विचार

चुरे तराईमा जैविक मल र जल व्यवस्थापनको अपार संभावना: अवसर र चुनौतीहरू
अर्थ, नवलपरासी (ब.सु.प.), विचार

चुरे तराईमा जैविक मल र जल व्यवस्थापनको अपार संभावना: अवसर र चुनौतीहरू

नेपालका तराई-मधेश क्षेत्रमा कृषि उत्पादन र आर्थिक समृद्धिको महत्वपूर्ण आधार हुनसक्ने चुरे क्षेत्रलाई अझैसम्म प्रभावकारी रूपमा उपयोग गर्न सकेको छैन। जैविक मल र जल व्यवस्थापनका ठुला अवसरहरू भए पनि सरकारी बेवास्ता र दीर्घकालीन योजनाको अभावले यी प्राकृतिक स्रोतहरूमा भरपूर लाभ लिन चुनौती खडा गरेको छ। सरोकारवालाहरूले चुरे क्षेत्रको उचित संरक्षण र स्रोतहरूको दिगो व्यवस्थापन गरेर नेपाललाई कृषि आत्मनिर्भर बनाउन सकिनेमा जोड दिएका छन्। चुरे क्षेत्रका स्रोतहरू र वर्तमान चुनौती चुरे क्षेत्र नेपालको भौगोलिक र पर्यावरणीय रूपमा संवेदनशील क्षेत्र हो। यस क्षेत्रका घना वन र अनगिन्ती खोलाहरू तराईको सिँचाइ र जैविक मलका लागि अमूल्य स्रोत हुन्। यद्यपि, स्रोतहरूको दिगो व्यवस्थापन र प्रयोगमा गम्भीर चासो नदिँदा बहुमूल्य अवसरहरू गुमिरहेका छन्।चुरेका खोलाहरूमा जल भण्डारण गर्ने उचित पूर्वाधारको अभावमा वर्षायामम...
स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका
बर्दघाट नगरपालिका, विचार, शिक्षा

स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका

विषय प्रवेश : नेपालको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो विकास, शान्ति, सुशासन र समृद्विको लक्ष्य प्राप्तिका लागि नागरिकको शिक्षा पाउने अधिकारलाई मौलिक अधिकारकोरुपमा प्रत्याभूत गरेको छ । समतामूलक, सीपमूलक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै समृद्व नेपालको आधारशीला हो भने व्यक्ति, परिवार, समुदाय र राष्ट्रको समुन्नतीको जग हो । संविधानको मर्म र भावना हो । विश्वमा नेपाल, नेपालमा लुम्विनीदार्शनिक,ऐतिहासकि सम्पदा,परम्परा र मौलिक चिन्तन,अलौकिक हावापानी, विविधताका दृष्टकोणबाट समृद्व छ । हामीले हाम्रो सम्पदा र समृद्वि भित्र लुकेका क्षमता र सम्भावनाहरुलाई उजार गरेर नागरिकलाई त्यसको अनुभूति दिलाउन र शिक्षाको माध्यमबाट समाजमा विद्यमान हुने र नहुने बीचको खाडल कम गर्ने गरी कार्यसम्पादन गर्नु जरुरी छ । सीमित स्रोतको बाबजुद पनि दृढइच्छा शक्ति र लगाव हुने हो भने विद्यमान स्रोत साध...
सामाजिक सञ्जालको प्रयोग  !
नवलपरासी (ब.सु.प.), विचार, समाज

सामाजिक सञ्जालको प्रयोग  !

