यो उखुबाली

नवलपरासी,१० मंसिरब्यपारी र सरकारी दुबै क्षेत्रबाट पिडित रहेका किसानलाई प्राकृतिक पिडा पनि थपिएको छ । अहिले उखुको पातमा लाग्ने मिलिबग किराले उखु खेतीमा सुक्न लाग्दा तन,मन धन लगाएर श्रम,सिपको उपयोग गरि अरुको लािग गुलियो खेती गर्ने किसानलाई त्रिपक्षिय पिडा देखिएको हो ।मिलिबग किरा उखुको पातमा देखिएको बाली संरक्षण अधिकृत तथा लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाका पुर्व प्रमुख समेत रहेका बाली चिकित्क देवेश कुमार मिश्रले बताए । उनले किसानको उखु बालीमा मिलिबग देखिएको जनाए । उखुको पातमा मिलिबग देखिएका छन्,उनले भने, जुन किसानलाई त्यसबारे जानकारी नै हुदैन् । किसानहरु किन पात सुक्दैछ,त्यसबारे अनभिज्ञ छन् । उनका अनुसार उखुको पात मुनि मसिना किराहरु हुन् । जुन पातका मसिना नसाहरु खाई दिन्छन्,जस्ले गर्दा उखुका विभिन्न कोषमा पोषण पुग्दैन र सुकेर जान्छ । यसलाई किसानले रोग लागेको भन्दै विभिन्न उपचा...
उज्यालो सुस्ताका लागि निर्मित सौर्यउर्जा प्लान्टका रकम सुस्ता गाउपालिकालाई
अर्थ, समाचार, सुस्ता गाउँपालिका

उज्यालो सुस्ताका लागि निर्मित सौर्यउर्जा प्लान्टका रकम सुस्ता गाउपालिकालाई

नवलपरासी,१ मंसिरपटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको जिल्लाको सुस्ता गाउपालिका स्थित सुस्ता भुमिमा रहेको सौर्य उर्जा वापतको रकम गाउपालिकाले पाउने भएको छ । सुस्तामा रहेको सौर्य उर्जा प्लान्टको विद्युत विक्रि वापत रकम अब गाउपालिको पाउने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको हो ।सुस्ता भुमिलाई जोड्ने झोलुगेँपुल(सस्पेन्सन ब्रिज) निर्माण भई उत्घाटन समेत भई सकेको र सोही पुल मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाईनले विद्युत आपुर्ति गर्ने भए पछि सौय उर्जा प्लान्टको विद्युत वापतको रकम गाउपालिकालाई दिईने केन्द्रले जानकारी गराएको हो । सुस्तालाई उज्यालो बनाउन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सुस्ता भुमिमा केही बर्ष पहिला सौर्य उर्जा प्लान्ट जडान गरेको थियो । अहिले विद्युत प्राधिकरणको राष्ट्रि प्रशारण लाईनकै विद्युत पुगि सकेको छ, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जि...