Tag: Shambhu Upadhyay

सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का
रामग्राम नगरपालिका, समाचार

सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजना खोलामा सिल्ट जम्मा भएर प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम हुदा आयोजना प्रभावित बनेको स्थानियले बताएका हुन् ।सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोज...
कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट) र रामग्राम स्तुप परिसरमा ‘हजार बत्ति’ बालियो
रामग्राम नगरपालिका, समाचार, सुस्ता गाउँपालिका

कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट) र रामग्राम स्तुप परिसरमा ‘हजार बत्ति’ बालियो

नवलपरासी, २२ कातिक,जिल्लाको प्रमुख दुई बौद्ध तिर्थ स्थलमा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा यो बर्ष देखी यि प्रमुख दुई बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो । पिस क्लब इन्टरनेसनलको आयोजनामा स्तुपा परिसरमा हजार बत्ति बालिएको थियो,भने अनोमाघाटमा सुस्ता गाउपालिकाकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको थियो । भगवान गौतम बुद्धको अस्तुधातुमा धातु प्रार्थना गरि हजार बत्ति बालिएको क्लबका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । अगामी बर्षमा मेलाको समेत आयोजना गरिने छ । त्यसै गरि सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) ...
रामखण्डाखोला पुलको र्यालिगँ मर्मत नहुदा दुर्घटना हुने जोखिम
रामग्राम नगरपालिका, समाचार

रामखण्डाखोला पुलको र्यालिगँ मर्मत नहुदा दुर्घटना हुने जोखिम

नवलपरासी,१८ साउनजिल्लाको भैरहवा–भुमही बन्दरगाह मार्गको पुलको भत्किएको र्यालिगँ नबन्दा यात्रुहरुलाई जोखिम भएको छ । रामग्राम ३ स्थित रामखण्डा खोलाको र्यालिगँ भत्किएको बर्षाै भई सक्दा पनि सरोकारवालाले ध्यान नदिदा दुर्घटना हुने जोखिम बढेको हो ।पुर्व पश्चिम राजमार्ग निर्माणको भईरहेको बेला अहिले बन्दरगाह मार्गमा सवारी साधनको चाप बढेको छ । तर यहीँ बेला र्यालिगँ भत्किएको छ । भत्किएको र्यालिगँ तत्कालै निर्माण गरिनु पथ्र्यो तर सडक डिभिजन कार्यालय र नगरपालिका समेत ध्यान दिएको छैन् । ध्यान नदिदा जुनसुकै बेला पुल सवारीसाधन खोलामा खस्ने अवस्था देखिएको स्थानियले बताएका छन् । ति र्यालिगँ पनि सवारीसाधन ठोकिदा भत्किएको थियो । चार दशक पुरानो पुल समेत जिर्ण छ । त्यसमा पनि पुलको र्यालिगँ छैन्, यस प्रति सरकारको ध्यान गएको छैन्,स्थानिय शिव चौधरीले भने,सडक डिभिजनले नबनाए पनि नगरपालिकाले र्यालिगँ बनाउनु पर्ने हो ...
रामग्राम विकास समिति र कोष गठनका लागि रामग्राम नगरपालिकासँग माग
रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास समिति र कोष गठनका लागि रामग्राम नगरपालिकासँग माग

मेयर धनपत यादवरामग्राम नगरपालिका अध्यक्ष सम्भु उपाध्यायरामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था लुम्बिनी विकास कोषले काम नगर्दा धार्मिक,पुरातात्विक तथा ऐतिहासिक स्थल रामग्राम स्तुप क्षेत्र आझेलमा परेको जनाउदै नगरपालिकाले रामग्राम विकास समिति वा कोष बनाउनु पर्ने माग उठेको छ । स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले रामग्राम विकास समिति गठन गरि विकासका लागि कोष बनाउन सरोकारवालाले आग्रह गरेका हुन् ।भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपाको विकासको बाधक लुम्बिनी विकास कोष रहेको छ । कोषको प्रभावमा नपरी नगरपालिकाले आफ्नो स्तरबाट कोष खडा गर्न आग्रह गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । नगरपालिकाको पहिलाको मेयरसँग कुरा राख्दा राख्द केही भएन,उनले भने,अहिले निर्वाचित मेयर धनपत यादवसँग हामी आशाबादी छौ । यसबारे...