प्राचिन बौद्ध पुरातात्विक सम्पदा प्रति पुर्व अध्यक्षको मोह
नवलपरासी,२२ साउनआफ्नै प्रयासले प्राचिन सम्पदा खोज गराई बुद्ध स्थल घोषणा गराएका सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरीलाई सम्पदा मोह छोडेको छैन् । स्थानिय तह निर्वाचनमा चुनाव लडे पनि निर्वाचन जित्न नसके पनि आफ्नै कार्यकालमा खोज भएका प्राचिन सम्पदा मोहले बेला बेला सम्झिदा सो स्थानमा जाने र तस्विर खिचेर पोष्ट गर्ने गरेका हुन् ।जिम्मेवारी पदमा नभए पनि खोज गरिएका प्राचिन सम्पदा स्थलमा जाने तस्विर खिच्ने र समाजिक सञ्जालमा पोष्ट गर्दै आएको अध्यक्ष चौधरीले सुनाए । आफैले खोज गराएको सम्पदा प्रति मोह रहनु स्वभाविक रहेको उनको भनाई थियो । सरावल गाउपालिकामा उनले आफ्नै सक्रियतामा प्राचिन ककरपत्त नगरको खोज गराई बौद्ध अध्येता डा।कौशलेन्द्र बहादुर श्रीवास्तव मार्फत घोषणा समेत गर्न लगाएका थिए । बौद्धकालिन प्राचिन कोलबृक्षको बगैचा समेत रहेको उतm स्थान तिन बर्ष पहिला कोलिय गणराज्य अन्तरगत प्राचिन ककर...