भोजराज पाण्डेयप्रहरी नायव उपरीक्षक २०७९ सालको जेष्ठ महिनामा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका वार्ड नं ५ बस्ने कक्षा ९ मा पढ्दै गरेका एक १५ बर्षीया बालकले आफ्नै माइजु नाता पर्ने एक जना महिलाको पुरानो फेसबुक आइडको पासवर्ड  ह्याक गरि प्रयोग गरि पब्जी खेल्दै आएकोमा एक दिन पब्जी खेल हारेको कारण रिस उठी मेसेज ग्रुपमा अश्लील शब्दहरु लेखि पोष्ट गरेकोमा महिलाका आफन्तहरुबाट किन त्यस्तो गरेको भनि निज महिलालाई सोधखोज हुंदा महिलाले सो अकाउन्ट आफूले प्रयोग नगरेको र को कस्ले प्रयोग गरि यस्तो नचाहिने काम गरेको भनि  भक्कानिदै प्रहरी कार्यालयमा राति ११ बजे आई मौखिक निबेदन गरेकोमा तत्काल प्रहरी सकृयताको कारण सो तथ्य बाहिर आएको र बालकले अन्य साथिहरुको बहकाउमा आएर सो कार्य गरेको भन्ने यथार्थ पत्ता लागेको थियो । २०७९ सालको भाद्र महिनामा नवलपरासी जिल्लाको सुनवल नपामा घर भएका एक अधबैशेको मोबा...
‘गण्डक जल’ सिचाइसँगै धर्मिक/सांस्कृतिक महत्व छः सिचाइ कार्यालय प्रमुख रनधिर कुमार शाह
अन्तर्वार्ता, भिडियो, विचार

‘गण्डक जल’ सिचाइसँगै धर्मिक/सांस्कृतिक महत्व छः सिचाइ कार्यालय प्रमुख रनधिर कुमार शाह

https://youtu.be/oL8ddeaPfX4 Advertisement
कथामा सिमित सिमसार क्षेत्र, नवलपरासीको नन्दनताल
पाल्हिनन्दन गाउँपालिका, विचार

कथामा सिमित सिमसार क्षेत्र, नवलपरासीको नन्दनताल

बेचु गौड नवलपरासी, जिल्लाकै सब भन्दा ठूलो नन्दन तालबारे जानकारी लिन खोज्दा सो तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानीले द्धापर युगको कथा सुनाउदै भने, यो ताल द्धापर युगमा भगवान कृष्णका नारायणी सेनाले निर्माण गरेको यो नन्दन ताल हो । कृष्णका पिता बासुदेव र उनका भाई नन्द थिए । नन्दका छोरा अनुरुद्रको सम्बन्ध बाडाशुरसंग थियो । बाडाशुरले आफ्नो छोरीको विवाह गर्नए नमाने पछि उनकी छोरीलाई लैजानका लागि गोकुलाबाट नारायणी सेना आएको थियो । महिनौ दिनसम्म नारायणी सेनाको पडावा९क्याम्प० बसेको थियो । त्यही बेला नारायणी सेनाले खनेको थियो । तर तालको संरक्षणका लागि कुनै पहल नहुदा अहिले खेतमा परिणत भएको उनले बताए ।पौराणिक कथामात्रै नभई बुद्धकालमा कोलिय गणराज्यको सिमा भित्र रहेको यो तालको संरक्षणमा त्यती बेला कोलिय राजाहरुले अभियान चलाएको दन्तकथाले भन्ने गरिन्छ । तालको इतिहास जोगाई राख्नका लागि ...
खेतीको कुरा कि कुराको खेती ?
विचार

खेतीको कुरा कि कुराको खेती ?

देवेश कुमार मिश्रप्रमुख, कृषि ज्ञान केन्द्र नवलपरासीmishradevesh735@gmail.comकृषि मूलश्च जिवनम् मानवको जीवनको मूल आधार कृषि नै हो । खाने, लगाउने तौर तरिकाहरु समय, स्थान, परिस्थती, संस्कार, रिति, रिवाज अनुसार फरक होला तर जे जस्तो भए तापनि हाम्रो जीवनको मूल आधार खेतीपाती नै हो । हाम्रो पेशा व्यवसाय गर्ने, आय आर्जन गर्ने तरीका फरक होला कोही कृषक, व्यापारी, उद्यमी, उद्योगी, जागिरे, राजनीतिज्ञ, पुरोहित, पण्डित, जो जे भए पनि सवैको भान्सामा पाक्ने भनेको खेतीपाती वाट उत्पादित अन्न, दाल, तरकारी नै हो । धन, संपत्ति जति कमाए पनि हाम्रो भाडोमा पाक्ने भनेको रुपैया, सुन, चादि होईन, पाक्ने भनेको भात, रोटी, तरकारी अचार नै हो ।हाम्रो देशमा कृषि विकासको लागी सरकारी, गैर सरकारी तथा निजी स्तर वाट परापूर्वकाल देखी नै प्रयास भई रहेको छ तै पनि कृषि क्षेत्रले राम्रो गति लिन सकिरहेको छैन । कुनै बेला तराई म...