विद्यालयकबाट सुचना लिन वार्ड अध्यक्षले प्रयोग गरे सुचनाको हक
नवलपरासी, ३१ साउनरामग्राम नगरपालिकाका वार्डअध्यक्षले नै विद्यालयको सुचना पाउन सुचनाको हक प्रयोग गरि सुचना माग गरेका छन् । विगतमा विद्यालय भवनको टेण्डर प्रकृयामा भएको अनियमितताबारे जानकारी लिनका लागि रामग्राम नगरपालिका वार्ड नं.२का वार्ड अध्यक्ष निरज रौनियारले सुचनाको हक प्रयोग गरि सुचना माग गरेका हुन ।
आफ्नै वार्ड भित्र रहेको पवन माविमा विगत बर्षमा टेण्डर प्रकृयामा तत्कालिन वार्ड अध्यक्ष र प्रधानाध्यापक मिलेर अनियमितता गरेको स्थानियले आरोप लगाए पछि उनले सोबारे जान्न खोज्दा विद्यालयले वेवास्ता गरेको थियो । अहिले विद्यालयको टेण्डरसम्बन्धि सुचना र कागजात उपलब्ध गराउनका लागि वार्ड कार्यालयकै लेटरप्याड प्रयोग गरि सुचना माग गरेका हुन् । सुचना अधिकारीलाई सम्बोधन गरि वार्ड अध्यक्ष रौनियारले रामग्राम न.पा. वार्ड नं.२ को वडा कार्यालयलाई सुचना आवश्यक भएकोले सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ...