फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक

नवलपरासी,१२ पुस
जिल्लाको प्रतापपुर गाउपालिकाले फिल्डमा जाने कर्मचारीहरुको लगबुक कार्यालयको प्रवेशद्धारमा राखेको छ । कुन कर्मचारी कहाँ गएका छन ? त्यसको जानकारी त्यही लगबुकबाट अन्य कर्मचारी,सेवाग्राही र पदाधिकारीले पढन र जान्न सकुन भनेर ति लगबुक सार्वजनिक रुपमा सबैले देख्ने गरि स्थानमा राखिएको हो ।
विभिन्न सेवाग्राही आउने र सम्बन्धित कर्मचारी नभेटाउदा आक्रोसित हुने हुदा सेवाग्राहीको सहजताका लागि सो लगबुक राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कतिपय कर्मचारी आफु खुशी हिडिदिने र उनीसँग सम्बन्धित सेवा लिन आउने सेवाग्राहीले जानकारी नपाउदा समस्या देखिन थाले पछि लगबुकको शुरुवात गराएको उनको भनाई छ । शुसासनको यो पनि एक पाटो हो,उनले भने,फिल्डमा गएका कर्मचारीले लगबुक भरेर बाहिर जादा उनको त्यही अनुसार फिल्ड अनुगमन पनि गर्न सकिन्छ । भ्रमण आदेश भर्ने तर लगबुक नभरी कर्मचारी जान हुदैन्,उनले थपे,सुचना पाउने सबैको अधिकार छ । जसरी कर्मचारीले विभिन्न काममा आफ्नो भ्रमण आदेश भरेर जान्छन्,ति सबै कुरा लगबुकले देखाउछ ।
अति आवश्यक परेमा सम्बन्धित त्यही लगबुकको आधारमा सोही स्थानमा पुगेर पनि आवश्यक सुचना वा सेवा पनि लिन सक्ने हुन्छ । कर्मचारीको लागि मात्र यो लागु हुदैन्,उनले भने,फिल्ड नजाने कर्मचारी वा पदाधिकारी पनि कुन कार्यक्रममा कहाँ कति दिनको लागि जान्छन्,उल्लेख गरिदिए जनताले ति जानकारी वा सुचना सहज ढंगले पाउन सक्छन् । सहिँ सुचना उचित कारण देखाएर सेवाग्राहीलाई दिन सक्यो भने सेवाग्राही आक्रोसित हुदैनन् । कर्मचारी र पदाधिकारीमा पनि एउटा जिम्मेवारीबोध र अनुशासनको वृद्धि हुन्छ । केही ब्यतिmलाई भनेर जाने कर्मचारीले ब्यतिmलाई मात्र जानकारी गराएर हुदैन् । कम्तीमा लगबुक भरेर जादा ति कुरा सार्वजनिक र अधिकारीक पनि हुन्छ । यसले गर्दा यसको अभ्यास गरिएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जनाए ।

विज्ञापन

गाउपालिकाको भौगोलिक अवस्था गोलाकार रुपमा रहेको हुदा पुर्वबाट कार्यालयमा आउने सेवाग्राही सम्बन्धित कर्मचारी पश्चिम तर्फको फिल्डमा गएको अवस्था पर्यो भने मर्कामा पर्ने गरेका थिए । अहिले लगबुक राखिए पछि कार्यालयमा फोन गरेर कर्मचारीबारे जानकारी लिन खोजेको खण्डमा कुनै कर्मचारीले लगबुकको आधारमा जानकारी दिन सक्छ,प्रमुख प्रशासकिय अधिकृतले भने,यो जनताको लागि एउटा सुविधा पनि हो । फिल्डमा गएको क्षेत्रकै यदि कुनै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्यो भने,जानकारी लिएर आफ्नै गाउ ठाउमा काम लिन सक्छ । जति सक्यो जनताको सेवा प्रभावकारी छिटो छरितो हुने उदेश्यले लगबुक राख्न लगाइएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । यसले शुसासनलाई मात्रै नभई सेवाग्राहीलाई लाभ र कर्मचारीलाई अनुशासनमा ल्याउछ,उनले भने,यो लगबुक भर्ने कार्य निरन्तर चलिरहन्छ ।
यसरी कर्मचारी फिल्ड गएको लगबुक सार्वजनिक स्थानमा राखेर सुचना प्रवाह गर्ने सम्भवतः जिल्लाको पहिलो गाउपालिका हो । लगबुकले सेवाग्राहीलाई विगत भन्दा अहिले केही राहत पुर्याएको स्थानिय युवराज मौर्यले बताए । यसलाई गाउपालिको निरन्तरता दिदै थप प्रभावकारी बनाई राख्नु पर्छ । होईन भने देखाउनका लागि दुई चार महिना लगबुक राख्ने तर कर्मचारीले त्यसमा उल्लेख नै नगरि हिडिदिने हो,भने यस्तो लगबुकको औचित्यता समाप्त भएर जान्छ । लगबुक राख्नु राम्रो कुरा हो, उनले भने, तर त्यसलाई निरन्तता र प्रभावकारीता महत्वपुर्ण कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *