Health Advertisement

सरोकारवालाको वेवास्ताले पुरातात्विक क्षेत्र पण्डितपुरमा धमाधम पक्कि घर बन्दै

नवलपरासी,१७ मंसिर
सरोकारवाला निकायको वेवास्ताले प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको पुरातात्विक रामग्राम (पण्डितपुर)मा अहिले धमाधम पक्कि संरचना निर्माण भईरहेका छन् । पुरातत्व विभागले नजिकै राखेको पुरातात्विक स्थलको सम्बन्धि बोर्डको उपेक्षा गर्दै स्थानियले धमाधम पक्कि निर्माण गर्दै गरेको भए पनि सरोकारवाला निकायले संरक्षण प्रति गैर जिम्मेवारी देखाउदै आएका हुन् ।
विगत बर्ष देखी नै प्राचिन कोलिय गणराज्यको राजधानी भनेर पुरातत्व विदहरुले बताउदै ति स्थानको संरक्षण गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरेका थिए । सो स्थानमा नेपाल सरकार पुरातत्व विभागले सुचना समेतको होर्डिगँबोर्ड राखेको छ, एक स्थानियले भने,तर होर्डिगँबोर्ड नाम मात्रको छ । पुरातात्विक क्षेत्रमा धमाधम पक्कि घर बन्दै छन्,तर कसैले त्यस प्रति चाँसो देखाएका छैनन् । पुरातात्विक क्षेत्र प्राचिन कोलिय गणराज्यको राजधानी समेत भनेर गौरवपुर्ण भाषण होक्ने जनप्रतिनिधि समेत कान तेल हालेर आँखा बन्द गर्दै हिड्ने गरेका छन् । भन्नलाई विश्व सम्पदा भन्ने गरेका छन् । तर सम्पदा नष्ट भईरहेका छन् । अतिक्रमण भई रहेका छन् । जानकारीका लागि सुचना बोर्ड समेत गाडिएको छ । तर नत कुनै जनप्रतिनिधिले घर निर्माण भई रहदा रोक्न आए नत पुरातात्विक स्थलको महत्व बताउदै सम्झाउन आएका छन् ।

चुनावमा भोट विग्रिन्छ भन्ने जनप्रतिनिधिको डर छ ,उनले भने,जब सरकारी निकायमा बस्नेले बोल्न रोक्न सक्दैनन भने स्थानिय ब्यतिmले के गर्न सक्छन् । पुरातत्व बिभागमा लिखित परिपत्र समेत पुरातत्व विभागले पठाएको छ । पुरातात्विक क्षेत्रको अतिक्रमण गर्ने,भौतिक संरचना नष्ट गर्दै विभिन्न भवन पुर्वाधार बनाउने कार्य गैर कानुनी भई रहेका छन् । कानुनको कार्यान्वय गर्ने स्थानिय प्रशासन समेत सम्पदा संरक्षणमा चाँसो नदेखाएको उनको भनाई थियो । जो सरकारी सेवा सुविधा लिएर कानुन कार्यान्वयन गर्ने,कानुनको पालना गराउने जिम्मेवारी बोकेको छ,त्यसले केही गर्न सक्दैन भने गाँउका कुनै ब्यतिmले ब्यतिmगत रिसवी लिएर कसरी प्राचिन सम्पदाको संरक्षण गर्न सक्छ ? उनले प्रश्न गरेका थिए ।
प्राचिन कोलिय गणराज्यको राजधानीमा पुरातत्व विभागले दुई बर्ष पहिला नै बोर्ड राखेको थियो । यि प्राचिन स्मारकलाई नष्ट गरे,भत्काए,हटाए, परिवर्तन गरे,अनाधिकृत काममा लगाए वा अन्य कुनै किसिमसँग हानी नोक्सानी पुर्याएमा प्राचिन स्मारक संरक्षण ऐन २०१३ (पाँचौ संसोधन को दफा १२ को उपदफा (क,ख र ग) अनुसार पच्चीस हजार रुपिया देखी १ लाख रुपैयासम्म जरिवाना वा ५ बर्ष देखी १५ बर्षसम्म कैद वा दुबै सजाय हुनेछ भनी उल्लेख छ । तर यि बोर्ड राखिएको २० मिटर भित्रैको परिधीमा चार वटा पक्कि घर बनेका छन् । दुई वटा कच्ची घर बनेका छन् । केही घर बन्ने क्रममा छन् । सुचना बोर्ड औपचारिकताका लागि मात्र देखिएको छ । कानुन कार्यान्वय गर्ने स्थानिय प्रशासन आँखा बन्द गरेका छन् । प्राचिन स्मारकहरुको संरक्षण सहितको जिम्मेवारी पाउने स्थानिय सरकार भन्ने स्थानिय तह नगरपालिका समेत यस प्रति उदासिन देखिएको छ ।

