Tag: Bhagauti Yadav (Rudal)

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु

नवलपरासी,१० माघ,जिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको साता भित्रै काम शुरु भएको छ । जिससको आग्रहलाई अंगिकार गर्दै गाउपालिकाले प्रवेशद्धारको रंगरोगन गर्नुका साथै बजार क्षेत्रको सरसफाई काम शुरु गरेको हो ।गत साता महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका थिए । आग्रह अनुसार काम शुरु भएको कुराले आफुलाई खुशी लागेको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । गाउपालिकाले आफ्नो कामको शुभारम्भ प्रवेशद्धारको मर्मत,सम्भार गर्दै रंगरोगन गर्ने कामको शुरुवात गरेको छ, उनले भने, भन्सारले समेत समेत आफ्नो काम र चुनौतीको विवरण जिससमा बुझाई सकेको छ । भन्सारसँग सम्बन्धित स...
जिसस र नेपाली सेनाले शुभारम्भ गरे पुरातात्विक सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८०
पर्यटन, रामग्राम नगरपालिका, समाचार

जिसस र नेपाली सेनाले शुभारम्भ गरे पुरातात्विक सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८०

नवलपरासी,२२ पुसजिल्ला भित्र रहेका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सरसफाई अभियान २०८० को शुभारम्भ भएको छ । जिल्ला समन्वय समिति र नेपाली सेनाको गोरखदल गण रामग्राम ब्यारेकको संयुतm आयोजनामा उतm अभियान प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट शुभारम्भ गरेको हो ।राजधानी कोलनगरसँगै प्राचिन कोलिय गणराज्य अन्तरगत रहेका अहिलेसम्म पत्ता लागेको बौद्धकालिन नगरहरु तथा अन्य धार्मिक तथा पुरातात्विक स्थलको संरक्षण तथा सरसफाई अभियान सञ्चालन गर्न आवश्यक रहेको ठहर गरिएको थियो । त्यसै अयिभानलाई नेपाली सेनाको सक्रियता तथा जिससको नेतृत्वमा अभियानको शुभारम्भ गर्दै घोषणा गरिएको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । संरक्षण र सरसफाई कार्यमा आवश्यक जनशतिmको ब्यवस्थापन गर्ने कार्य नेपाली सेनाले लिईने र अन्य सरोकारवालासँग समन्वय सहकार्य जिससले गर्ने गरि यो अभियान अगाडी बढाइएको छ,जिसस ...
जिससले संघ र प्रदेश सरकारसँग माग्यो मलखाद्यको कोटावृद्धि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिससले संघ र प्रदेश सरकारसँग माग्यो मलखाद्यको कोटावृद्धि

नवलपरासी,२ जेठजिल्ला समन्वय समिति (जिसस)नवलपरासीले जिल्ला भित्रका किसानहरुका लागि रासायनिक मलखाद्यको कोटा वृद्धि गरि थप मलखाद्य पठाउन माग गरेको छ । अन्य जिल्ला भन्दा थोरै मलखाद्यको कोटा कायम गरि कम मलखाद्य पठाउने कार्य प्रति जिल्ला समन्वय समितिको ध्यानाकर्षण भएको जनाउदै संघ सरकार तथा लुम्बिनी प्रदेश सरकारसँग कोटावृद्धि गरि तत्काल मलखाद्यको ब्यवस्थापन गर्न माग गरेको हो । जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले जेठ १ गते मलखाद्यसँग सरोकार राख्ने कार्यालयहरुको बैठक डाकेर बैठकबाटै निर्णय गराएर उतm माग गरिएको जिससले जनाएको छ । किसानले आफ्ना मलखाद्यको समस्या सहित जिससमा समेत आउने गरेका छन्,उनले भने,सरोकारवाला कार्यालयसँग बुझ्दा संघ सरकार र प्रदेश सरकारले नवलपरासी जिल्लाका लागि कोटा नै कम गरेको जानकारी गराए पछि तत्कालै बैठक बोलाईएको थियो । बैठकमा जिल्लाका लागि आउने कोटा वृद्धि गरि मलखाद्य थ...
बुद्धको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा जिसस र नेपाली सेनाको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

बुद्धको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा जिसस र नेपाली सेनाको चाँसो

नवलपरासी,१७ बैशाख,प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) रामग्राममा जिल्ला स्थित नेपाली सेना र जिल्ला समन्वय समितिले स्थलगत अध्ययन गरि संरक्षण,प्रचार प्रसार गर्नका लागि चाँसो देखाएको छ । शनिवावर विहान जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती प्रसाद यादव र नेपाली सेनाको रामग्राम ब्यारेकका कर्नेल ज्ञानकाजी श्रेष्ठ सहितको टोलीले स्थलगत अवलोकन गरेको हो ।प्राचिन सम्पदा स्थल रहेको भए पनि उचित ब्यवस्थापन र सम्पदाको महत्वबारे स्थानियमा जागरुकता कम भएको समेत महशुस गर्दै प्राचिन बौद्धकालिन सम्पदाहरु रहेको स्थानमा स्थानियबासीसँग नेपाली सेनाले परिचयात्मक,प्रचारात्मक कार्य गर्ने समेत योजना बनाई काम गर्ने जिसस प्रमुख यादवले बताए । नेपाल सेना लगायतका शुरक्षाकर्मी तथा सरकारी निकाय सहित स्थानियबासीसँग राजधानी रामग्राम सहितको जिल्ला स्थित बौद्ध स्थलहरुमा कार्यक्रम गर्नका लागि संयुतm रुपमा योजना ...
१३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा नवलपरासीबाट ७८ खेलाडी सहभागि हुदै
नवलपरासी (ब.सु.प.), समाचार, समाज

१३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा नवलपरासीबाट ७८ खेलाडी सहभागि हुदै

नवलपरासी,११ बैशाखलुम्बिनी प्रदेश स्तरिय हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड प्रतियोगितामा भाग लिनका लागि नवलपरासी खेलकुदा विकास समितिले ७८ जना विभिन्न विधाका खेलाडीलाई पठाएको छ । मंगलवार देखी शुरु हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शुभकामना कार्यक्रमको आयोजना गरि भाग लिनका लागि खेलाडीलाई पठाएको हो । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा सो कार्यक्रमको आयोजना गरि खेलाडीलाई खेलमा सक्रिय रुपमा भाग लिइने,अनुशासित भई खेल्ने र उत्साह पुर्ण तरिकाले राष्ट्रिय स्तरको खेलमा लुम्बिनीको खेलाडी भई भाग लिइने गरि खेल्नका लागि खेलका विभिन्न प्रशिक्षक कोचहरुले उत्साह भरेका थिए । खेलाडीमा अधिकाँश छात्राहरु नै सहभागि रहेको र अहिले सिमावर्ति क्षेत्रबाट पनि मधेशी थारु,जनजाती समुहबाट खेलाडीको उत्साह जनक सहभागिता रहेको जिसस प्...
जिससले गरायो सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

जिससले गरायो सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता

नवलपरासी, ३ चैत्रजिल्ला समन्वय समिति (जिसस)ले जिल्लामा शैक्षिक सुधारका लागि जिल्ला स्थित सरोकारवालाको प्रतिवद्धता कार्यक्रम चलाएको छ । शिक्षा संसोधन विधेयकबारे कुरा उठिरहेको बेला संघिय संसद प्रतिनिधिसभा सदस्य (साँसद) तथा कानुन तथा न्याय मन्त्रालयका पुर्व मन्त्रि ध्रुव बहादुर प्रधानको प्रमुख आथित्यतामा जिससले सो कार्यक्रम चलाएको हो ।सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता लिई शैक्षिक गतिविधि तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको जिसस प्रमुख भगौती यादव( रुदल)ले जानकारी गराए । शिक्षक,प्रअ,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष,स्थानिय तहका जनप्रतिनिधि,शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख र संघिय साँसद सहितको कार्यक्रम रामग्राम नगरपालिकाको सभाहलमा गरिएको थियो । शिक्षा क्षेत्रमा रहेका समस्या प्रति कसरी एकताबद्ध भएर निराकरण गर्ने ?...
जिल्ला समन्वय समिति नवलपरासीको प्रशासनिक भवनको शिलान्यास
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

