प्रतापपुर गाउपालिकाद्धारा प्रशासनिक भवन निर्माण कार्यमा तिब्रता
नवलपरासी,२६ माघजिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन बनाउने कार्यलाई तिब्रता दिएको छ । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागिएको गाउपालिकाले जनाएको हो ।साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि प्रशासनिक भवन जसरी पनि बनाउने लक्ष्य लिई काम गर्न थालेको हो । अहिले सरकारको तोकेको मापदण्ड र नीति अनुसार नै नजिकै रहेको प्रतापपुर स्वास्थ्य चौकी भवन क्षेत्रको जग्गामा भवनको निर्माण गर्ने गरि कार्य अगाडी बढाइएको गाउपालिका अध्यक्ष उमेश चन्द यादवले बताए । स्वास्थ्य चौकीको भवन जिर्ण भई सकेको थियो,उनले भने,अ...










