प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट

नवलपरासी,१९ पुस
जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनी स्थित महेन्द्र माध्यमिक बिद्यालयमा नयाँ विद्यालय ब्यवस्थापन समितिको छनौट भएको छ । स्थानिय अनोज यादवको नेतृत्वमा विद्यालय ब्यवस्थापन समिति छनौट भएको विद्यालयले जानकारी गराएको हो ।
मंगलवार बिद्यालयमा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको बैठकले सर्वसम्मतले यादवलाई अध्यक्ष छनौट गरेको थियो । विद्यालयले स्थानिय समाजसेवी युवा यादवलाई अध्यक्षमा छनौट गरेको हुदा विद्यालयमा परिवर्तन हुने विश्वास लिएको बिद्यालयका प्राधानाध्यापक अजय शर्माले बताए । यसै गरि सदस्यहरुमा रेखा कोहार ,बुधिया देवी चौधरी ,लालचन पासि ,कलावति देबी हरिजन र गौतम कहार रहेका छन् । अध्यक्ष पदमा चयन हुनभएको यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

शैक्षिक बिकास आजको आवश्यकता रहेको ले नमुना बनाउनु पर्ने योजना रहेको उनले बताएका थिए । विद्यालयको विकास,स्तरोन्तीका लागि आफु निरन्तर लागि पर्नेछु,नव निर्वाचित अध्यक्ष यादवले भने,शिक्षा विद,समाजसेवी,गाउपालिका तथा प्रदेश सरकार तथा संघिय सरकारसँग पनि पहल गरि विद्यालयमा लगानी बढाउन आफु लाग्ने छु । स्थानिय अभिभावकहरुले पनि सहयोग गर्नु पर्ने बताउदै उनले विद्यालयको गुणस्तर वृद्धिका लागि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु पनि अ आफ्नो स्थानबाट लाग्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *