गण्डक बाँध अन्तरगत सि ग्याप बाँधको सेवा सडकको मर्मत सम्भार नहुदा स्थानियलाई सास्ती
नवलपरासी,१८ पुसजिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत सम्भारमा भारतिय पक्षले चाँसो नलिदा गण्डक बाँध अन्तरगतको सि ग्याप बाँधको सेवा सडक भत्किएर आउ जाउमा समस्या भएको छ । दशक अगाडी निर्माण भएको सि ग्याँप बाँधको सेवा सडक मर्मत सम्भार हुन नसक्दा भत्किएको सडकका कारढा दुर्घटना समेत हुन थालेको हो ।प्रतापपुर गाउपालिका स्थित गण्डक जलविद्युत केन्द्र देखी सुस्ता गाँउपालिकाको रतनगँज स्थित नेपाल बाँधसम्म जोड्ने सि ग्याप बाँधको सडक भत्किदा त्यसमा मोटरसाईलक,साईकलले आउ जाउ गर्नेलाई सास्ती ब्यहोर्न परेको स्थानियले बताएका थिए । अग्लो बाँधमा रहेको एक लैन को मात्र उतm सेवा सडकको पक्कि ठाँउ ठाँउमा भत्किएको छ, स्थानिय बच्चा राजभरले भने,सडक भत्किदा हैरानी भएको छ,बाँधबाट तल झरेर ज्यानको पनि खत्तरा बढदै गएको छ । तर मर्मत सम्भारका लागि सरोकारवालाले पहल गरेका छैनन् । सेवा नेपाली नागरिकले पाउने तर लगानी भारतिय...