जिल्ला समन्वय समिति नवलपरासीको प्रशासनिक भवनको शिलान्यास

नवलपरासी,२२ फागुनझण्डै आठ करोड लागतमा बन्ने जिल्ला समन्वय समिति(जिसस)को प्रशासनिकय कार्यालय भवनको शिलान्यास भएको छ । जिसस प्रमुख भगौती प्रसाद यादवले एक समारोह विच सो भवनको शिलान्यास गरेका हुन् ।कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपिया भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको जिल्ला समन्वय अधिकार मान बहादुर खड्काले जानकारी गराएका थिए । रामग्राम नगरपालिका वार्ड नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण हुने छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुदै आएको र अहिले जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हुदा सो भवन भत्काउने कार्य भई रहेको छ । नयाँ बन्ने भवन पुरै जिल्ला प्रशासन कार्यालयको भवन हुने हुदा जिससले आफ्नो छुट्टै भवन बनाउन लागेको हो । ९ करोड ४२ लाख ५६ ...
नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना
रामग्राम नगरपालिका, समाचार

नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना

नवलपरासी,१५ मंसिरजिल्ला समन्वय समिति(जिसस) नवलपरासीले जिल्लामा नव निर्वाचित संघिय साँसद र प्रदेश साँसद जनप्रतिनिधिलाई बधाई तथा सुभकामना दिने कार्यक्रम गरेको छ । कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरि बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।कार्यक्रममा जिल्लाको चौतर्फि विकासमा अब सबै जनप्रतिनिधि जिल्ला केन्द्रित भएर लाग्न आग्रह समेत गरिएको छ । विगत देखी नै यो जिल्लाबाट शतिm पहुँचमा भए पनि जनप्रतिनिधिको काम भन्दा अ आफ्ना दलिय कार्यलाई प्राथमिकता दिने गर्दा जिल्लाको विकास ओझेलमा परेको तर अब देखी यस्तो उपेक्षा नहोस भनि चाहना समेत ब्यतm गरिएको थियो । जिल्लाको क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य(संघिय साँसद)मा निर्वाचित धु्रव बहादुर प्रधान विगतमा प्रहरी सेवाको उच्च ओहदा (आईजिपि) मा पुगेर सेवा निवृत भए पछि राजनीतिमा लाग्नु भएको थियो । विगत विगतमा पटक पटक पराजय भोग्दै आएका प्रधान अहि...
स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो
बर्दघाट नगरपालिका, समाचार

स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो

नवलपरासी,२ भदौजिल्लाका सात स्थानिय तहमा हुने स्वास्थ्य सेवाका गतिविधिलाई आधार मानी मुल्याँकनमा वर्दघाट नगरपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धारा भुमहीमा आयोजना गरिएको आर्थिक बर्ष २०७८/०७९ को जिल्ला स्तरिय एकिकृत स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गर्दै कार्यसम्पादान मुल्याँकन गर्दा जिल्लामा वर्दघाट पहिलो स्थानिय तह भएको घोषणा गरिएको हो ।स्वास्थ्य सेवाको प्रभावकारिता,कार्यसम्पादन,स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली र स्थानिय तहले बजेट विनियोजना गरिने आधार तथा स्वास्थ्यसँग बनाईएका नीति आदीको आधारमा सातवटै पालिकाको मुल्याँकन गरिएको थियो । त्यसमा वर्दघाट नगरपालिका सबै भन्दा बढि अंक प्राप्त गरेर पहिलो भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो । दोश्रो स्थानमा सरावल गाउपालिका र तेश्रो हुने पालिकामा प्रतापपुर परेको छ । त्यसै गरि रामग्राम नगरपालिका र सुस्ता गाउपालिक...
लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे
पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका

लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे

गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक्रयाई नवलपरासी,१३ भदौजिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै क्रेक(चिरा परेको) भएको छ । रामग्राम नगरपालिका १७ स्थित उतm पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको हो ।रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकाको सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेलचक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाले पुलको अवस्थाबारे जिल्ला समन्वय समिति (जिसस)मा जानकारी गराएका थिए । जानकारी भए पश्चात जिसस प्रमुख भगौती यादव पुलको अवस्थाको स्थलगत अवलोकन गर्न तत्कालै पुगेका थिए । पुलको अवस्था जस्तो स्थानियले जानकारी गराएका थिए,त्यसै रहेको जिसस प्रमुख यादवले समेत जानकारी गराए । पुल प्रयोगमा नआउद...