प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्रमा यहिँ साता भुभौतिक सर्वेक्षण भएर प्रमाणित हुने क्रमछ । पुरातत्व विदहरुले करिब ५० विघा क्षेत्रफलमा राजधानीको अन्तोनगर र बाह्य नगर भनेर फैलिएको बताएका छन् । यि क्षेत्रमा थुप्रै प्राचिन बस्तु,इनार,पर्खाल,ग्रेवर,भाटाका भाडा,मुर्ति आदी बस्तुहरु रहेको बताएका थिए । यिनै क्षेत्रमा अहिले धमाधम पक्कि घर बन्नु र बन्न दिनु प्राचिन स्मारक ऐन अनुसार गैरकानुनी अपराधिक कार्य भई रहेको छ । तर रोक्ने निकायले किन वेवास्ता गर्दै होला भनेर स्थानियले प्रश्न समेत गर्न थालेका छन् । पुरातात्विक क्षेत्रमा भवन पुर्वाधार बनिरहेको कुरा स्थानिय रामग्राम १८ का वार्ड अध्यक्ष गोपाल डिस्वाले पनि स्वीकार गरे । तर रोक्ने कार्य त स्थानिय प्रशासनको भएको बताउदै उनले पन्छिएका छन् ।
यता जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव(रुदल)ले यस्ता कार्य तत्काल स्थानिय प्रशासन र नगरपालिका मिलेर रोक्नु पर्ने बताए । यसका लागि आफुले तत्कालै सरोकारवाला निकायसँग समन्वय गरिने दाबी गरेका थिए । तत्कालिन बेला बनाईने माटोको पर्खालका पोष्टहोल,इनार,इट,खैरो भाडा(गे्रवर) सिक्का आदीको आधारहरुले तिलौराकोटमा जे जस्तो समाग्रि फेल पर्ने गरेको छ,त्यही खालको यो पण्डितपुरमा पनि पाउन थालेको छ । शाक्य राज्यको राजधानी कपिलबस्तु र कोलिय गणराज्यको राजधानी पण्डितपुरको स्वरुप एउटै खालको भेटिदा प्राचिन इतिहास अनुसार कोलिय राजा र शाक्य राजासँगको सम्बन्धलाई स्थापित गर्छ । शाक्य राजकुमार शुद्धोधन र कोलिय राजकुमारी मायादेवीको विवाह भएको र उनको सन्तानको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।
तिनै सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरि शाक्यमुनि बुद्ध भए र संसार शान्तिको सन्देश प्रवाह गरे । जुन दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ र निवारणका विधि विपश्यना ध्यान अभ्यासले प्राप्त हुन्छ । त्यही आधारलाई अहिले सँसार भर भगवान बुद्धको मार्गको रुपमा बौद्धमार्गीले अनाउदै आएका छन् । बुद्धत्व प्राप्त गरि सँसारलाई दुःख विमुतिmको बाटो देखाउने सिद्धार्थ गौतमको जन्म दिने आमाको जन्म स्थल अहिले फेला पर्दा स्थानिय उत्साही भएकाछन् , तर केही ब्यतिmले ति प्राचिन स्थल नष्ट गर्दै घर बनाउदै आउदा र रोक्ने निकाय मौन हुदा चिन्ता पनि ब्यतm गर्ने गरेका छन् । पण्डितपुर सँसार भरि चिनिने अवस्थामा पुगेको छ । भगवान बुद्धलाई जन्म दिने आमाको जन्म स्थलमा सँसारका मानिस आउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *