बर्दघाट नगरपालिका

बौद्धकालिन बुद्धमंगल ताल क्षेत्रमा सरसफाईको अभाव
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

बौद्धकालिन बुद्धमंगल ताल क्षेत्रमा सरसफाईको अभाव

नवलपरासी,२४ असोजजिल्लाको वर्दघाट नगरपालिका १२ दविला स्थित बौद्धकालिन पर्यटकिय स्थल (बुद्धमंगल ताल) क्षेत्रको सरसफाईको अभाव देखिएको छ । सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुले पुर्वाधार ब्यवस्थानमा सरोकारवालाले काम गरे पनि सरसफाईमा ध्यान नगएको गुनासो गरेका हुन् ।धर्म संस्कृति तथा परम्परामा आधारित रहेर स्थानियले संरषण गर्दै आएको उतm स्थानको खोजी र पहिचान भई बौद्धकालिन प्राचिन कोलिय गणराज्यको एक अभिन्न अँगको रुपमा रहेको प्राचिन हल्लिदावस नगरको रुपमा चिनिने भए पछि वर्दघाट नगरपालिका र लुम्बिनी प्रदेश सरकारले समेत पुर्वाधार विकास तथा संरक्षणका कार्य गर्दै आएको थियो । वर्दघाट नगरपालिकाले उक्त पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पुर्वाधार थपिदा आकर्षति हुदै गएको थियो । तालको विचमा भगवान बुद्धको मुर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकल...
आन्तरिक पर्यटकको रोजाईमा संसारकोट सिमसार पर्यटकिय क्षेत्र
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

आन्तरिक पर्यटकको रोजाईमा संसारकोट सिमसार पर्यटकिय क्षेत्र

नवलपरासी,२२ असोजआन्तरिक पर्यटकको रोजाईमा अहिले चुरे पडाडको फेदमा अवस्थित संसारकोट सिमसार क्षेत्र बन्दै गएको छ । सिरानमा चुरे पर्वत सृगँख्ला,हरियालीले परिपुर्ण,मनमोहक दृष्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसारकोट सिमसार क्षेत्र पर्यापयटकिय स्थल पर्यटकको मल लोभ्यउन थालेको हो । केही बर्ष देखी जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको थियो । बर्षेनी थपिदै गएको पर्यटन पुर्वाधारसँगै प्रचार प्रसारले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक सुन्दरताको दृष्यावलोकन गर्न पुग्न थालेको स्थानियले बताए । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो । चुरे क्षेत्रको ...
वर्दघाटको औद्योगिक ग्राम क्षेत्र खजुराखोला कटानको जोखिममा
अर्थ, बर्दघाट नगरपालिका, समाचार

वर्दघाटको औद्योगिक ग्राम क्षेत्र खजुराखोला कटानको जोखिममा

नवलपरासी,१५ असोजजिल्लाको वर्दघाट नगरपालिकाले अगाडी बढाएको औद्योगोगिक ग्राम खोला कटानको जोखिम बढदै छ । खोलामा हुने गरेको चोरी तस्करी नियन्त्रण नहुदा र स्थानिय सरकार औद्योगिक ग्राम प्रति गम्भिर नहुदा खोला कटानले उतm औद्योगिकग्राम खोला कटानको जोखिम बढदै गएको हो ।खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको थियो । सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि थिए । सो औद्योगिक ग्राम के कतिको उपयुतm स्थान हो भन्ने बारे स्थानिय प्राविधिकहरले पहिला वातावरणिय प्रभाव मुल्याँकन (आईइए) गराउन पनि सुझाव दिएका थिए,तर आईइए नहुदै औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनेको कुरा पनि विवादमा आएको थियो । लामो समय पछि डिपिआर अनुसार औद्योगिक ग्रामको काम शुभारम्भ भएको थियो । तर अहिले खजुरा खोलाको निसाना औद्योगिक ग्राम तर्फ नै देखिएको...
पत्रकारहरुलाई अवधारणागत पत्रकारिता गर्न वर्दघाट उपमेयरको आग्रह
बर्दघाट नगरपालिका, राजनीति, समाचार

पत्रकारहरुलाई अवधारणागत पत्रकारिता गर्न वर्दघाट उपमेयरको आग्रह

नवलपरासी,१४ असोजजिल्लाको वर्दघाट नगरपालिकाका उपप्रमुख(उपमेयर) रुद्र प्रकाश उपाध्यायले पत्रकारलाई अवधारणागत पत्रकारिता गर्नु पर्ने सुझाव दिइएका छन् । पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले जिल्ला स्थित पत्रकारहरुले घटना र कार्यक्रम केन्द्रित पत्रकारिताले जनतालाई सुसुचित गर्दै आएको तर अवधारणागत पत्रकारिता हुन नसकेकोले त्यस तर्फ पनि ध्यान दिन आग्रह गरेका हुन् ।तिन तहको सरकार छ,गाँउ गाँउमा जनप्रतिनिधिहरु पनि छन्,तर पनि रोजगारी र उत्पादनसँग जोडेर कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थालाई विश्लेषण गर्दै सो आग्रह गरेका थिए । उनले स्थानिय स्तरमा रहेको साधान स्रोत र त्यसमा काम गरेर हुन सक्ने उत्पादन तथा रोजगारी सृजनाको अवस्थालाई अनुसंधान मुलक तथा अवधारणा बन्ने गरि पत्रकारिता गरिदिए जनप्रति,स्थानिय सरकार,जनताको माग पनि त्यस तर्फ केन्द्रित भएर आउने हुदा दिगो विकास गर्न सकिन्थ्यो । पत्रकार एक सुचना ...
बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै
बर्दघाट नगरपालिका, विकास पुर्वाधार, समाचार

बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै

नवलपरासी,२९ आश्विनजिल्लाको वर्दघाट नगरपालिकाले अगाडी सारेको पुर्व पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघिय सरकार प्रतिनिधिसभा सदस्य (साँसद ) विनोद कुमार चौधरीको साथ दिइने भएका छन् । साँसद चौधरीले पहल गरेर यसै बर्ष देखी सो मार्गमा काम गर्नका लागि पाँच करोड बजेट विनियोजन गराउदै साथ दिइने संकेत देखाएका हुन् । साँसद चौधरीले बर्षाै देखी स्थानिय तहबाट सो मार्गबारे उठदै आएको सो आयोजनाको मुर्त रुप पाउने देखिएको चौधरीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार भुमही,आमबास,संसारकोट दुम्बिबास लिँक रोड भनेर सो मन्त्रालयको रुपन्देही कार्यालयले कार्यान्वयन गर्ने गरि योजना समावेश भएका छन् । पहिलो पटक संघिय सरकारबाट पाँच लाख बजेट परे पछि स्थानिय उत्साही भएको सचिवालमा कार्यरत पत्रकार पुरुषोत्तम सुवेदीले बताए । उनका अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको वैकल्पि...
कोलिय गणराज्यको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल) क्षेत्रमा पर्यटकिय पुर्वाधार थपिदा आकर्षण बढ्दै
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

कोलिय गणराज्यको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल) क्षेत्रमा पर्यटकिय पुर्वाधार थपिदा आकर्षण बढ्दै

नवलपरासी,२८ असारप्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन हल्लिदावस नगरको रुपमा चिनिने वर्दघाट नगरपालिका स्थित पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पुर्वाधार थपिदा आकर्षति हुदै गएको छ । तालको विचमा भगवान बुद्धको मुर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकलाई लोभ्याउने गरेको हो ।वर्दघाट नगरपालिकाले बुद्धमंगल ताल क्षेत्रलाई पर्यटकिय पुर्वाधार विकासँगै वृहद लुम्बिनी(ग्रेटर लुम्बिनी) मा समावेश गराई बौद्ध परिपथ भित्र राख्नका लागि पनि पहल भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । बौद्ध परिपथमा समावेश भए पछि लुम्बिनीमा आउने पर्यटकलाई यो बुद्धमंगल पनि एक बौद्ध तिर्थ स्थल भएको जानकारी पश्चात धार्मिक पर्यटक बढने आशाका साथमा पर्यटन पुर्वाधारमा लगानी वृद्धि गरिएको उनको भनाई थियो । प्राचिन कालमा कोलिय गणराज्य अन्तर...
वर्दघाटको संसारकोटलाई पर्यटकिय क्षेत्र चिनाउन थपिदै जैविक पर्यटन पुर्वाधार
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

वर्दघाटको संसारकोटलाई पर्यटकिय क्षेत्र चिनाउन थपिदै जैविक पर्यटन पुर्वाधार

नवलपरासी,२५ जेठ,जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको छ । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो ।विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्ने कार्य भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यसका लागि प्राकृतिक सौन्र्यतालाई नविग्रिने गरि अतिआवश्यक बाहेक अधिकाँस पुर्वाधार जैविक हुने उनले बताए । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको छ ।जलासयमा बन्ने पुल,कलभर्ट समेत काठ र बाँसको प्रयोग गर्ने गरिएको छ,उनले भ...
सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय

नवलपरासी,२० जेठविभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको छ । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाएको हो ।तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उप...
वर्दघाटमा छात्रवृति दिवसको घोषणा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठजिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपाल...
वर्दघाट नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि उपज संकलन तथा विक्रि केन्द्र
कृषि, बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि उपज संकलन तथा विक्रि केन्द्र

नवलपरासी,३ जेठजिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने कृषकहरुलाई राहत पुग्ने गरि सो केन्द्र सञ्चालनमा ल्याएको हो । कृषकको उत्पादन खेर नजाओस र कृषकलाई प्रोत्साहित गर्ने गरि कार्यविधि कानुन नै पास गरेर यस्तो कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि बुधवार देखी संकलन कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । जिल्लाको सम्भवतः पहिलो पालिका हो,उनले भने,विधि पुर्वक किसानको उत्पादन नगरपालिकाले उचित मुल्यमा खरिद गरिदिइने र उपभोतmालाई विक्रि वितरण गरिदिईने गरि काम अगाडी बढाएको छ । रेडक्रसको भवन भाडामा लिई तत्काललाई संकलन केन्द्र सञ्चालनमा ल्याएको बताउदै उनले अगामी दिनमा यसलाई ब्यवस...